यद्यपि म रगत पिसेर
पसिनाको खोला श्रृजना गर्ने मान्छे हुँ
तर पनि मेरो पसिनाको मूललाई
पानीसम्म नठान्ने यो मुलुकमा
आज – म सयौं छाक भोको पेट लिएर
श्रमिक दिवस मनाउन विवश छु
मानौँ मेरो लागि आज
मात्र उधारो पौरख दिवस हो
मात्र उधारो पसिना दिवस हो
चाहे त्यो उधारो
ढुङ्गामा छिनो हान्दाको होस्
चाहे त्यो उधारो बालुवा चाल्दाको होस्
अहिले पनि उधारोमा डुबेको छ जिन्दगी
चाहे त्यो उधारो
टुकुचाको फोहोर फाल्दाको होस्
लाग्छ – सरकारले
मेरो उधारो जीवनशैलीमाथि
कथित दिवसको नाममा
अहिले पनि कठोर उपहास गरिरहेछ ।
चैनपुर, संखुवासभा
हाल: रातोपुल, काठमाडौँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 










