वि.स. २०६० को एक यात्रा जुन मेरो मनको एकदमै करीब छ अहिले पनि ।
“यी मेरा छोराहरू हुन् दाजू । मेरा तीनवटा छोराहरू छन् । बारह बर्षको जेठो छोरोलाई घरमै छाडेर आको ।”
उनी राई थरकी खोटाङकी महिला । आफ्ना कथा मलाई सुनाउँदा उनको सानो नाकमा सुनको फूली ज्येष्ठको प्रखर घाममा टल्किन्छ । म लोपोन्न्मुख भाषा अनुसन्धानको क्रममा खोटाङ जाँदै छु । वरिपरि नाङ्गा डाँडाहरू ठडिएका छन् । ससाना झाडीहरू मध्ये एउटा दुइटा रुखहरूले झुपडी नै झुपडी भएको गाउँमा धनी साहुका पक्की दुईतले घरको आभास दिन्छ । प्रचण्ड घाम छ । बिना पानीका फुस्रा आवारा बादलहरू एक छिनका लागि छायाँ दिएर भागीहाल्छन्, गरीबका बस्तीमा कुनै एनजीओ, आइएनजीओहरूले विकासका नाममा गाउँलेहरूलाई दुईचार रुपिया बाँडेर बेपत्ता भए जस्तो । बस बिग्रेपछि बसका अरू पसिन्जरहरूसँगै मैले पनि उकालो लाग्नैपर्छ तर पहाडमा हिँड्ने अभ्यस्त बासिन्दाहरू सँगसँगै हिँड्न नसकेपछि म एउटा बाक्लो रुखमुनि खोटाङकी यी राइनी बैनीको व्यथाकथा सुनेर बाँड्दै छु —म अरु के नै गर्न सक्छु र !
“मेरो श्रीमान् इण्डियाको एउटा कोयला खानीमा काम गर्नुहुन्थ्यो । गत साल तीनवटा छोराहरू मलाई एक्लै छाडेर उहाँ सधैँका लागि जानुभो । म फर्केर आफ्नो घर खोटाङ गएँ तर त्यहाँ बस्न सकिन दाजु । त्यसैले साँचेको आफ्नो स्यानो पूँजीले जयराम घाटमा एउटा स्यानो पसल थापेको छु । मेरो एकमात्र चाहना हो मेरा छोराहरू पढेर ठूला मान्छे बनुन् र उनीहरूलाई उनका बाआमाले भोगेका दुःख भोग्न नपरोस् ।”
यति भन्दा उनका आँखाहरू परका डाँडामा टक्क अडेका छन् र उनको स्वर अलि कामे जस्तो छ —शायद गहन उत्तरदायित्वको भारी सम्झेर होला । यो रूख बाहेक टाढाटाढा सम्म रूखपात छैन मात्र धूलो स्नान गरेर सेतै भएका ससाना झाडीहरू छन् काठमाण्डौका सडक बालकहरूका कपालझैं जिङरिङ्ग परेका । बसका पेसिन्जरहरू आफ्ना पोका पुन्तराहरू काँधमा, पीठ्युँमा, टाउकामा, जसलाई जहाँ सजिलो लाग्छ बोकेर हिँडेका छन् बिग्रेको बसलाई गाली गर्दै ।
“मात्र १३ बर्षको छँदा मेरो बिहे भयो दाजु । मेरा श्रीमान् म भन्दा १५ बर्षले जेठो हुनुहुन्थ्यो । उहाँले मलाई शिलाङ लिएर जानु भो । म इण्डियाका धेरै ठाउँहरू घुमे । श्रीमान् बित्नुभएपछि गाउँ जाँदा कसैले मलाई मद्दत गरेनन्, उल्टो पुरुषहरूले म एक्लो भएको बाट फायदा लिन खोजे । जिन्दगी यस्तै र छ दाजु । त्यसैले मैले गाउँ छाडेर यस स्यानो बजारमा बस्नुपरेको हो ।”
धेरै भए तीस बर्षकी उनी यस निष्ठुर पुरुष प्रधान समाजमा एक्लो छिन् । उनीले लाएको रङ्गीन लुङ्गीको रंग खुइलिसकेको छ उनका जीवनका चाहना र इच्छाहरूजस्तै । यात्रुहरू पर पुगिसकेका छन् मात्र उमेर पुगिसकेका तथा महिला र कलिला बालबालिकाहरू अझै आउँदै छन् । सर्पिलो बाटोमा पर टाढासम्म यात्रुको लस्कर कमिलाको ताँतीझैं देखिन्छ ।
“के गर्नु दाजु ! आइमाईको जीवन साह्रै गाह्रो हुन्छ विशेषरूपले उ एक्लो छ भने । अहिले सम्म त मैले जेनतेन् गरेकै छु । केही पुरुषहरू अहिले पनि मसँग बिहे गर्न चाहन्छन् तर म चाहन्न, एउटै बिहेले पुग्यो मलाई । मेरा छोराहरू शिक्षित होउन् त्यति हो मेरा चाहना ।”
अहिले पनि उनी बूढी भइसकेकी छैनन् र मर्द मानिसहरूले अहिले पनि उनीमा आकर्षण पाउन सक्छन् । उनले लाएकी शर्टको सबैभन्दा माथिको टाँक छैन र कुरा गर्दा उनका औंलाहरू त्यो टाँक नभएको ठाउँमा खेलिरहन्छन् मानौं पुरुषका लोलुप आँखाहरूबाट उनको सुरिलो गर्दनलाई जोगाउने प्रयास गरेजस्तो ।
रुखको शीतल छायाँको माया मार्ने बेला आइसकेको छ किनभने हामीलाई अझै निकै हिँडनु छ । उनी पर खेलिराखेका आफ्ना दुइटै छोराहरूलाई बोलाउँछिन्, एउटा एउटा पोको दुवै भाइका टाउकामा राख्छिन् अनि सबैभन्दा ठूलो पोको आफ्नो पीठ्युँमा उचाल्छिन् र त्यसको भारीले धरमराउँदै लर्बराउँदै विस्तारै उकालो लाग्छिन् ।
जीवन एउटा यात्रा हो
सबैले यसलाई गर्नै पर्छ
यो यस्तो खोला हो
जसलाई सबैले तर्नै पर्छ
म यो यात्रा गर्दिन
भन्न पाउँदैन कसैले यहाँ
उडेर, गुडेर, हिँडेर वा घस्रेर
जानै पर्छ, थाहा छैन कहाँ ?
