हे महाशय !
म यो मुलुकका
हरेक
अवोध शिशुहरूको अनुहारमा,
वृद्धहरूको अनुहारमा,
परदेशिएका युवाहरूमा
दशकौँदेखि
हिंसा देखिरहेको छु

महाशय !
हो ! यो मुलुकमा
तिनै कुरुप साँढेहरूको
रजाइँ छ,
साँझ, सखारै
ती
मस्त कुर्लन्छन्
झुपडीकै पसिनाले
शहरका महलमा

हो !
यो मुलुकमा
हिंसाको खेती गर्नेहरूको
मलिलो,
साम्राज्य छ !

तिनलाई हतारो छ,
सम्राटको मुकुट पहिरिनु छ
वर्तमानमा
तिनै -याल चुहाउँदै
पालो पालोमा छन्
खुनी सम्राटको
मुकुट पहिरिन, पहिराउनमा ।