शहरमा पनि सपना
जीर्ण दलिन जस्तै
मक्किदै धुलिदै जाँदोरैछ
मान्छेको भिडभित्र पनि – मान्छेमा
एकान्तको पीड़ा चुलिदै जाँदोरैछ
जुन पीड़ा चुलिन थालेपछि
सिंगै शहर निदाए पनि
आफ्नो बिस्तरा बिझाउँदै जाँदोरैछ
त्यसबेला त्यो अनिदो रातबाट
मलाई – मेरो विचलित हृदयले
विगतका यादहरूसँग डोर्याउँदै डोर्याउँदै
एउटा सुन्दर गाउँमा पुर्याउँछ
र मायाको पुरानो बिस्तरामा बिसाउँछ
बस ..त्यही पुरानो बिस्तरामा
बिहानीको घाम ओढेर
म तिनै यादहरूसँग निदाउँछु
धेरै दिनदेखि अनिदो छु
शहर – मलाई एकछिन निदाउन देऊ ।
चैनपुर, संखुवासभा
हाल : रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 










