जसले मेरो छातीमा
निर्घात स्वेच्छाचारी गैँती बजार्यो
र नरकयात्राको सजिलो बाटो बनायो
सम्झनु त्यो बाटोमा यात्रा गर्नेहरू
पुग्ने भनेको नरकमा नै हो ।

चाहे त्यो व्यापारिक मार्ग होस्
चाहे त्यो तीर्थाटन मार्ग होस्
चित्त दुखेको मनले सरापेपछि
न भगवानले स्वीकार्छ र तीर्थ सफल हुन्छ
न व्यापारको सत्धर्मले स्वीकार्छ
र सुखद लाभको व्यापार हुन्छ ।

कुनै दिन तिमीले पनि पुजेको
मुक्तिनाथ,जानकी र पशुपतिनाथ
तिम्रो हृदयमा साक्षात बास छन भने
तिम्रो सदबुद्धिका लागि प्रर्थना गर्छु ।

हैन भने मेरो यो सदाशयतालाई
निरीह र कमजोर मात्र ठान्छौ भने
त्यही मार्ग – “तिम्रो पतनको मार्ग होस्” भनेर
कठोर सराप दिन विवश हुन्छु ।

कठै मेरो कालापानी
लिपुलेक र लिम्पियाधुरा