===
सूर्यदेव माथिबाट आगोको बर्षा गर्दैहुनुहुन्छ जसले गर्दा मेरो पुरानो टोपी मुनि मेरो खोपडी चुल्होमाथिको तावा झैं तातिएको छ । बोतलको पानी तातै भए पनि एक दुई घुट्का निलेर धुवाँ निस्किदैं गरेको घाँटीलाई भिज्याउने प्रयास गर्दा, एउटा कातर नारी आवाज सुन्छु, “भाइ ! अलिकति पानी मेरी नतिनीलाई पनि दिनुस् न ?” म आफ्नो हातको बोतल र आफ्ना आँखाहरू दुवै थोक आवाजको श्रोततर्फ बढाउँछु —लगभग ३५ बर्षकी तर ६० जस्तै देखिएकी एउटी महिला, १७—१८ बर्षकी एउटी अमेरिकी मानकभन्दा पनि बढी दुब्ली पातली फुकी ढल्ने युवती र उनको काखमा एउटी बच्चीः छोरी, आमा अनि बजू तीन पुस्ता सँगै ।
महिलाले सारीमा बाँधेको एउटा ठूलो पोको पीठ्युँमा बोकेकी छे । त्यो ठूलो पोकोले गर्दा उनको दुब्लो शरीर देखिँदैन ः दुईवटा मानव खुट्टाहरूमा एउटा बडेमानको पोका उकालो चढ्दै गरेको जस्तो देखिन्छ । आफ्नो परिवेशदेखि नितान्त बेखबर, सूर्यको प्रखर तापसँग पनि बेपरवाह, नानीलाई बोकेर, देउता सवार भएको धामी झैं अलिअलि काम्दै, लडखडाउँदै भर्खरकी युवती आमा आफ्नो कङ्काल शरीरलाई उकालो तर्फ घचेट्दै छिन् । बच्ची आमाको दूधको लागि रुँदै छ तर आमा नसुनेझैं गरेर मन्द गतिमा हिँड्दै छिन् —अति भए पछि आमा भन्छिन्, “यो केटीले अब मेरो रगत मात्र चुस्न बाँकी छ”, जुन मेरो कानलाई भनाइ कम रुवाइ बढीजस्तो सुनिन्छ ।
“छिः ! आफ्ना सन्तानलाई पनि कसैले त्यसो भन्छ”, बजू भन्छिन् । “नानीहरू भनेका भगवानका वरदान हुन् —उनीहरूलाई पनि कसैले त्यसो भन्छ । तँ जन्मेको बेला म मात्र १५ बर्षको थिएँ । सूर्योदय हुनुअगावै म उठ्थें, सबैका लागि चिया बनाउँथें, गाईवस्तुलाई घास दिन्थें, दुई घण्टा हिँडेर पानी ल्याउँथें, सबैका लागि खाना पकाउँथें र सबै जनाले खाई सिद्धाएपछि बाँकी रहेका रहलपहल खान्थें । त्यसपछि घाँस–दाउराका लागि जङ्गल पसेको एकै पल्ट साँझ परेपछि मात्र घर फर्किन्थें र फेरी उही खाना पकाउँथें वर्थें र सबै जना निदाएसकेपछि मात्र ओछ्यानमा पल्टिन्थें । मैले कहिले कुनै शिकायत गरिनँ किनभने मसँग तँ थिइस् ।”
तर उनले भनेका कुरा सुन्नेको कानमा परे जस्तो छैन —उनको भावविहीन अनुहारमा ‘भगवानको वरदान’ प्राप्तिको कुनै खुसियाली देखिदैंन । उनीहरूको कथा सुन्न म आफ्नो गतिलाई अझै कम गर्छु र झन्डैझन्डै कच्छप गतिमा हिँड्छु । मेरो कम बोल्ने तर बढी सुनिदिने बानीले हो कि बजू उत्साहित भएर आफ्ना व्यथाकथा अहिले सम्म कसैलाई नभनेका वा कसैले नसुनिदिएकाले होला सायद विस्तारै मलाई सुनाउँछिन् । म अभिभूत भएर सुन्छु —भनिन्छ मनका दुःख व्यथाहरू भनेर बाँडेभने अलि सञ्च हुन्छ रे ‘हे प्रभू यिनका दुःख कष्ट पनि कम होउन्’ म मनमनै प्रर्थना गर्छु । थाहा छैन ईश्वरले यो मन्दिर नजाने, पूजा नगर्ने नास्तिकको प्रार्थना सुन्छ कि सुन्दैन तर म निश्छल मनले उहाँमा आफ्नो विन्ती बिसाउँछु ?
उनको जन्म एउटा निर्धन क्षेत्री परिवारमा भएको थियो । आफूले चाहेको जस्तो राम्रो परिवारमा छोरीको विवाह गर्न नसकेपछि, बाबूआमाले गहभरि आँसु र मनभरि अकथनीय व्यथा बोकेर छोरीलाई उनीभन्दा झन्डै दोब्बर उमेरकासँग बिहे गरिदिनु प¥यो । उनीलाई थाहा छैन कति उमेरमा उनको बिहे भयो । दाम्पत्य जीवनको अर्थ पनि उनीलाई थाहा थिएन । उनीलाई त के मात्र थाहा थियो भने बिहेमा राम्रो लुगा लाउन पाइन्छ —खुसीले उनको खुट्टा भुइँमा थिएनन् । आमाले ‘आफ्नो श्रीमान्लाई सधैँ खुसी राख्नु’ भनेको कुरालाई गाँठो बाँधेर उनले आफ्नो नयाँ घरमा गृहप्रवेश गरिन् तर जति प्रयत्न गरे पनि श्रीमान्लाई कहिले खुसी पार्न सकिनन् । प्रथमतः श्रीमान्ले के चाहन्छन् भन्ने कुरो नै उनीलाई थाहा थिएन र दोश्रो उहाँको मुखबाट आउने आलो रक्सीको चर्को गन्धले उनको मगज रन्थिएर उनी केही सोच्नै सक्दिनथिन् । बिहेको दोश्रो बर्ष ईश्वरले उनका पोल्टामा छोरी दिए तर ईश्वरको यो वरदान उनका श्रीमान् र सासुससुरालाई पटक्कै मन परेनः उनीहरू छोरो चाहिन्थे । जीवन झनै कठिन भएर आयो । विपत्ति कहिले एक्लै आउँदैन भने झैं छोरी पाएको अर्को बर्ष अत्यधिक मद्यमानका कारण उच्च रक्तचापले श्रीमान्को निधन भयो । त्यो मृत्युवत् जीवनमा सानी छोरी नै उनको बाँच्ने एकमात्र आधार थिई । उनले क्षमताले भ्याएसम्म छोरीलाई पढाइन् र एउटा शिक्षित युवकसँग उसको बिहे गर्न पनि सफल भइन् । छोरीको जीवन उनको आफ्नो जीवनभन्दा राम्रो र सुखमय बनाउन उनले हरसम्भव प्रयास गरिन् तरः
“आज मेरी छोरी फेरि फर्केर माइत आएकी छे किनभने ज्वाईंसापले अब उसलाई नराख्ने रे । मेरी छोरी पाखे रे, एउटा छोरो पनि नदिनसक्ने रे, उहाँले सहरकी बढी पढेलेखेकी केटी बिहे गर्ने रे… हे नाराण ! मेरो ज्वाईंसापलाई सद्बुद्धि होस् ।”
उनीहरू हलेसी जाँदै छन् —हलेसी महादेवको दर्शन र आर्शीवादको आकाङ्क्षा लिएर । भनिन्छ शुद्ध र स्वच्छ मनले हलेसी महादेवको कामना–अराधना गरियो भने, प्रार्थीको मनोकामना अवश्य पूर्ण हुन्छ । मेरो मनमा उर्दु कवि इकबालका शब्दहरु म्डारिन थाल्छन्ः
सच कह दूँ ए बिरहमन गर तू बुरा नमाने
तेरे बुतकदे के सारे बुत हो गए पुराने ।
(साँचो भन्छु पुजारी तिमी नरिसाउनु
तिम्रो मन्दिरका सबै मूर्ति भइगए पुरानो ।)
