सामान्य चिनजानमा शंकरप्रसाद गैरे

पाठकवृन्द, लेखक शंकरप्रसाद गैरेलाई चिन्नुहुन्छ ? पहिलोचोटि मैले उनलाई ‘कृष्ण’ उपन्यासका लेखक भनेर चिनेको हुँ । त्यो घटना कहिलेको हो भन्ने तिथिमिति भने यकिन छैन मलाई । त्यसको निकैपछि हुनुपर्छ फेसबुकमा उनको फ्रेन्डरिक्वेस्ट आएको थियो । उनको प्रोफाइल हेरेर तुरुन्तै एसेप्ट गरिहालेँ । सामान्यतः म प्रोफाइल लक गर्नेलाई साथीका रूपमा एसेप्ट गर्दिनँ । कोही ढोकामा भित्रबाट ताला लगाएर पाहुना बोलाउँछ र ? अझ के थाहा त्यो व्यक्ति ऊ स्वयम् नभएर फेक पो हो कि ? अनि पाठकवृन्द, तपाईचाहिँ यस्तोमा के गर्नुहुन्छ नि ?

म अलिक बहकिएँ, हो, म शंकरप्रसाद गैरेको कुरा गर्दै थिएँ । फेसबुकमा साथी बनेपछि हो हाम्रो भर्चुअल चिनजान भएको । उनीसँग पहिलो भौतिक भेट शायद सम्पूर्ण किताब नारायणगढमा भएको हुनुपर्छ । त्यसपछि चितवनभित्र र चितवनबाहिर गरी तीन चारचोटि भेटियौँ होला हामी । त्यतिको भेटमै हाम्रो मित्रता काम चलाउ खालको छ भन्दा हुन्छ । पाठककवृन्द, सबैसँग गाढा मित्रता कहाँ हुन्छ र ? हैन त ?

कर्णलाई नायक बनाएका केही नेपाली कृतिका कुरा

पाठकवृन्द, यहाँले ‘महाभारत’ पढ्नुभएको छ ? यदि पढ्नुभएको भए यहाँले पक्कै महसूस गर्नुभयो होला, यो पूर्वीय वाङ्मयको विशद ग्रन्थ हो, हैन त ? त्यसो त महाभारतमा यति धेरै पात्र छन्, तिनको गणना गर्दा नै अर्को ग्रन्थ बन्नसक्छ । यसमा अन्य ग्रन्थका तुलना कथावस्तु र नायकको सङ्ख्या पनि अधिक छ । त्यस्तै नायकको भूमिकामा देखिने पात्र हो कर्ण । उसका बारेमा मैले नेपालीमा पहिलोचोटि पढेको उपन्यास हो राजेश्वर देवकोटाको ‘द्वन्द्वको अवसान’ । त्यसो त उपन्यास मात्र नभएर नवराज लम्सालको ‘कर्ण’ महाकाव्य पनि त पढियो नि ।

पाठकवृन्द, यहाँले ‘सूतपुत्र’ उपन्यास पढ्नुभयो त ? यदि पढ्नुभएको भए त पक्कै थाहा पाउनुभयो होला कि यो कृति अरुभन्दा फरक छ । यसमा उपन्यासकार शंकरप्रसाद गैरेले जातीय दलनको मुद्दालाई विशेष बनाएका छन् । यसमा आएका पात्रहरू पनि महाभारतमा भन्दा फरक छन् । उनीहरूको आनीबानी पनि फरक छ ।

सूतपुत्रउपन्यासको छोटो चिनारी

पाठकवृन्द, आज यहाँ परिचर्चा गर्न लागिएको ‘सूतपुत्र’ उपन्यासका सर्जक शंकरप्रसाद गैरे हुन् । यसको प्रकाशक बुकहिल पब्लिकेसन्स हो । शीर्षकसहितको जम्मा तेह्र खण्डमा विभक्त यो उपन्यासले कूल २५४ पृष्ठको आयाम बोकेको छ भने यसको मूलखण्डमा जम्मा २४९ पृष्ठ रहेको छ । प्रकाशकले यसको मूल्य रु. ६००।– राखेको छ । मूल्य सुहाउँदो छ कि छैन ? पछि चर्चा गरौँला है ?

