हो .. रसिक दाइ
तिमी त्यही गीतको नेपाली ठिटो हौ
जस्ले नमागी मीठो खान जान्यो
नचोरी राम्रो लाउन जान्यो
तिम्रो पौरखको उचाई
कि त हिमाललाई था’छ
कि त पवनको वेगलाई था ‘छ
तिमी आफैँ शालीग्राम हौ
कसैले कसी लाउनु पर्दैन
तिम्रो पसिनाको अभिमान
तिम्रो शिरको स्वाभिमान
न अन्यायमा झुक्न जान्यो
न परिआउँदा लुक्न जान्यो
हो रसिक दाइ…
तिमी सिंगै देशको गीत हौ
देशको माया गाउँदै हिँड्ने
सारङ्गीको मीत हौ
(श्रद्धाञ्जली स्वरुप स्व. गणेश रसिकज्यू प्रति समर्पित )
२०/०२/२०८२
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ माघ २०८२, सोमबार 