तर ती शब्दहरूलाई सायास बलपूर्वक मुखभित्रै थिचेर म मनमनै उनीहरूका मनोकामना पूर्ण होस् भन्ने निवेदन हलेसी महादेवमा चढाउँदै उनीहरूसँग विदा लिएर दाहिने लाग्छु ।
===
ती पाँच जना केटीहरू १२–१३ बर्ष भन्दा बढीका छैनन् होलान् । मलाई आफूतिर हेर्दै गरेको देखेर मैले नबुझ्ने कुनै स्थानीय भाषामा शायद वाम्बुलेमा खासखुस गर्छन् अनि हाँस्छन् । त्यसपछि नदीमा झ्वाम्म हामफालेर पौडिन थाल्छन् । जलपरीहरू यसरी नै र यस्तै सजिलो गरी पौडिन्छन होला सायद । उनीहरूका चपल शरीर नदीका स्वच्छ निर्मल जलधारामा डल्फिनहरू खेले जस्तै देखिन्छ । ‘अझ अरू कति बर्ष सम्म यी निर्दोष बालिकाहरू यसरी पौडीको आनन्द लिन सक्लान् र’, मेरो मनले उनीहरूको भविष्य पढ्छ । ‘अब धेरै दिन छैन, शायद छिट्टै नै उनीहरूको विवाह गरिनेछ र कसैलाई थाहा छैन कहाँ कुन ठाउँमा उनीहरूको शेष जीवन बित्नेछ । त्यसैले हे बालिकाहरू जब सम्म अवसर पाउँछौ जीवनको आनन्द उपभोग गरीलेऊ ।
प्रत्येक पल प्रत्येक क्षणको आफ्नै आन्नद हुन्छ
त्यसलाई टिप्नु पर्छ, आफ्नो पोल्टामा राख्नुपर्छ
कसैलाई थाहा छैन भोलि के हुन्छ भन्ने कुरा
त्यसैले खुसीलाई भेटे छाड्नु हुन्न, अँगाल्नु पर्छ ।
त्यो प्रचंड घाममा, दुधकोशीको किनारको एउटा बाङ्गो तर बाक्लो पात भएको रूखमुनि म एक छिन घोरीन्छुः ‘को हुन् यी जलपरीहरू ? के उनीहरू र उनका अभिभावकहरूलाई पौडीको राष्ट्रीय र अन्तरराष्ट्रीय प्रतियोगिता बारे थाहा छ जुन प्रतियोगिताहरूमा उनीहरू सहभागी हुन सक्छन् र प्रशिक्षण र अलिकति भाग्यले साथ दिए भने विजेता पनि बन्न सक्छन् । के हाम्रा खेल अधिकारीहरूलाई यस्ता लुकेका विलक्षण प्रतिभाहरू बारे थाहा छ जसले राम्रो प्रशिक्षण प्राप्त ग¥यो भने अन्तरराष्ट्रीय पौडी प्रतिस्पद्र्धाहरूमा देशको सिर ठड्याउन सक्छन् ?
सुनकोशी
मैले आश्रय लिएको रूख बाङ्गो छ तर यसका बाक्लो हाँगा पातले पाँच छ जना मान्छेलाई आफ्नो शीतल छायाँमा सजिलै आश्रय दिन सक्छ । फक्कड हिन्दी कवि कबीरका पंक्तिहरू झल्याँस्स सम्झिन्छु,
बडा भया तो क्या भया जैसै ताड खजुर
पंथीको छाया नहीं फल लागे अति दूर ।
(तार, खजूर जस्तो ठूलो भएर के काम
न बटुवालाई छायाँ, न फल टिप्न सक्ने )
कस्तो घतलाग्दो कुरो । साँच्चै ठूलो भएर के, यदि उसको धन वा ज्ञान वा शक्तिले निर्धन, अशिक्षित वा निर्बललाई मद्यत गरेन भने । यस बाङ्गो रूखको शीतल छायाँमा यिनै कुराहरू मनमा खेलाउँदै गर्दा एक हूल युवतीहरू डोकाभरि सामान बोकेर आइपुग्छन् र आफ्ना भारी बिसाएर पौडीबाजहरूलाई हेर्न थाल्छन् । उनीहरूका कुराकानीबाट मलाई के थाहा हुन्छ भने उनीहरूलाई पौडी खेल्न आउँदैन, कि उनीहरूलाई ती पौडीबाज युवतीहरूसँग इष्र्या लाग्छ, कि उनीहरू पनि पौडी खेल्न सिक्न चाहन्छन्, र कि उनीहरू कक्षा १०मा पढ्छन् । मेरा जिज्ञासाहरूका समाधान गर्दै उनीहरू मलाई जानकारी गराउँछन् कि उनीहरूलाई आफ्ना गाउँ पुग्न अझै दुई दिन लाग्ने छ, कि उनीहरू सबैले ४० किलो भारी बोकेका छन्, कि यी भारी साहुलाई पु¥याए बापत उनीहरू जनही रु. ७००÷– पाउनेछन् र त्यो कठिन परिश्रमले आर्जन गरेको रकमले ट्यूसन् पढ्नेछन् । उनीहरू छोरी भएकाले बाआमालाई उनीहरूको पढाइको त्यति सारो चिन्ता रहेनछ, छोरीहरूको शिक्षाका लागि उनीहरूसँग फाल्तू पैसा रहेनछ । त्यसैले नेपालका छोरीहरू ४० किलोको भारी बोकी तीन दिनको बाटो हिँड्दैछिन् आफ्ना ज्ञानको तिर्खा मेट्न । एउटा मैथिली गीत मेरो मनमा गुन्जिन थाल्छः
रोपनीमे रोपनी धानकेर रोपनी
जहिसे चले संसार हो राम
सबसे रे बढि रामा ज्ञानकेर रोपनी
जहि बिना जीवन अन्हारे हो राम ।
म यी कलिला छोरीहरूका कथा सुनेर अवाक हुन्छु तर शिक्षाको उज्यालोमा संसारलाई हेर्ने उनका रहर र प्रयासलाई मनमनै नमन् गर्छु ।
===
सूर्यदेव अस्ताउँदै हुनुहुन्छ । सम्पूर्ण पश्चिमी क्षितिज रातो भएको छ । बीचबीचमा काला, नीला र बैजनी रङ्गका धर्साहरू पनि देखिन्छन् —कुनै कुशल चित्रकारले रङ्गसँग खेलेझैं लाग्छ, हुन पनि प्रकृतिभन्दा कुशल चित्रकार अरू को हुन सक्छ र ! अस्ताउँदो सूर्यको दर्शन त्यो पनि नदी, ताल वा समुद्रको छेउमा जसले देखेन म भन्छु ऊ प्रकृतिको एउटा अति रहस्यमय दृश्यदर्शनबाट वञ्चित बिचरा हो । म थाकेर लखतरान भई होटल पुग्दा भगवान भाष्कर पनि थाकेर पश्चिमी क्षितिजमा विलीन भइसकेका छन् मात्र सम्पूर्ण पश्चिमाकाश रक्ताम्य भएकाले उहाँको उपस्थिति एकछिन पहिलेसम्म पनि थियो भन्ने कुराको आभास हुन्छ ।
यो स्यानो होटेल सुनकोशीको ढुङ्गे बगरमा अवस्थित छ । तराईको कटारी–मिर्चैया हुँदै खोटाङ–सोलुतर्फ जाने यात्रुहरू आफ्ना थाकेर गलेका खुट्टा र ढाडलाई आराम दिन यहाँ एक रात बिताउँछन् । होटल एउटा परिवार र विशेष गरिकिन परिवारको बुहारीले चलाउँछिन् । १८ बर्षको कलिलो उमेरमै एक छोराकी आमा भइसकेकी उनी एउटी १० वर्षकी बच्चीको सहयोगले होटल चलाउँछिन् बच्चीले जुठा भाँडाहरू माझ्छिन्, टेबलहरू प्ुच्छिन् र चिया, नास्ता, खाना आदि खुवाउँछिन् । मलाई अलि पछि थाहा हुन्छ युवतीको नाम शान्ता र बच्चीको नाम स्यानी हो । बालश्रम र बालअधिकार भनेको न त्यो स्यानी अबोध बालिकालाई थाहा छ न त उसकी १८ बर्षे होटेल माल्किनीलाई । सुत्ने कोठाहरू माथि तलामा छन् । भुइँतलामा बुहारीले पाहुनाहरूका लागि (आज १५ जना छन्) खाना पकाउँछिन् । उनको श्रीमान् भोक लागेपछि मात्र आउँछ र आकलझुक्कल उसकी श्रीमतीलाई मद्यत गर्छ —एक बर्षे छोरालाई बोकी उचालेर वा पाहुनाहरूसँग पैसा लिएर । एक छिन पछि एउटा सुदर्शन पुरुष आर्मीको ड्रेसमा आउँछ, जसलाई देखेर होटेल माल्किनीको अनुहार मधुर मुस्कानले उज्यालो हुन्छ र काम गर्ने बच्ची उफ्रीउफ्री गाउन थाल्छिन् ः