पाठकगण, कुनै कृति पढ्दा यहाँ के कसरी गर्नुहुन्छ ? सिधै कृतिमा पस्नुहुन्छ कि ? भूमिका वा आवरणमा भएका सूचना पनि पढ्नुहुन्छ कि ? मचाहिँ थप सूचना लिएपछि कृतिभित्र पस्न मन पराउँछु । यो उपन्यासमा प्रकाशकद्वारा यसको पछाडिपट्टिको आवरणमा यस्तो लेखेर छापिएको छ :

महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिकसामाजिक उपन्यास हो – ‘सूतपुत्र

महाभारतका महान् योद्धा कर्णलाई नायक बनाइएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक मार्मिक चित्रण गरेको

जातीय विभेदलाई मुख्य विषयवस्तु बनाइएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँशहरको विम्बलाई प्रस्तुत गरेको ” (गैरै, २०८२ : आवरण)

पाठकवृन्द, यति कुरा भनेपछि त ‘सूतपुत्र’ उपन्यासको सामान्य चिनारी पुग्यो होला नि ? नपुगेको भए आउनुस् बसेर गफ गरौँ । के के थप्नुपर्छ थप्दै गरौँला हुन्न त ?

सूतपुत्रउपन्यासको आख्यानतन्तु

पाठकवृन्द, यहाँलाई थाहा छ ? ‘सूतपुत्र’ उपन्यास पौराणिक विषयवस्तुमा आधारित उपन्यास हो नि ! अझ यसलाई पौराणिक कथालाई समकालीन समाजको रङमा घोलेर तयार पारिएको सामाजिक उपन्यास हो भन्दा पनि फरक पर्दैन । यसमा कर्णलाई नायक बनाइएको छ । महाभारतमा भएको घटनाको विमिथकीकरण गरेर प्रस्तुत गरिएको छ । आफ्नो कथा आफैँले लेखेको देखाएर यो उपन्यासभित्र कर्णलाई दानवीर, युद्धवीर, धर्मवीर मात्र नभएर कलमवीरका रूपमा पनि उतारिएको छ । यसभित्र महाभारतको युद्धको कथाभन्दा पनि त्योभन्दा अघिको कर्णले गरेका सङ्घर्षका कथाहरू उनिएको छ । आफू शूद्र जातिको भएका कारण कर्णले जीवनमा भोग्नुपरेका यावत् दुःख र पीडाको फेहरिस्त हो, ‘सूतपुत्र’ उपन्यास ।

गैरे एउटा आख्यानकार मात्र नभएर कुशल समालोचक पनि हुन् । ती कुरा उनका समालोचनाले बताउँछन् । पाठकवृन्द, त्यसका लागि अन्त गइराख्नु पर्दैन, उनको यसै उपन्यासको अन्त्यमा रहेको ‘अब यत्ति भन्छु !’ शीर्षकको लेखकीय अभिमतका यी हरफहरू पढे पुग्छ :

कर्ण राजकुमारीका गर्भमा हुर्किए हस्तिनापुरजस्तो शक्तिशाली राज्यको सान्निध्य पाए अङ्गदेशको राजा नै भए परन्तु अर्कातिरबाट हेर्दा उनको जीवन सधैँ अपमान तिरस्कार सहेर बित्यो राजकुमारीका गर्भमा हुर्किए पनि नाजायज सन्तानका रूपमा नदीमा बगाइनु, बग्दै गरेको अवस्थामा दलित जातिको हात लाग्नु उनीहरूको सन्तानको रूपमा पालिनु कर्णको जीवनका दुःखद पक्ष हुन्

