त्यसबेला घर छोडेर परदेश लाग्दा
म किन खुशी थिएँ – था’ छैन
र अहिले परदेश छोडेर घर फर्किंदा
किन दु:खी हुँदैछु त्यो पनि था’ छैन
जिन्दगीमा न खुशीको भाउ चिन्नसकें
न पीड़ाको घाउ चिन्नसकें
अहिले पनि बुझ्न सकेको छैन – कि
घर छोड्दाको आँशू पीड़ा थियो
या घर फर्किंदाको आँशू पीडा हो
जब कि दुवै आँशू मैले नै रोएको हुँ
यस्तै रहेछ –
घरबाट धकेलिएको जिन्दगी
र परदेशबाट लखेटिएको जिन्दगी
फरक यत्ति हो
स्वदेशमा घर नभए पनि- किन हो
घर छ जस्तो लागिरहन्छ
परदेशमा घर भएर पनि – किन हो
घर छैन जस्तो लागिरहन्छ ।
चैनपुर, संखुवा सभा
हाल: रातोपुल,काठमांडू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
३० पुष २०८२, बुधबार 