पिँजरा कसको मैनाको
साली कसको भेनाको
र चकलेटको घुस पाएपछि मात्र आफ्नो गीत बन्द गर्छिन् । वास्तवमा आगन्तुक चाहिँ माल्किनीको भेनाजु रै छ —लाहुर जानुभन्दा अगाडि प्रिय सालीलाई भेट्न आको रै छ ।
होटेलमा बास बसेका पाहुनाहरू खाना खाएर विश्राम गर्न गइसकेका छन् । म सबैभन्दा पछि खाना खान्छु र एक पेग व्हिस्कीसँगै होटेल माल्किनीको कथा सुन्दछु । वातावरण शान्त छ । चुल्होमा बल्दैगरेको दाउराको आवाजसँग मिसिएको उनको आवाज कुनै रेडियो नाटक सुने झैं लाग्छः स्यानीले भाँडा माझ्दैगरेको आवाजले पाश्र्वसङ्गीतको भूमिका निर्वाह गर्दै छ । म कथामा हराउँछु । उनको विवाह उनी कक्षा नौमा हुँदै भएको रहेछ । उनी बिहे गर्न चाहन्नथिन्ः पढ्न चाहन्थिन् तर उनका बा–आमाले उनीलाई सम्झाइबुझाइ बिहे गरिदिएको रहेछ ।
“उनका जग्गामा १०० मुरी धान फल्छ, उनीहरूसँग यस भेगका सबैभन्दा ठूलो होटेल छ । केटासँग मोटरसाइकिल छ । तँलाई अरू के चाहिन्छ भन त ?” उनकी आमाले उनीलाई भनेकी थिइन् ।
“के तपाईं खुसी हुनुहुन्छ’, भन्ने मेरो प्रश्नको सिधा जबाब नदिएर उनी भन्छिन् ‘खुसी नहुने पनि त कुनै कारण छैन । मभन्दा धेरै बढी दुखी महिलाहरू छन् । कहिलेकाहिँ मनमा आउँछ, मैले अझै पढ्न पाएको भए के हुन्थयो होला । बस त्यति मात्र ।”
===
अर्को बिहान सुनकोशी तरेर उकालो लाग्नुभन्दा अगाडि बलियो हुन खाजा खाँदै छु, दुई जना महिलाहरू आएर मेरो अगाडिको टेबलमा बस्छिन् —एउटी दुब्लीपातली, अग्ली, सुनौलो कपाल छरपस्ट, पेन्ट र भेस्ट लाएकी युरोपियन, अर्की अलि होचीहोची, पोटिलो जीउकी, कालो कपाल सपक्क कोरेकी, सिन्दूर हालेकी, कुर्ता–सुरुवालमा सज्ज्ति नेपाली, नाक नक्साले बाहुन थरकी जस्तै । उनीहरू बीच सम्ंभाषण चल्न थाल्छ । मैले इभासड्रपिङ गरेको होइन —उनका कुराकानीका शब्दहरू बिना कुनै प्रयास मेरा कानमा झर्न थाल्छन् ।
“हाउ आर यु टुडे डियाना ? डिड यु स्लीप वेल ?” नेपाली भन्छिन् ।
“येस, लाइक अ लोग । आइ वाज भेरि टायर्ड”, युरोपिएनले फर्काउँछिन् ।
“व्हाट वुड यु लाइक टु ईट ?”
“मलाई नेपाली खाना मनपर्छ । भाटदाल खाने होला ।” ऊ नेपाली बोल्दा सबै वाक्यमा होला लाउँछिन् । “टपाइँको घरमा कसले खाना पकाउँछ होला ?”
“मै पकाउँछु”, नेपालीले भन्छिन् । “मेरो श्रीमान्लाई अरूले पकाएको खाना मनै पर्दैन ।” उनको स्वरमा गर्व छ ।
“टपाइँको श्रीमान्ले पकाउँछ कि होला ? टपाइँ पनि अफिसमा काम गरेर ठाक्छ होला, होइन ”’
‘कहिलेकाहीँं पकाउनुन्छ तर पकाउनु भयो भने द किचेन लुक्स लाइक अ ब्याट्ल फिल्ड । सो इट्स बेटर द्याट आइ कुक ।” नेपाली बहिनी भन्छिन् ।
“सो हि डजन्ट डु हाउसहोल्ड चोर्स ?”
“नो, हि डज हिज वक्र्स हिमसेल्फ लाइक हि पलिसेज हिज शुज, यु नो”, नेपाली बहिनी ज्वाइँसापको बचाव गर्छिन् ।
युरोपियन र नेपाली दुवै महिला सशक्तिकरणमा लागिपरेका छन् । खोटाङका महिलाहरूमा लैङ्गिक विभेद तथा अधिकारबारे सचेतना जगाउन प्रशिक्षण दिन जाँदैछन् । ती महिला जो अफिसमा १० देखि ५ सम्म घोटिएर पनि घर फर्केर पतिको लागि खाना पकाउँछिन् । शायद उनको कपडा सफा गर्छिन् र टाई बाँधिदिएर भोलिपल्ट अफिस पठाउँछिन् । उनले अरू महिलालाई लैङ्गिक विभेद कसरी बुझाउने होला भनी म घोरिन्छु । खाना सकेर उठ्दा उठ्दै ती बहिनीले भोलि खोटाङकी दीदीबहिनीहरूलाई सुनाउने र गाउन लाउने गीत युरोपियन श्रोत व्यक्तिलाई सुनाएको मेरो कानमा पनि पर्छ ।
गीतबारे युरोपियनको मन्तव्यलाई नपर्खी म आफ्नो रुकस्याक उचालेर पिठ्युँमा राख्छु र होटल माल्किनीलाई पैसा तिरेर विस्तारै उकालो लाग्छु । भावनाका तरङ्गहरू मेरो मनमा समुद्रमा छाल उठेझैं उठन थाल्छ र मेरो मनले कविता बुन्न थाल्छ ।
खोटाङको बाटोमा
वि.सं. २०६० को एक यात्रा जुन मेरो मनको एकदमै नजिक छ, अहिले पनि ।
“यी मेरा छोराहरू हुन्, दाजू । मेरा तीनवटा छोराहरू छन् । बाह्र वर्षको जेठो छोरोलाई घरमै छाडेर आएको ।”, उनी राई थरकी खोटाङकी महिला । कथा सुनाउँदा उनको सानो नाकमा सुनको फुली ज्येष्ठको प्रखर घाममा टल्किन्छ ।
म लोपोन्मुख भाषा अनुसन्धानको क्रममा खोटाङ जाँदै छु । वरिपरि नाङ्गा डाँडाहरू ठडिएका छन् । ससाना झाडीहरूमध्ये एउटा दुइटा रुखहरूले झुपडी नै झुपडी भएको गाउँमा धनी साहुका पक्की दुईतले घरको आभास दिन्छ । प्रचण्ड घाम छ । बिना पानीका फुस्रा आवारा बादलहरू एकछिनका लागि छाया दिएर भागिहाल्छन्, गरीबका बस्तीमा कुनै एनजीओ, आइएनजीओहरूले विकासका नाममा गाउँलेलाई दुईचार रुपियाँ बाँडेर बेपत्ता भए जस्तो । बस बिग्रेपछि यात्रुहरूसँगै मैले पनि उकालो लाग्नुपर्छ, तर पहाडमा हिँड्ने अभ्यस्त बासिन्दासँगसँगै हिँड्न सक्दिनँ । म एउटा बाक्लो रुखमुनि खोटाङकी यी राइनी बैनीको कथाव्यथा सुन्दै छु — म अरू के नै गर्न सक्छु र !