उनलाई बाल्यकालमा आफ्नै समाजले दलित भनेर अपमान गरिह्यो दलित भएकैले द्रोणाचार्यको गुरुकुलमा प्रवेश पाएनन् परशुरामसँग सत्य लुकाएर शिक्षा लिनुपर्यो दलित भनेरै दीक्षान्तमा सहभागी हुन दिइएन सर्वश्रेष्ठ धनुर्धर भए पनि स्वयंवरमा द्रौपदीबाट तिरस्कृत हुनुपर्‍यो दुर्योधनले समेत शूद्र भन्ने अपमानबोधक व्यवहार गरे शूद्र भनेरै भीष्मले युद्धमा सहभागी हुनबाट वञ्चित गरे

कर्णजस्तो शक्तिशाली व्यक्तिले आफ्नै समाजमा अपमानित जीवन बाँच्नुपर्‍यो जितेन, लाक्षा, ठूला, मञ्झिकाजस्ता असङ्ख्य पात्रहरू आज पनि समाजमा दिनप्रतिदिन जातीय विभेदको शिकार भएका छन् आर्थिक शोषण, शारीरिक तथा यौन शोषण, सामाजिक विभेद, शैक्षिक आदि क्षेत्रमा विभेदको शिकार भैरहेका छन् यही कुरा उपन्यासले प्रस्तुत गरेको

यो उपन्यास त्यस्तो पुरानो ऐना हो, जसले जातीय विभेदग्रस्त वर्तमान समाज देखाउँछ आफूलाई उच्च कुलीन भन्नेहरू भित्रभित्र कतिसम्म पतित छन्, उनीहरू स्वार्थकार निम्ति आफ्ना मूल्यमान्यताहरूलाई कसरी तिलाञ्जलि दिन सक्छन् भन्ने कुरा यस उपन्यासले देखाउँछ भन्ने मेरो विश्वास ” (गैरै, २०८२ : २५१२५२)

पाठकवृन्द, लेखक स्वयम्ले आफ्नो कृतिका बारेमा गरेको यति सुन्दर र स्पष्ट टिप्पणीपछि मैले केही कुरा थप्नुपर्छ र ? थप्नुपर्ने भए भन्नुहोला है । मैले ज्यादा बोल्दा यहाँलाई दिक्क पनि त लाग्ला नि, हैन र ?

सूतपुत्रउपन्यासमा चित्रित समाजमा महाभारतकालको छनक

पाठकगण, ‘सूतपुत्र’ उपन्यासको आख्यानको मूल स्रोत महाभारतकालीन समाज हो । त्यसमा पनि कर्णले भोगेको बाल्यकाल र युवाअवस्थामा गरेका सङ्घर्ष नै यसको मूल कथ्य हो । यसरी महाभारतकालीन नायकको चित्रण गरेपछि यसमा महाभारतकालीन समाज नै आउनुपर्छ नि हैन त ?  यस उपन्यासमा आएको एउटा सन्दर्भ हेरौँ है त :

केही क्षणमा खाल्टा खन्नेहरूले आफ्नो काम सम्पन्न गरे खाल्टोमा दुईवटा खाँबा गाडे खाँबामा एउटा बलो तेर्सो पारेर बाँधे त्यसपछि युवकलाई नाङ्गो पारेर त्यही बलोमा बाँधिदिए अर्कोले एक सुराही पानी ल्याएर उसको टाउकोबाट खन्याइदियो त्यो चिसो सिरेटोमा खुला मैदानमा त्यसप्रकारको यातना किन दिएको होला ? त्यसले के अपराध गर्‍यो होला ? मेरो मनमा यही प्रश्न उठिरहेको थियो

एक ब्राह्मण आएर भने, “यस अपराधीलाई तीन दिनसम्म यसैगरी दिनभर यहीँ बाँधिनेछ साँझ सूर्यास्तपछि यसको बाबु आएर लैजानेछ यदि यसलाई कसैले सहयोग गर्न खोज्यो भने उसले पनि यातना पाउनेछ ” (गैरै, २०८२ : २९)

माथिको साक्ष्यमा आएको घटना काल्पनिक भए पनि महाभारतकालीन देखिन्छ भने यसमा प्रयोग भएको संवाद भने हिजोआजको जस्तो लाग्छ । यसमा उत्तरवैदिक कालका शब्दहरू छैनन् । त्यस्तै संवादमा प्रयोग भएको शैली पनि यतिबेला जस्तो देखिन्छ । त्यस्तै अर्को सन्दर्भ पनि हेरौँ न त :

