मिठा मिठा सपना देखाउनेहरूले
गाउँ अनि शहरलाई
जंगल बनाएपछि
बाँदर, ब्वाँसो र स्याल बनेर
लखेटेपछि
निरीह र सोझो प्राणी
सुरक्षा खोज्दै
कहिले बाघको झाडीतर्फ
कहिले सिंहको ओडारतिर
दौडन्छ्न्
उनीहरूलाई बाँच्नु मात्र परेको छ
जोगिनु मात्र परेको छ
अहिले
त्यसैले
बिर्सन्छ्न् उनीहरू
बाघ र सिंहका
क्रुरता
हिंस्रक उसका दाह्रा र नङ्ग्रा
सोझा प्राणीहरूले
बिर्सिसके
बाघ र सिंहहरूले
कहिले पनि
वेद पढेका थिएनन्
धम्मपद सुनेका थिएनन् ।
कविताः धुवाँ र धुलो
हिजो पनि
आज पनि
निरन्तर उडिरहेछन्
सडकका धुलाहरू निस्फिक्री र मस्तसँग ।
रोक्न
न हिजोकाले सके
न आजकाले सक्छन्
बरु
उडेका सडकका धुलामा
मिसाउँछन्
सरकारी तेल पोलेको धुवाँ
निरन्तर निरन्तर ।
कविताः भिजा रिजेक्टेड्
खोज्यो ऋण
बनायो पासपोर्ट
उचालियो खुट्टा
बाहिर जान
छोडियो पढाइ
आवश्यक मानेन
खान जागिर
पाकेको छ बाली
फुर्सद छैन थन्क्याउन
राजधानीको यात्रा चलिरहन्छ
निरन्तर
थोत्रा रात्रीबसमा
खोजेको ऋण
दलाललाई बुझायो
आयो पासपोर्ट
भिजा रिजेक्टेड ।
पोखरा ७ मासबार,
कास्की
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।