खै झरी ?
पर्यो धर्तीमा
खडेरी।
प्रचण्ड
गर्मीले गर्यो
अखण्ड।
प्रकृति
जोगाउँद छ
संस्कृति।
संवाद
नेता बोलीमा
विवाद।
पुकार
सुन्दैन नेता
चित्कार।
भारमा
सुस्तायो देश
हारमा।
पापिष्ट
जहिल्यै बन्छ
कनिष्ट।
पोल्दैछ
रापले मन
जल्दैछ।
महंगी
थप्दैछ भार
जनही।
भन्दैछ
देश श्रीलंका
बन्दैछ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ जेष्ठ २०८३, बिहीबार 