दुर्योधन आफ्नो ठाउँबाट उठे उनले सभालाई सम्बोधन गरे कृष्णतिर हेरेर भने, “महाराज, केही दिनदेखि द्वारकाधीश हस्तिनापुरमा हुनुहुन्छ उहाँलाई लागेको , हामी कौरवहरू पाण्डवहरूबीच वैमनस्य हामी एक ठाउँ बस्न सक्दैनौँ त्यसकारण उहाँ हाम्रो मेल गराउन प्रयत्नरत हुनुहुन्छ उहाँसँग त्यस्तो के योजना , त्यो उहाँ स्वयम् प्रस्तुत गर्नुहोला दुर्योधनको अभिव्यक्तिमा कृष्णप्रति पर्याप्त तिरस्कार, व्यङ्ग्य असन्तुष्टि थियो तर कृष्ण उनका कुरा सुनेर मुस्कुराइरहेका थिए कसरी सहन सक्छन् कृष्ण ? अचम्मित भएको थिएँ ” (गैरै, २०८२ : २२२)

माथिको दोस्रो साक्ष्यमा प्रयोग भएको घटना पूर्णतः महाभारतको कथासँग मेल खान्छ । यसमा प्रयोग भएको भाषा र शैली भने हिजोआजकै जस्तो छ । संवादमा पनि त्यतिबेलाको छनक पाइँदैन । यी त केही साक्ष्य भए । यस्ता साक्ष्य उपन्यासमा प्रशस्त छन् । सबाल्टर्नमैत्री बनाउने ध्येयमा उपन्यासकारले पौराणिक उपन्यासलाई पनि सामाजिक बनाउन पुगेका छन् । यसर्थ यो सूतपुत्र उपन्यासमा महाभारतकालीन समाजको छनक पाइँदैन भन्ने निष्कर्षमा पुगेँ म त । आफ्नो मौलिक धारणा बनाउनका लागि एक पटक कृति पढ्नुहोस् है त पाठकवृन्द ?

सूतपुत्रउपन्यासमा सीमान्तीयता

पाठकवृन्द, खासमा सबाल्टर्न भनेको समाजमा विविध कुराले पछाडि पारिएको वर्ग हो । यसको बारेमा गायत्री चक्रवर्ती स्पिभाकले क्यान सबाल्टर्न स्पिक ? भनेर पहिलो पटक बहस थालेकी हुन् । यसका बारेमा विभिन्न विद्वान्हरूले चर्चा गरेका छन् । ती चर्चाहरू राख्दा लामो होला नि हैन त ? यहाँ केही त प्रकाश पार्नै पर्ला । यसका लागि मैले वरिष्ठ नेपाली समालोचक मोहनराज शर्माका भनाइ साभार गरेको छु । उनले सबाल्टर्न वर्गको प्रतिनिधित्वको सामार्थ्य र उनीहरूको प्रतिरोधी क्षमताका विषयमा ‘भृकुटी’ पत्रिकामा लेखेका छन् :

गायत्री चक्रवर्ती स्पिभाकले के अबरजन बोल्न सक्छन् भन्ने प्रश्न उठाएकी छिन् यस प्रश्नको उत्तर पनि उनले नै दिएकी छिन् उनका विचारमा अवरजन आफ्ना निम्ति आफैँ बोल्न सक्दैनन् तसर्थ बौद्धिक वर्गले तिनका लागि बोलिदिनु पर्छ भन्ने उनको मान्यता रहेको त्यसो अबरजन आफ्ना दुःख सुख व्यक्त गर्न सक्दैनन् भन्ने होइन तर त्यस्ता अभिव्यक्तिको स्वर ज्यादै मसिनो भएकाले नसुनिएर आफैँ दबिन्छ वा अरु कसैले नसुनोस् भनेर शक्तिशालीद्वारा दबाइन्छ ” (शर्मा, २०७० : ३१८)