“मेरो श्रीमान् भारतको एउटा कोइला खानीमा काम गर्नुहुन्थ्यो । गत साल तीनवटा छोराहरूका साथ मलाई एक्लै छाडेर सधैँका लागि जानुभयो । म फर्केर आफ्नो घर खोटाङ गएँ तर त्यहाँ बस्न सकिनँ, दाजु । त्यसैले साँचेको आफ्नो सानो पुँजीले जयराम घाटमा एउटा सानो पसल थापेको छु । मेरो एकमात्र चाहना हो, मेरा छोराहरू पढेर ठूला मान्छे बनुन् । उनीहरूलाई उनका बाआमाले भोगेका दुःख भोग्न नपरोस् ।”
यति भन्दा उनका आँखाहरू परका डाँडामा टक्क अडेका छन् । उनको स्वर अलि कामे जस्तो छ — शायद गहन उत्तरदायित्वको भारी सम्झेर होला । यो रुखबाहेक टाढाटाढासम्म रुखपात छैन, मात्र धूलोस्नान गरेर सेतै भएका ससाना झाडीहरू छन्, काठमाडौंका सडकबालकका कपालझैँ जिङरिङ्ग परेका । बसका यात्रुहरू आफ्ना पोकापुन्तुरा काँधमा, पिठ्युँमा, टाउकोमा, जसलाई जहाँ सजिलो लाग्छ बोकेर हिँडेका छन्, बिग्रेको बसलाई गाली गर्दै ।
“मात्र १३ वर्षको छँदा मेरो बिहे भयो, दाजु । मेरा श्रीमान् मभन्दा १५ वर्षले जेठो हुनुहुन्थ्यो । उहाँले मलाई शिलोङ लिएर जानुभयो । म भारतका धेरै ठाउँ घुमेँ । श्रीमान् बित्नुभएपछि गाउँ जाँदा कसैले मलाई मद्दत गरेनन्, उल्टो पुरुषहरूले मबाट फाइदा लिन खोजे । जिन्दगी यस्तै पो छ, दाजु । त्यसैले मैले गाउँ छाडेर यस सानो बजारमा बस्नुपरेको हो ।”
धेरै भयो, तीस वर्षकी उनी यस निष्ठुर पुरुष प्रधान समाजमा एक्लो छिन् । उनले लगाएको रङ्गीन लुङ्गीको रङ्ग खुइलिइसकेको छ, उनका जीवनका चाहना र इच्छाहरूजस्तै । यात्रुहरू पर पुगिसकेका छन्, मात्र उमेर पुगिसकेका तथा महिला र कलिला बालबालिका अझै आउँदै छन् । सर्पिलो बाटोमा टाढासम्म यात्रुको लस्कर कमिलाको ताँतीझैँ देखिन्छ ।
“के गर्नु, दाजु ! आइमाईको जीवन साह्रै गाह्रो हुन्छ, विशेषरूपले ऊ एक्लो छ भने । अहिलेसम्म त मैले जेनतेन गरेकै छु । केही पुरुषहरू अहिले पनि मसँग बिहे गर्न चाहन्छन् तर म चाहन्नँ, एउटै बिहेले पुग्यो मलाई । मेरा छोराहरू शिक्षित होऊन्, त्यति हो मेरा चाहना ।”
अहिले पनि उनी बूढी भइसकेकी छैनन् । मर्द मानिसहरूले अहिले पनि उनीमा आकर्षण पाउन सक्छन् । उनले लगाएकी सर्टको सबैभन्दा माथिको टाँक छैन, र कुरा गर्दा उनका औँलाहरू त्यो टाँक नभएको ठाउँमा खेलिरहन्छन् । मानौँ, पुरुषका लोलुप आँखाहरूबाट उनको सुरिलो गर्दनलाई जोगाउने प्रयास गरिरहेकी छिन् ।
रुखको शीतल छायाको माया मार्ने बेला आइसकेको छ, हामीलाई अझै निकै हिँड्नु छ । उनी पर खेलिरहेका आफ्ना दुइटै छोराहरूलाई बोलाउँछिन् । एउटा एउटा पोको दुवै भाइका टाउकोमा राख्छिन् अनि सबैभन्दा ठूलो पोको आफ्नो पिठ्युँमा उचाल्छिन् । भारीले धरमराउँदै, लरबराउँदै बिस्तारै उकालो लाग्छिन् ।
जीवन एउटा यात्रा हो
सबैले यसलाई पार गर्नै पर्छ
यो यस्तो खोला हो
जसलाई सबैले तर्नै पर्छ ।
म यो यात्रा गर्दिनँ
भन्न पाउँदैन कसैले यहाँ
उडेर, गुडेर, हिँडेर वा घस्रेर
जानै पर्छ, थाहा छैन कहाँ ?
