शासक !
तिमीलाई
चेतना भया ,
भूगोलका
अनन्त सृजना मध्येको
मुलुकी प्रिय सृजना `नेपाली वर्णविन्यास´
यस्लाई
फिरङ्गीहरूमार्फत
संशोधन श्रृंगारको आवश्यकता छैन
बरु
मेरो भन्नु छ
मुलुकी विन्यासमाथि
फिरङ्गीहरूको कुनै
घुन, पुतली नलागोस्
यो अनन्त सुरक्षित रहोस् ।

कन्याम
इलाम