सल्केको सहर
कोलाहल जगत
बहिरो आगो ।


उषाको लाली
बादलुको घुम्टीमा
शरद मास ।


युद्धको योद्धा
बारुदको ओछ्यान
प्रियसीको काख ।


हुनुको झण्डा
जिन्दावादको नारा
भोक परस्त ।


तोपको धुवा
परेवाको उडान
त्रासदी मन ।


पीपल पात
ज्योतिषको विचार
के लेख्यो होला ?


मधुरो दीप
हिम्मत र साहस
गहिरो जंघार ।


जुत्ताको तुना
मायावीको सागर
टुप्लुक्क घाम ।


के भयो रे हँ ?
चन्द्रलोकको बस्ती
सुर्ती माड्दै ।

१०
चरीको चिर्र
गुलाफ रुवाएर
धार्मिक भीरु ।