
साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ् लघुकथा प्रतियोगिताको अठतीसौँ अङ्कमा लेख कार्कीकाे ‘खुल्ला दिसामुक्त’, विष्णु एस राईकाे ‘स्वतन्त्रता’ र पवित्राकुमारी महराकाे ‘छालाकाे रङ’ शीर्षकका लघुकथाहरू विजयी भएका छन् । विजयी तीन लघुकथाहरू विषयवस्तु, कथा चेत, नवीनता र सामाजिक सबै किसिमले उत्कृष्ट भएकाले साहित्यकार पवन आलोक, श्रीओम श्रेष्ठ रोदन र दीपक लोहनीको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।
“प्रतियोगितामा प्रतियोगीका रूपमा १४ वटा लघुकथा प्राप्त भएका थिए । ”, निर्णायकमध्येका श्रीओम श्रेष्ठ राेदनले भन्नुभयाे, “निर्णायकहरूकाे व्यक्तिगत मूल्याङ्कनपश्चात् सामूहिक छलफलबाट रहेक किसिमले उत्कृष्ट ठहरिएका लेख कार्की, विष्णु एस राई र पवित्राकुमारी महराका लघुकथाहरूलाई वियजी घाेषित गरिएकाे छ ।”
त्यस्तै एकपटक विजयी भइसकेपछि पुनः कथा पठाउँदा “अप्रतियोगी” लेखेर पठाउन पनि श्रेष्ठले अनुराेध गर्नुभएकाे छ । उहाँले भन्नुभयो, “एकपटक विजयी भइसक्नुभएका केही कथाकारहरूले पुनः प्रतियोगीकै रूपमा कथा पठाउनु भएकाे छ । जसका कारण अघिल्लाे साता निर्णायकमा समस्या पर्न गएकाे थियाे ।”
प्रतियोगिताका लागि जम्मा १४ वटा लघुकथाहरु प्रतियोगीका रूपमा प्राप्त भएका थिए । आफ्नो क्षेत्रमा स्थापित साहित्यकारहरुले पनि रचना पठाएकोमा आयोजक घोस्ट राइटिङ् नेपाल तथा संयोजक साहित्यपोस्ट दुवैले स्रष्टाहरूमा धन्यवाद ज्ञापन गरेका छन् ।
यसपटक छानिएका तीन लघुकथाका सर्जकहरुलाई कम्तिमा एक हजारबारबरका लघुकथाका सिद्धान्त एवं उत्कृष्ट लघुकथाका पुस्तकहरु पुरस्कार एवं सम्मानस्वरुप प्रदान गरिनेछ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।
हरेक साता छानिँदै गएका तीन तीनवटा लघुकथाहरुलाई ५० सातापछि पुस्तकका रुपमा प्रकाशन गर्ने तयारी घोस्ट राइटिङ् नेपालको रहेकाे छ । यसरी छानिएका लघुकथाहरुमध्ये पनि सर्वोकृष्ट तीनवटा लघुकथालाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार एवं केही थान आख्यानका पुस्तक उपहारस्वरुप प्रदान गरिनेछ ।
लघुकथा प्रतियोगिताकाे उनन्चालीसौँ चरण भाेलिबाट सुरू हुनेछ ।
पढ्नुहाेस् अठतीसौँ चरणका विजयी लघुकथाः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

लघुकथा प्रतियोगिताकाे सैँतीसौँ चरण: तारा श्रेष्ठकाे ‘आखिर भोट कसलाई ?’ विजयी

लघुकथा प्रतियोगिताकाे बत्तीसौँ चरण: ‘छोरीको सुरक्षा’, ‘संस्कृति’ र ‘माछेस्तम्भ र स्थानीय सरकार’ विजयी
