रमाउँदै छु शहरमा रहर बेचेर
जवानीका स्पनिल प्रहर बेचेर
आकाशका तारा टिप्ने रहर थिए
अनगिन्ती सपनाका शहर बेचेर
चिरिन्छ यो छाती अतितका यादले
खुशी रह्यौ मलाइ सस्तो जहर बेचेर
तिम्रा चिल्ला कुरामा अल्झिएछु म
पर पर भयौ आँशुको नहर बेचेर
बेहोशीमै तडपिन्छन् हरेक पलहरू
के पायौ र भावनाको लहर बेचेर ?
कथाहरू लेखिएलान् नि वियोगका
बाध्यतामा बाँच्दैछु म कहर बेचेर ।
भरतपुर–१९, चितवन



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










