राजधानी तीव्र वेगमा दौडेको छ
रोकिन कोही चाहँदैन
सबैलाई हतार छ
त्यसैले त काठमाडौँमा
कतारै कतार छ !
हतारकै कारण सडक जाम छ
लाग्छ राजधानीमा कामैकाम छ
आबुइ ! क्या विधि गाडी गाँठे !
यस्तै हो भने नेपालले
अमेरिकालाई छिट्टै् उछिन्छ
किनकि
वि क्यान नट स्टप वन सेकेण्ड
वि क्यान नट वेट वन मिनेट
विश्वकै अति व्यस्त मन्त्री हाम्रा
सिलान्यास र उद्घाटनको साउने भेल छ
बङ्क पार्टीमा स्कुले ठिटाठिटीहरूको ठेलमठेल छ
बञ्जी जम्परभन्दा साहसी चालक हाम्रा
ज्यान फालेर गाडी कुँदाउँछन्
ज्यान लिएर भाग्छन्
आखिर नेपाली पर्यो गोर्खे वीर !
वीरहरूको देशमा
कायर कहलाउने रहर कस्को ?
मुलुकमा सबैलाई हतार छ
त्यसैले त हर सहरमा
कतारै कतार छ !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 










