आफ्नो खुसी आफैँबाट टाढा भएछ,
भेटिएन, हृदयमा छोडी गएछ।
मनभरि, तनभरि डुलिरहन्थ्यो,
छायाजस्तै वरिपरि घुमिरहन्थ्यो।
हिजोभन्दा आज झन् टाढा भएछ,
के कसुरमा रिसाएर छोडी गएछ?
पीडा लुकाई अरूलाई कति हँसाउँथ्यो,
आफू पनि मनोवादमा खुबै रमाउँथ्यो।
आफू एक्लै रमाउन कता गएछ,
धरतीमा नै भेटिँदैन, छोडी गएछ।
नसोधे नि हुनेथियो, किन यस्तो भयो,
कसरी भन्ने होला, खुसी हराई गयो।
रुँदा-रुँदै परेला नि सुख्खा भएछ,
झझल्को पो बाँकी राखी छोडी गएछ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 