सूर्यदेव माथिबाट आगोको वर्षा गर्दै हुनुहुन्छ जसले गर्दा मेरो पुरानो टोपीमुनि खोपडी चुल्होमाथिको तावाझैँ तातिएको छ । बोतलको पानी तातै भए पनि एक दुई घुट्का निलेर धुवाँ निस्किँदै गरेको घाँटीलाई भिजाउने प्रयास गर्दा, एउटा नारी आवाज सुन्छु, “भाइ ! अलिकति पानी मेरी नातिनीलाई पनि दिनुस् न ?” म आफ्नो हातको बोतल र आफ्ना आँखा आवाजको स्रोततर्फ बढाउँछु — लगभग ३५ वर्षकी तर ६० जस्तै देखिएकी एउटी महिला, १७-१८ वर्षकी एउटी अमेरिकी मानकभन्दा पनि बढी दुब्ली पातली, फुकी ढल्ने युवती र उनको काखमा एउटी बच्ची: छोरी, आमा अनि बज्यै, तीन पुस्तासँगै ।
महिलाले सारीमा बाँधेको एउटा ठूलो पोको पिठ्युँमा बोकेकी छन् । त्यो ठूलो पोकोले गर्दा उनको दुब्लो शरीर देखिँदैन: दुईवटा मानव खुट्टाहरूमा एउटा बडेमानको पोका उकालो चढ्दै गरेको जस्तो देखिन्छ । आफ्नो परिवेशदेखि नितान्त बेखबर, सूर्यको प्रखर तापसँग पनि बेपरवाह, नानीलाई बोकेर, देउता सवार भएको धामीझैँ अलिअलि काम्दै, लडखडाउँदै भर्खरकी युवती आमा आफ्नो कङ्काल शरीरलाई उकालोतर्फ घचेट्दै छिन् । बच्ची आमाका दूधको लागि रुँदै छे तर आमा नसुनेझैँ गरेर मन्द गतिमा हिँड्दै छिन्— अति भएपछि आमा भन्छिन्, “यो केटीले अब मेरो रगत मात्र चुस्न बाँकी छ ।” यी शब्द मेरो कानमा भनाइ कम रुवाइ बढीजस्तो भएर ठोकिन्छ ।
“छिः आफ्ना सन्तानलाई पनि कसैले त्यसो भन्छ ?”, बज्यै भन्छिन्, “नानीहरू भनेका भगवानका वरदान हुन्— उनीहरूलाई पनि कसैले त्यसो भन्छ । तँ जन्मेको बेला म मात्र १५ वर्षको थिएँ । सूर्योदय हुनुअगावै उठ्थेँ, सबैका लागि चिया बनाउँथेँ, गाईवस्तुलाई घाँस दिन्थेँ, दुई घण्टा हिँडेर पानी ल्याउँथेँ, सबैका लागि खाना पकाउँथेँ र सबै जनाले खाई सिध्याएपछि बाँकी रहेका रहलपहल खान्थेँ । त्यसपछि घाँस–दाउराका लागि जङ्गल पसेको एकैपटक साँझ परेपछि मात्र घर फर्किन्थेँ । फेरि उही खाना पकाउँथेँ, सबै जना निदाएसकेपछि मात्र ओछ्यानमा पल्टिन्थेँ । मैले कहिल्यै कुनै सिकायत गरिनँ किनभने मसँग तँ थिइस् ।”
तर उनले भनेका कुरा सुन्नेको कानमा परे जस्तो छैन— उनको भावविहीन अनुहारमा ‘भगवानको वरदान’ प्राप्तिको कुनै खुशीयाली देखिँदैन । उनीहरूको कथा सुन्न म आफ्नो गतिलाई अझै कम गर्छु र झन्डैझन्डै कछुवाको गतिमा हिँड्छु । मेरो कम बोल्ने तर बढी सुनिदिने बानीले हो कि बज्यै उत्साहित भएर आफ्ना व्यथाकथा, अहिलेसम्म कसैले नसुनिदिएकाले होला शायद, बिस्तारै मलाई सुनाउँछिन् । म अभिभूत भएर सुन्छु । भनिन्छ, मनका दुःख व्यथाहरू भनेर बाँडेभने अलि सन्चो हुन्छ रे, ‘हे प्रभु यिनका दुःखकष्ट पनि कम होऊन्’ म मनमनै प्रार्थना गर्छु । थाहा छैन, ईश्वरले यो मन्दिर नजाने, पूजा नगर्ने नास्तिकको प्रार्थना सुन्छ कि सुन्दैन तर म निश्छल मनले आफ्नो बिन्ती बिसाउँछु ।
उनको जन्म एउटा निर्धन क्षेत्री परिवारमा भएको थियो । आफूले चाहेको जस्तो राम्रो परिवारमा छोरीको विवाह गर्न नसकेपछि, बाबु–आमाले गहभरि आँशु र मनभरि अकथनीय व्यथा बोकेर छोरीलाई उनीभन्दा झन्डै दोब्बर उमेरकासँग बिहे गरिदिनुपर्यो । उनलाई थाहा छैन कति उमेरमा उनको बिहे भयो । दाम्पत्य जीवनको अर्थ पनि उनलाई थाहा थिएन । उनलाई त के मात्र थाहा थियो भने बिहेमा राम्रो लुगा लाउन पाइन्छ— खुशीले उनको खुट्टा भुइँमा थिएनन् । आमाले ‘आफ्नो श्रीमान्लाई सधैँ खुशी राख्नु’ भनेको कुरालाई गाँठो बाँधेर उनले आफ्नो नयाँ घरमा गृहप्रवेश गरिन् तर जति प्रयत्न गरे पनि श्रीमान्लाई कहिल्यै खुशी पार्न सकिनन् । प्रथमतः श्रीमान्ले के चाहन्छन् भन्ने कुरो नै उनलाई थाहा थिएन र दोस्रो उनको मुखबाट आउने आलो रक्सीको चर्को गन्धले उनको मगज रन्थिएर केही सोच्नै सक्दिनथिन् । बिहेको दोस्रो वर्ष ईश्वरले उनका पोल्टामा छोरी दिए तर ईश्वरको यो वरदान उनका श्रीमान् र सासूससुरालाई पटक्कै मन परेन: उनीहरू छोरो चाहन्थे । जीवन झनै कठीन भएर आयो । विपत्ति कहिल्यै एक्लै आउँदैन भने झैँ छोरी पाएको अर्को वर्ष अत्यधिक मद्यपानका कारण उच्च रक्तचापले श्रीमान्को निधन भयो । त्यो मृत्युवत् जीवनमा सानी छोरी नै उनको बाँच्ने एकमात्र आधार थिई । उनले क्षमताले भ्याएसम्म छोरीलाई पढाइन् र एउटा शिक्षित युवकसँग उसको बिहे गर्न पनि सफल भइन् । छोरीको जीवन उनको आफ्नो जीवनभन्दा राम्रो र सुखमय बनाउन उनले हरसम्भव प्रयास गरिन् । तर…
“आज मेरी छोरी फेरि फर्केर माइत आएकी छे किनभने ज्वाइँसापले अब उसलाई नराख्ने रे । मेरी छोरी पाखे रे, एउटा छोरो पनि दिन नसक्ने रे, उहाँले शहरकी बढी पढेलेखेकी केटी बिहे गर्ने रे… हे नारायण ! मेरो ज्वाइँसापलाई सत्बुद्धि प्राप्त होस् ।”
उनीहरू हलेसी जाँदै छन् — हलेसी महादेवको दर्शन र आशीर्वादको आकाङ्क्षा लिएर । भनिन्छ, शुद्ध र स्वच्छ मनले हलेसी महादेवको कामना-आराधना गरियो भने प्रार्थीको मनोकामना अवश्य पूर्ण हुन्छ । मेरो मनमा उर्दू कवि इकबालका शब्दहरू मडारिन थाल्छन्:
सच कह दूँ ए बिरहमन गर तू बुरा न माने
तेरे बुतकदे के सारे बुत हो गए पुराने । (उर्दू)
(साँचो भन्छु पुजारी तिमी नरिसाउनु/ तिम्रो मन्दिरका सबै मूर्ति भइगए पुरानो।)
तर ती शब्दहरूलाई शायद बलपूर्वक मुखभित्रै थिचेर म मनमनै उनीहरूका मनोकामना पूर्ण होस् भन्ने निवेदन हलेसी महादेवमा चढाउँदै उनीहरूसँग बिदा लिएर दाहिने लाग्छु ।
ती पाँच जना केटीहरू १२–१३ वर्षभन्दा बढीका छैनन् होलान् । मलाई आफूतिर हेर्दै गरेको देखेर मैले नबुझ्ने कुनै स्थानीय भाषामा (शायद वाम्बुले) खासखुस गर्छन् अनि हाँस्छन् । त्यसपछि नदीमा झ्वाम्म हामफालेर पौडिन थाल्छन् । जलपरीहरू यसरी नै र यस्तै सजिलो गरी पौडिन्छन् होला शायद । उनीहरूका चपल शरीर नदीका स्वच्छ निर्मल जलधारामा डल्फिनहरू खेले जस्तै देखिन्छ । ‘अझ अरू कति वर्षसम्म यी निर्दोष बालिकाहरू यसरी पौडीको आनन्द लिन सक्लान् र,’ मेरो मनले उनीहरूको भविष्य पढ्छ । ‘अब धेरै दिन छैन, शायद छिट्टै नै उनीहरूको विवाह गरिनेछ । कसैलाई थाहा छैन, कहाँ कुन ठाउँमा उनीहरूको शेष जीवन बित्नेछ । त्यसैले हे बालिकाहरू, जबसम्म अवसर पाउँछौ जीवनको आनन्द उपभोग गरिलेऊ ।
प्रत्येक पल, प्रत्येक क्षणको आफ्नै आनन्द हुन्छ
त्यसलाई टिप्नुपर्छ, आफ्नो पोल्टामा राख्नुपर्छ ।
कसैलाई थाहा छैन भोलि के हुन्छ भन्ने कुरा
त्यसैले खुशीलाई भेटे छाड्नुहुन्न, अँगाल्नुपर्छ ।
त्यो प्रचण्ड घाममा, दूधकोशीको किनारको एउटा बाङ्गो तर बाक्लो पात भएको रुखमुनि म एक छिन घोरिन्छु: ‘को हुन् यी जलपरीहरू ? के उनीहरू र उनका अभिभावकहरूलाई पौडीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताबारे थाहा छ जुन प्रतियोगिताहरूमा उनीहरू सहभागी हुन सक्छन्, प्रशिक्षण र अलिकति भाग्यले साथ दिए भने विजेता पनि बन्न सक्छन् ? के हाम्रा खेल अधिकारीहरूलाई यस्ता लुकेका विलक्षण प्रतिभाहरूबारे थाहा छ जसले राम्रो प्रशिक्षण प्राप्त गर्यो भने अन्तर्राष्ट्रिय पौडी प्रतिस्पर्धामा देशको शिर ठड्याउन सक्छन् ?’