सबाल्टर्नको चर्चा गर्दै आफ्नो उपन्यासमा यसको प्रयोग कसरी भएको छ भन्ने पुष्टि गर्ने गरी ‘सूतपुत्र’ उपन्यासमा ‘अब यत्ति भन्छु !’ शीर्षकको लेखकीयमा उपन्यासकार गैरै यस्तो लेख्छन् :

साहित्यमा पहिलेदेखि उपेक्षित रहेको पछिल्लो समयमा मात्र मूलधारका कृतिमा समेटिन थालेको पिछडिएको वर्गको केन्द्रीयतालाई सबाल्टर्न भनिन्छ यसलाई नेपालीमा सीमान्तीय लेखन भनिन्छ महाभारतको काथामा त्यस्ता थुप्रै पात्रहरू देखिन्छन्, जसलाई यस कोणबाट पुनर्लेखन गर्न सकिन्छ तीमध्ये कर्ण एउटा त्यस्तो पात्र हो, जो राजनीतिको केन्द्रमा रहेर पनि सधैँ दलित भनेर अपमानित भइरह्यो ” (गैरै, २०८२ : २५१)

पाठकवृन्द, म यहाँ ‘सूतपुत्र’ उपन्यासभित्र नायक कर्णलाई हेरेर सबाल्टर्नका लागि के कस्ता सन्दर्भ दिइएको छ ? चर्चा गर्नका लागि केही साक्ष्य लिँदै छु । उपन्यासको दोस्रो खण्डको शुरुमै आएको एउटा सन्दर्भ जहाँबाट कथाको उठान भएको छ, त्यसलाई एक पटक हेरौँ है :

दिनभर सँगै खेलेको छिमेकी साथी गजाधरलाई मैले त्यस दिन धेरैपटक पराजित गरिदिएको थिएँ त्यही पराजयको आह्रिसमा उसले साँझइनारको पानी छोइस् ?’ भनेर मलाई एक धक्का लगायो इनारको चिप्लो ढुङ्गामा उभिएको हिलोमा पछारिन पुगेँ मलाई रिस उठ्यो मैले उसलाई समातेर त्यही हिलोमा पछारिदिएँ पख् ! अछूत भएर ब्राह्मणको छोरामाथि हात हालेको फल तँलाई देखाउँछु , र्यालसिँगान हुँदै रोइरहेको थियो घरतिर जाँदै यसो भनिरहेको थियो

मैले उसको कुराको वास्तै गरिनँ आफ्नो शरीरमा लागेको हिलो पखालेर घरतिर लागेँ घर पुग्दा माता आँगनमै हुनुहुन्थ्यो मलाई देखेर सोध्नुभयो, ‘अरे कर्ण ! तिमी भिजेर आएका छौ ! के भयो ?’

मातापितालाई कुनै कुरा लुकाउँदिनथेँ सबै बताइदिएँ झूटो बोल्दिनँ भन्ने मातापितालाई विश्वास थियो तर आज मैले जुन काण्ड मच्चाएको थिएँ, त्यो ब्राह्मण समाजको निम्ति असह्य थियो ” (गैरै, २०८२ : १९)

माथिको साक्ष्यमा आफूलाई शूद्र ठान्ने कर्णले ब्राह्मणको छोरालाई हिलोमा पछारिदिएको कुरा आएको छ । यस्तो कुरा सबाल्टर्न पात्रले गर्नै सक्दैन, अझ त्यसमा पनि जातीय विभेदको चरम रूप भएको महाभारतकालीन समाजमा कसरी सम्भव छ ? त्यस्तै गरी सोही घटनासँग सम्बन्धित अर्को उद्धरण हेरौँ है त :

माताले भन्नुभयो, “ब्राह्मणदेव कर्णको भनाइअनुसार हजुरको छोराले पहिला हातपात गरेको हो पनि शूद्र भएको नाताले हजुरसँग क्षमा माग्छु माताले बिना कसुर क्षमा मागेको मलाई पटक्कै चित्र बुझेन शशिधरले औँला उठाएरभनिदिएको छु राधा ! तेरो छोरो भएर मात्रै; नत्र ! आइन्दा सम्झाएस् !” भन्दै घरतिर लागे ” (गैरै, २०८२ : २०)

