कुनै बेला प्रेम दिवसकै दिन
माथि टाकुराको त्यो भिरसँग
गुराँशले प्रेमको वाचा मागेको हुनुपर्छ
जस्ले गर्दा अहिले पनि
त्यै अगाध मायाको मुस्कान लिएर
त्यै भिरको कठोर छातीमा
प्रेम दिवसको सूर्योदयसँगै
लजाउँदै – गुराँशले फुल्न बिर्सेको छैन

कहिलेकाहीँ यस्तो लाग्छ
म र त्यो भिरको
कठोर जीवनशैलीमा
कत्ति पनि फरक छैन
के तिमी त्यो कठोर जीवनमा
प्रेम र करुणको फूल – फुल्न सक्छौ

यदि सक्छौ भने – प्रिय
यो हृदयको फूल
तिमीलाई भेट गर्न चाहन्छु
उनले अलिअलि लजाउँदै
अलिअलि मुस्कुराउँदै हात बढाएर भनिन्-
“यदि हृदयको फूल हो भने…”

चैनपर, संखुवा सभा
हाल – रातोपुल , काठमांडू