तिमी शीतल छ्यौ,
सुन्दर छ्यौ
तर
तिम्रो शीतलता माथि
लगातार
आरोहणहरू देख्दैछु, एकपछि अर्को
मलाई डर छ
पृथ्वीजस्तै
तिमीलाई विषाक्त बनाउलान्,
तिमी उदाङ्गिदै जानेछ्यौ
र
नाङ्गो बनाएर
मानिसहरूले लुट्ने छन्
पृथ्वीलाई जस्तै ।
के म
तिम्रो सुन्दरताको
अनन्ततामा
विश्वस्त बन्न सक्छु ?
तिमी सधैँ, सबैका लागि
उत्तिकै शीतल रहनु पर्छ
के म ?
विश्वस्त बन्न सक्छु ?
प्रिय जून !
कन्याम, इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला