कान्छी अल्लि सानी नै छन्
माझी अल्लि ठूली
यिनकै बिचमा यिनैसँग
बस्छु मिलिजुली

साह्रै अग्ली छैन म त
होची छैन त्यति
लुरी छैन, दुब्ली छैन,
मोटी छैन त्यति

जसो गरी नापे पनि
आकार छ ठिक्क
आफ्नो रूप हेर्दा मलाई
हुन्न कैल्यै दिक्क

माझीसँग टाँसिएर
कान्छीलाई हेर्दै
रमाएर बस्छु सधैँ
सुनको औँठी बेर्दै

जहाँ छन् बुढी, चोरी औँला
त्यही हो मेरो गाउँ
नचिनेमा चिनिराख्नू
साहिँली औँला नाउँ ।
———————–
(भोर्लेटार, लमजुङ)