माथिको दोस्रो साक्ष्यमा आफ्नो छोरालाई शूद्र कर्णले हिलोमा पछारेका कारण रिसाएर आएको शशिधर ब्राह्मण कर्णकी माता राधाले माफी मागेका भरमा माफी दिएर फर्केको कुरा गरिएको छ । यो त झन् सबाल्टर्नमैत्री घटना हुँदै होइन । त्यस्तै ‘सूतपुत्र’ उपन्यासको अन्तिम खण्डमा आएको कर्णसँग सम्बन्धित यो सन्दर्भ हेरौँ है :

कर्णको निधनपश्चात् कृष्णले पाण्वहरूलाई भने, “जीवनभर शूद्र हुनुको अपमान सहने; सूतपुत्रका रुपमा अपमानित हुने कर्ण एक क्षत्रीय मात्र होइनन्, एक महान् क्षत्रीय हुन् त्यति मात्र होइन, उनी तिमीहरूका दाजु हुन् तिमीहरूको मनमा अहिले यही प्रश्न , ‘थाहा पाएर पनि यो कुरा किन गोप्य राखियो ?’ हो, तिमीहरूको न्यायका लागि युद्ध आवश्यक थियो युद्धका निम्ति यो कुरा गोप्य रहनु अति आवश्यक थियो बस्, तिमीहरू अहिले यत्ति बुझ ” (गैरै, २०८२ : २४९)

माथिको तेस्रो साक्ष्यमा त कर्णलाई एक महान् क्षत्रीय भनिएको छ । महान् क्षत्रीय भनिए पछि ऊ कसरी सबाल्टर्न भयो । ऊ लिङ्गले पुरुष, जातले क्षत्रीय, कार्यले अङ्देशको राजा, पेशाले योद्धा, सम्पत्तिका हिसाबले धनी र दानवीर पनि भएका कारण उसमा सबाल्टर्नका कुनै गुण देखिँदैन । बरु छोटो भूमिकामा देखिने जितेन, लाक्षा, ठूलाहरू सबाल्टर्न हुन् । माला कर्णकी पत्नी भएर रानी बनेकी छे भने मञ्झिका शुरुमा सबाल्टर्न भए पनि शशिधरले आफ्नै घरमा चोरी भएको नाटक गरेर सारा गरगहना उसलाई दिएपछि उसको जीवन सुख सयलमा बितेको देखाइएको छ । सम्पन्नतामा बाँचेपछि उसलाई पनि कसरी सबाल्टर्न पात्र मान्ने ?

उपन्यासकार गैरेलाई केही प्रश्न

पाठकवृन्द, माथिल्लो उपशीर्षकमा मैले ‘सूतपुत्र’ उपन्यासका पात्रका बारेमा यति धेरै चर्चा किन गरेँ होला त ? यसको पुष्टि गर्दै छु म । मलाई थाहा छ, सबाल्टर्न नेपालीमा आयातित साहित्य सिद्धान्त हो, म यसका बारेमा प्रस्ट छु । खासमा सबाल्टर्न पात्र समाजमा पूर्णतः हेपिएको हुन्छ, आफू हेपिएको कुरा ऊ आफैँ बोल्न, लेख्न वा अभिव्यक्त गर्न सक्तैन । उसका बारेमा लेखक आफैँले वा अरु कसैका माध्यमबाट बोलिदिनुपर्छ । तर यो उपन्यासमा नायक कर्ण आफैँ बोलेको छ । यदि ऊ सबाल्टर्न नै भएको भए के त्यस्तो सम्भव हुन्थ्यो ? यो कुरालाई लिएर लेखकसँग मेरा यी जिज्ञासाहरू छन् :

. के कर्ण महाराज धृतराष्ट्रका सारथि अधिरथका पुत्र नभएका भए त्यति निडर हुन सक्थे ?

