साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा : नयाँ थर्मस

“एउटाले पुगेन थप्नुपऱ्यो” उनले जबाफ दिइन् । थर्मस छनोट गर्दागर्दै उनको नजर साहूले अघिदेखि हेरिरहेको टिभीमा पऱ्यो जसमा भनिएको थियो, “सार्वजनिक स्थानमा पच्चिस जनाभन्दा बढी भेला हुन नपाइने ।”

ढाकामोहन बराल

बिहानैबाट खुलेको आकाश र टल्केका हिमालको कारण हो अथवा के हो फेवातालको किनार खचाखच थियो । यस फुटपाथले पनि धेरैलाई रोजगारी दिएको छ । चटपट बनाउने, काँक्रा काटेर बेच्नेदेखि चिया बेच्ने सबैलाई रोजगारी प्रदान गरेको छ । कोठामै चिया पकाएर थर्मसमा लगेर फेवातालको किनारमा बनाइएको फुटपाथमा बेचेर जीविकोपार्जन गर्ने सत्यदेवीको चिया बिहान पनि चाँडै नै सकियो । साँझमा त अझ छिटो सकियो तर साँझमा मानिस अझै थिए ।

“कोठामा गएर पकाएर ल्याऊँ, ढिलो होला । आज जेसुकै होस् भोलि अर्को थर्मस थप्नुपऱ्यो” उनले सोचिन् । उनलाई थाहा थियो उमाप्रसादको भाँडापसल नौ बजेसम्म खुल्छ किनकि उनीहरू पसलको भित्र नै बस्छन् ।

bahulako diary small and inside post

उनी कोठामा आएर केही पैसा लिएर भाँडा पसलमा पुगिन् र भनिन्, “साहुजी अलि राम्रो थर्मस देखाउनू न ।”

उमाप्रसादले दुई-तीन थरी देखाउँदै भन्यो, “पहिलाको के भयो ?”

“एउटाले पुगेन थप्नुपऱ्यो” उनले जबाफ दिइन् । थर्मस छनोट गर्दागर्दै उनको नजर साहूले अघिदेखि हेरिरहेको टिभीमा पऱ्यो जसमा भनिएको थियो, “सार्वजनिक स्थानमा पच्चिस जनाभन्दा बढी भेला हुन नपाइने ।”

उनले हेर्दै गरेको थर्मस राखिन् र बिस्तारै बोलिन्, “हवस् भो अहिले साहूजी पछि हेरौँला ।”

प्रतिक्रिया
Loading...