१. फुर्सद बेफुर्सद
प्रशस्तै फुर्सद छ मान्छेलाई
-सानाको कुरा काट्न
– ठूलाबडाको चम्चागिरी गर्न, र
– आत्मप्रशंसामा रमाउन
समय पुगेको छैन त केवल
-आफैंलाई चिन्नका लागि
– समयको मूल्य बुझ्नका लागि, र
– मान्छेबाट मानव बन्नका लागि ।
२. पथान्तर
आँशू झर्न छाडेको दिनदेखि
थामिएको हुनेछ झरी
फाटेको हुनेछ
हुस्सुको सौतेनी साम्राज्य
सिरुको पातमा टिल्पिलाउने छन्
खुशीका जलविन्दुहरू
बग्न रोकिएपछि आँशू
आँखामा नित्य रसाउने छ
मानवतावादको सङ्लो मूल।
विदुर-५, नुवाकोट



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 