सुनकोशी
मैले आश्रय लिएको रुख बाङ्गो छ तर यसका बाक्ला हाँगा पातले पाँच छ जना मान्छेलाई आफ्नो शीतल छायामा सजिलै आश्रय दिन सक्छ । फक्कड हिन्दी कवि कबीरका पंक्तिहरू झल्याँस्स सम्झिन्छु–
बडा भया तो क्या भया जैसै ताड खजुर
पंथीको छाया नही फल लागे अति दूर। (हिन्दी)
(तार, खजूरजस्तो ठूलो भएर के कामर/ न बटुवालाई छायाँ, न फल टिप्न सक्ने)
कस्तो घतलाग्दो कुरो ! साँच्चै ठूलो भएर के, यदि उसको धन वा ज्ञान वा शक्तिले निर्धन, अशिक्षित वा निर्बललाई मद्दत गरेन भने । यस बाङ्गो रुखको शीतल छायामा यिनै कुराहरू मनमा खेलाउँदै गर्दा एक हूल युवतीहरू डोकाभरि सामान बोकेर आइपुग्छन् र आफ्ना भारी बिसाएर पौडीबाजहरूलाई हेर्न थाल्छन् । उनीहरूका कुराकानीबाट मलाई के थाहा हुन्छ भने उनीहरूलाई पौडी खेल्न आउँदैन । उनीहरूलाई ती पौडीबाज युवतीहरूसँग ईर्ष्या लाग्छ । उनीहरू पनि पौडी खेल्न सिक्न चाहन्छन् । उनीहरू कक्षा १० मा पढ्छन् । मेरा जिज्ञासाका समाधान गर्दै उनीहरू मलाई जानकारी गराउँछन् कि उनीहरूलाई आफ्ना गाउँ पुग्न अझै दुई दिन लाग्ने छ । उनीहरू सबैले ४० किलो भारी बोकेका छन्, यी भारी साहुलाई पुर्याएबापत उनीहरू जनही रु. ७००/- पाउनेछन् । त्यो कठीन परिश्रमले आर्जन गरेको रकमले ट्युसन पढ्नेछन् । उनीहरू छोरी भएकाले बाआमालाई उनीहरूको पढाइको त्यति सारो चिन्ता रहेनछ । छोरीहरूको शिक्षाका लागि उनीहरूसँग ‘फाल्तु पैसा‘ रहेनछ । त्यसैले नेपालका छोरीहरू ४० किलोको भारी बोकी तीन दिनको बाटो हिँड्दैछिन् आफ्ना ज्ञानको तीर्खा मेट्न । एउटा मैथिली गीत मेरो मनमा गुन्जिन थाल्छ:
रोपनीमे रोपनी धानकेर रोपनी
जहिसे चले संसार हो राम
सबसे रे बढि रामा ज्ञानकेर रोपनी
जहि बिना जीवन अन्हारे हो राम। (मैथिली)
म यी कलिला छोरीहरूका कथा सुनेर अवाक् हुन्छु तर शिक्षाको उज्यालोमा संसारलाई हेर्ने उनका रहर र प्रयासलाई मनमनै नमन गर्छु ।
सूर्यदेव अस्ताउँदै हुनुहुन्छ । सम्पूर्ण पश्चिमी क्षितिज रातो भएको छ । बीचबीचमा काला, नीला र बैजनी रङ्गका धर्साहरू पनि देखिन्छन्— कुनै कुशल चित्रकारले रङ्गसँग खेलेझैँ लाग्छ । हुन पनि प्रकृतिभन्दा कुशल चित्रकार अरू को हुन सक्छ र ! अस्ताउँदो सूर्यको दर्शन त्यो पनि नदी, ताल वा समुद्रको छेउमा जसले देखेन म भन्छु ऊ प्रकृतिको एउटा अति रहस्यमय दृश्यदर्शनबाट वञ्चित बिचरा हो । म थाकेर लखतरान भई होटल पुग्दा भगवान् भाष्कर पनि थाकेर पश्चिमी क्षितिजमा विलीन भइसकेका छन्, मात्र सम्पूर्ण पश्चिमाकाश रक्ताम्य भएकाले उहाँको उपस्थिति एकछिन पहिलेसम्म पनि थियो भन्ने कुराको आभास हुन्छ ।
यो सानो होटेल सुनकोशीको ढुङ्गे बगरमा अवस्थित छ । तराईको कटारी–मिर्चैया हुँदै खोटाङ–सोलुतर्फ जाने यात्रुहरू आफ्ना थाकेर गलेका खुट्टा र ढाडलाई आराम दिन यहाँ एक रात बिताउँछन् । होटल एउटा परिवार र विशेष गरिकिन परिवारको बुहारीले चलाउँछिन् । १८ वर्षको कलिलो उमेरमै एक छोराकी आमा भइसकेकी उनी एउटी १० वर्षकी बच्चीको सहयोगले होटल चलाउँछिन् । बच्चीले जुठा भाँडाहरू माझ्छिन्, टेबलहरू पुच्छिन्छन् र चिया, नास्ता, खाना आदि खुवाउँछिन् । मलाई अलि पछि थाहा हुन्छ, युवतीको नाम शान्ता र बच्चीको नाम स्यानी हो । बालश्रम र बालअधिकार भनेको न त्यो स्यानी अबोध बालिकालाई थाहा छ न त उसकी १८ वर्षे होटेल माल्किनीलाई । सुत्ने कोठाहरू माथिल्लो तलामा छन् । भुइँतलामा बुहारीले पाहुनाहरूका लागि (आज १५ जना छन्) खाना पकाउँछिन् । उनको श्रीमान् भोक लागेपछि मात्र आउँछ र आकलझुकल उसकी श्रीमतीलाई मद्दत गर्छ— एक वर्षे छोरालाई बोकी उचालेर वा पाहुनाहरूसँग पैसा लिएर । एकछिनपछि एउटा सुदर्शन पुरुष आर्मीको ड्रेसमा आउँछ, जसलाई देखेर होटेल माल्किनीको अनुहार मधुर मुस्कानले उज्यालो हुन्छ र काम गर्ने बच्ची उफ्रीउफ्री गाउन थाल्छिन्:
पिँजरा कसको मैनाको
साली कसको भेनाको
चकलेटको घुस पाएपछि मात्र आफ्नो गीत बन्द गर्छिन् बच्ची । वास्तवमा आगन्तुक चाहिँ माल्किनीको भेनाजु रै‘छ— लाहुर जानुभन्दा अगाडि प्रिय सालीलाई भेट्न आएको ।
