(लघुकविता)
आगोले खाएका खण्डहरहरूले
खरानीको थुप्रो देखाउँदै भनिरहेका छन्:
“म त समाप्त भएँ… भएँ
अब यो खरानी नै
तिम्रो पहिचान भएको छ।
कमसेकम यो खरानीमा जोडिएको
मर्म र अन्तरआत्मालाई जोगाऊ।”
“देश मरिसकेको छैन,
तिमी जिउँदै हुनुको अर्थ छ भने
अरू थप प्रहारबाट देशलाई जोगाऊ।”
विवश भएपछि
खण्डहर पनि रुँदो रहेछ
खरानी पनि रुँदो रहेछ।
उनीहरू भन्दैछन्:
“त्यहाँ पनि आगो पुग्न सक्छ”
“बुद्धको कुण्डली जोगाऊ”
“हिमालको उचाइ जोगाऊ।”



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१५ असार २०८३, सोमबार 