. साना साना कुरामा शूद्रलाई दण्डित गर्ने ब्राह्मण समाजमा कर्णलाई शशिधरले किन कार्वाही गरेन ?

. के कर्ण त्यति शूरवीर हुनु सबाल्टर्न हुनुको द्योतक हो ?

. के कर्णले साँच्चैको सबाल्टर्न जीवन बाँचे ?

. साँच्चै, के सबाल्टर्नले नायकत्वको भूमिका निभाउन सक्छ ?

शंकरजी, यी प्रश्नको उत्तर अहिल्यै तात्तातै दिनुपर्छ भन्ने केही छैन । कुनै माध्यमबाट मसम्म आइपुगे हुन्छ । मनमा लागेको कुरा राखेको क्या । फेरि विद्वता छाँट्योचाहिँ नभन्नुहोला नि ।

जाँदाजाँदै केही शब्द

पाठकवृन्द, म महाभारतको ज्ञाता होइन । महाभारत छिचोल्नु मेरो वशको कुरा पनि होइन । म यसका बारेमा बुझ्नुपर्दा अन्य स्रोतको खोजी गर्छु । आजको भरपर्दो स्रोत गुगल भन्छ, “कर्णका दुई पत्नी थिए व्रुशाली र सुप्रिया । कतैकतै उनकी अर्की पत्नी पद्मावतीको पनि चर्चा पाइन्छ । उनका जम्मा नौभाइ छोराहरू थिए ।” मैले कर्णकी पत्नी भनेर कतै पनि मालाको नाम पढिनँ । त्यसैले पुराण र इतिहासबाट कथावस्तु लिएर पुनःसिर्जना गर्दा मुख्य पात्रको परिवारका बारेमा लेख्दा सोच्नु पर्छ कि पर्दैन ? अब बाँकी रह्यो लोकसाहित्यको कुरा । मैले लोकरामायण वा लोकमहाभारत पढेको वा सुनेको छैन । यदि तिनमा मालाको चर्चा हुन्छ भने म त्यसको सम्मान गर्छु । बाँकी अन्य पात्रका बारेमा भने म सन्तुष्ट छु । यत्तिको कल्पना नभए त नयाँ किताब किन पढ्नु र ?  हैन त पाठकवृन्द ?

अन्त्यमा नवीनतम कृतिका लागि उपन्यासकार गैरेलाई धेरै धेरै बधाई छ । उनको यो उपन्यासको अपार सफलताको शुभकामना पनि छ । मेरो भनाइ सक्नुअघि उपन्यासकारलाई एउटा सुझाउ छ, यदि तपाईं सबाल्टर्नमै काम गर्ने हो भने पात्रचयन पनि त्यस्तै गर्नुस् । शक्तिशाली नायक होइन, कमजोर पात्रको जीवन उतार्नुस् । तपाईं कृष्ण र कर्णमा त गइहाल्नुभयो । यदि महाभारतमा एकोहोरिएर लाग्ने हो भने अब जीवनभर शूद्रकै रूपमा बाँच्ने अधिरथको कथा लेख्नुस् । उसले जीवनमा गरेका सङ्घर्षलाई उतार्नुस् । निषधबाट ऊ कसरी हस्तिानपुर दरबारमा पुग्यो ? उसले दरबारमा के कस्ता पीडा र यातना भोग्यो ? त्यसका बारेमा बताउनुस् । तपाईंको भाषा जादुमयी छ, पढिदिने हामी छँदै छौँ । छापिदिने त पक्कै होलान् । यहाँको जय होस् ।

सान्दर्भिका

गैरै, शंकरप्रसाद (२०८२), सूतपुत्र, काठमाडौँ : बुकहिल पब्लिकेसन्स प्रा.लि.

प्रभात, रमेश (२०७३), सेतो धरती उपन्यासमा सबाल्टर्न, अप्रकाशित लघुअनुसन्धान, भरतपुर : अनुसन्धान समिति वीरेन्द्र बहुमुखी क्याम्पस

शर्मा, मोहनराज (२०७०), “अवरजन अध्ययन साहित्य, भृकुटी, भाग १९, पृ. ३१४३२५