होटेलमा बास बसेका पाहुनाहरू खाना खाएर विश्राम गर्न गइसकेका छन् । म सबैभन्दा पछि खाना खान्छु र एक पेग व्हिस्कीसँगै होटेल माल्किनीको कथा सुन्दछु । वातावरण शान्त छ । चुल्होमा बल्दैगरेको दाउराको आवाजसँग मिसिएको उनको आवाज कुनै रेडियो नाटक सुनेझैँ लाग्छ: स्यानीले भाँडा माझ्दै गरेको आवाजले पार्श्वसङ्गीतको भूमिका निर्वाह गर्दै छ । म कथामा हराउँछु ।
उनको विवाह उनी कक्षा नौमा हुँदै भएको रहेछ । उनी बिहे गर्न चाहन्नथिन्, पढ्न चाहन्थिन् तर उनका बा-आमाले उनीलाई सम्झाइबुझाइ बिहे गरिदिएका रहेछन् ।
“उनका जग्गामा १०० मुरी धान फल्छ, उनीहरूसँग यस भेगका सबैभन्दा ठूलो होटेल छ । केटासँग मोटरसाइकल छ । तँलाई अरू के चाहिन्छ भन त ?” उनकी आमाले भनेकी रहिछन् ।
“के तपाईं खुशी हुनुहुन्छ ?”, भन्ने मेरो प्रश्नको सिधा जवाफ नदिएर उनी भन्छिन्, “खुशी नहुने पनि त कुनै कारण छैन । मभन्दा धेरै बढी दुःखी महिलाहरू छन् । कहिलेकाहिँ मनमा आउँछ, मैले अझै पढ्न पाएको भए के हुन्थ्यो होला ? बस त्यति मात्र ।”
अर्को बिहान सुनकोशी तरेर उकालो लाग्नुभन्दा अगाडि बलियो हुन खाजा खाँदै छु, दुई जना महिलाहरू आएर मेरो अगाडिको टेबलमा बस्छन्— एउटी दुब्लीपातली, अग्ली, सुनौलो कपाल छरपस्ट, पेन्ट र भेस्ट लगाएकी युरोपियन; अर्की अलि होचीहोची, पोटिलो जिउकी, कालो कपाल सपक्क कोरेकी, सिन्दूर हालेकी, कुर्ता–सुरुवालमा सज्जित नेपाली, नाकनक्शाले बाहुन थरकी जस्तै । उनीहरू बीच सम्भाषण चल्न थाल्छ । मैले ईभासड्रपिङ गरेको होइन— उनका कुराकानीका शब्दहरू बिना कुनै प्रयास मेरा कानमा झर्न थाल्छन् ।
“हाउ आर यु टुडे डियाना ? डिड यु स्लीप वेल ?” नेपाली भन्छिन् ।
“येस, लाइक अ लग । आइ वाज भेरी टायर्ड,” युरोपिएनले फर्काउँछिन् ।
“ह्वाट वुड यु लाइक टु ईट ?”
“मलाई नेपाली खाना मनपर्छ होला । भातदाल खाने होला ।” उनी नेपाली बोल्दा सबै वाक्यमा होला लाउँछिन् ।
“टपाइँको घरमा कसले खाना पकाउँछ होला ?”
“मै पकाउँछु ?”, नेपालीले भन्छिन्, “मेरो श्रीमान्लाई अरूले पकाएको खाना मनै पर्दैन ।” उनको स्वरमा गर्व छ ।
“टपाइँको श्रीमान्ले पकाउँछ कि होला ? टपाइँ पनि अफिसमा काम गरेर थाक्छ होला, होइन ?”
“कहिलेकाहिँ पकाउनुहुन्छ तर पकाउनुभयो भने द किचेन लुक्स लाइक अ ब्याटलफिल्ड । सो इट्स् बेटर द्याट आइ कुक ।”, नेपाली बहिनी भन्छिन् ।
“सो हि डजन्ट डु हाउसहोल्ड चोर्स ?”
“नो, हि डज हिज वर्क्स हिमसेल्फ लाइक हि पलिसेज हिज सुज, यु नो !” नेपाली बहिनी ज्वाइँसापको बचाउ गर्छिन् ।
युरोपियन र नेपाली दुवै जना महिला सशक्तीकरणमा लागिपरेका छन् । त्यसै सिलसिलामा खोटाङका महिलाहरूमा लैङ्गिक विभेद तथा महिला अधिकारबारे सचेत गराउन प्रशिक्षण दिन जाँदैछन् । ती महिला जो अफिसमा १० देखि ५ सम्म घोटिएर पनि घर फर्केर पतिको लागि खाना पकाउँछिन् । शायद श्रीमान्का कपडा सफा गर्छिन् र टाई बाँधिदिएर भोलिपल्ट अफिस पठाउँछिन् । उनले अरू महिलाहरूलाई लैङ्गिक विभेद कसरी बुझाउने होला ? – म घोरिन्छु ।
रखाना सकेर उठ्दाउठ्दै ती बहिनीले भोलि खोटाङकी दिदीबहिनीहरूलाई सुनाउने र गाउन लाउने गीत युरोपियन स्रोत व्यक्तिलाई सुनाएको मेरो कानमा पनि पर्छ । गीतबारे युरोपियनको मन्तव्यलाई नपर्खी म आफ्नो रुकस्याक उचालेर पिठ्युँमा राख्छु, र होटल माल्किनीलाई पैसा तिरेर बिस्तारै उकालो लाग्छु । भावनाका तरङ्गहरू मेरो मनमा समुद्रमा छाल उठेझैँ उठन थाल्छ र मेरो मनले कविता बुन्न थाल्छ–
दशरथपुत्र लक्ष्मण,
वनवास भए रामलाई
ऊ स्वेच्छाले वन गए
चौध वर्ष घरबाहिर बिताए
आर्दश अनुज भए ।
उर्मिलाको के ?
ऊ घरै बसिन्
जुन पतिले एक वचन नसोधी
उनीलाई छाडेर वन हिँडे
उसकै नामको माला जपिन्
पति हुँदाहुँदै
बिधवाको जीवन व्यतीत गरिन् ।
राजकुमार सिद्धार्थ
घर छाडी भागे, ठूला मान्छे भए
घर, छोरा, पत्नी त्यागे
भगवान बुद्ध भए ।
यशोधराको के ?
ऊ त आमा थिइन्
उनीलाई हुर्काउन थियो राहुललाई
ऊ घरै बसिन्
पतिव्रत धर्मको पालना गरिन् ।
मोहनदास करमचन्द
विदेश गए, वकालत पढे,
सत्य अहिंसाका लागि लडे
हिन्दुस्तानका बापू भए
कस्तूरबाको के ?
ऊ घरै बसिन्,
खाना पकाइन्, कपडा सफा गरिन्
छोराछोरी हुर्काइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










