
छोडिसकेको चियाले निरन्तर पोलेको छ
भुटानीहरूले दिमाग भुटेको भुट्यै छ
सुन्दैछु कुन्नी एमसिसिले झुक्यायो अरे
यीबाहेक सब, ठीकठाक नै चलेको छ
कैले यति ओम्नीले ठेलेको ठेल्यै छ
कैले राष्ट्र खैरो रङले पेलेको पेल्यै छ
कैले पहेँलो धातुले ऐँठन पारेको छ
यीबाहेक सब, ठीकठाक नै चलेको छ
बाल मन्दिर, ललिताले खेदेको खेदैछ
उता शितलको रापको तापले पोलेकै छ
दशैँको झरी र जाजरकोटे कम्पले जेलेकै छ
यीबाहेक सब, ठीकठाक नै चलेको छ
उता सेता टावरले सपनामा लखेटेकै छ
राष्ट्र ऋणको मिटर चढेको चढ्यै छ
देश भ्रष्टाचार सूचीमा पहिलो हुने दौडमा छ
यीबाहेक सब, ठीकठाक नै चलेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
