साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

रूमीका कथाः शृङ्खला ३ः मूर्खदेखि सावधान

Chovar Blues Mobile Size
रूमी

रूमी अर्थात् मौलाना मोहम्मद जलालुद्दीनको जन्म ३० सेप्टेम्बर सन् १२०७ मा फारस सम्राज्य ( वर्तमानमा अफगानिस्तान) मा भएको थियो । न्यायवादी, इस्लामी विद्वान, धर्मविज्ञानी, सुफी सन्त र कविका रुपमा उनको परिचय स्थापित छ । उनले सुफी परम्परामा नर्तक साधुहरु (गिर्दानी दरवेसहरू) को परम्परालाई सम्वर्धन गरे । रूमी रात-दिन मानिसलाई उपदेश दिएर समय बिताउँथे । यसै क्रममा उनको भेट विख्यात सन्त “शम्स तबरेज”सँग भयो । रुमीलाई उनै तरबेजले अध्यात्म-विद्याको शिक्षा दिए । उनीसँगको भेटपछि रूमी आत्मचिन्तन र साधनामा समय बिताउन थाले । शम्स तबरेजसँगको संगतपछि रूमीले उपदेश दिने, घोषणा गर्ने र पढने-पढाउने काम बन्द गरे । रूमीका समर्थकले शम्स तबरेजले गर्दा रुमीको यो हालत भएको भनेर शम्सको हत्या गरिदिए । यस घटनाले रूमीको जीवनमा निकै गहिरो प्रभाव पार्‍यो । यसपछि उनी विरक्तिए र एकान्तबास रोज्न थाले ।

उनको लेखनमा ईश्वर र प्रेमको सुगन्ध हुन्छ । उनका रचनाले सात सय वर्ष कटाइसकेका भए पनि हिजोआज खोजीखोजी पढिन्छ । उनले कविता मात्र होइन, हाल नेपालमा लेखिने लघुकथा शैलीका धेरै कथा लेखेका छन् । उनका कथामा कुनै पनि आध्यात्मिक चेतनालाई सटिक कलाले लेपन गरिएको हुन्छ । उनका केही कथाहरूलाई नेपालीमा अनुवाद गरेर शृङ्खलाबद्ध रूपमा साहित्यपोस्टमा प्रकाशन गरिँदैछ ।

 

मूर्खदेखि सावधान

हजरत ईसा एकचोटि पहाडतर्फ यसरी दौडिरहेका थिए कि कुनै सिंहले उनलाई आक्रमण गर्न लखेटिरहेको होस् ।

एउटा मानिस पनि उनको पछिपछि दौडिदै आएर सोध्यो, “के भयो ? सब ठीक त छ, तपाईंको पछाडि त कोही देखिदैन । तैपनि किन यसरी पक्षीजस्तै उड्दै भाग्नु भएको ?”

sagarmani mobile size

तर ईशा यस्तो हतारमा थिए कि कुनै जवाफ दिएनन् । केही परसम्म त्यो मान्छे ईशाको पछिपछि दौडिएर निकै ठूलो अवाजमा भने, “भगवान्को लागि खातिर मलाई पर्खिनोस् । यो भागदौडले म निकै समस्यामा परे । तपाईंको पछाडि न सिंह छ, न त दुश्मन नै ।”

हजरत ईसाले भने, “तिमीले सही भन्दैछौ । म त एउटा मुर्ख मनुष्यदेखि भाग्दैछु ।”

उसले भन्यो, “के तपाईं त्यही चमत्कारी महिसा हैन, जसका कृपाले दृष्टिविहीनले आँखा देख्छन् र बहिराले कान सुन्न थाल्छ्न् ?”

ईसाले भने, “हो ।”

उसले सोध्यो, “के तिमी त्यही सम्राट होइन, जोसँग यस्तो शक्ति छ कि यदि मुर्दामाथl मन्त्र पढ्यो भने पनि त्यो मुर्दा समातेर राखेको सिंहजस्तै उठ्न थाल्छ ?”

ईसाले भने, “हो, म त्यही हो ।”

उसले सोध्यो, “के तपाईं त्यही होइन, जसले माटोको पक्षी बनाएर मन्त्र पढ्यो भने त्यही समय चरा हावामा उड्न थाल्छ ?”

ईसाले भने, “हो, एकदमै हो ।”

जनक कार्की

त्यसपछि उसले निवेदनको भावमा भन्यो, “ए ! पवित्र आत्मा ! तपाईं जे चाह्यो त्यही गर्न सक्नुहुन्छ भने तपाईंलाई केको डर त ? किन यसरी दौडिरहनु भएको ?”

हजरत ईसाले भने, “ईश्वरको कसम, जसले जीवको सृष्टि गर्छन्, जसको प्रतिस्पर्धा गर्न आकाश पनि असफल हुन्छ, जब ईश्वरको पवित्र नाम जपेर मैले बहिरा र अन्धोलाई मन्त्र पढेँ, तिनीहरू ठीक भए, पहाडमा चढ्दा टुक्राटुक्रा भयो, मृत शरीरमा पढ्दा जीवित भए तर जब मैले पूरै श्रद्धाका साथमा त्यही पवित्र नाम मूर्ख व्यक्तिमाथि पढेँ, लाखौँ पटक पढेँ अपसोस, कुनै लाभ भएन ।”

त्यो मान्छेले आश्चर्य भएर सोध्यो, “हजरत, यो कसरी भयो ? जुन ईश्वरको नामले उता फाइदा गर्‍यो, मुर्खलाई चाहिँ फाइदा गरेन ? कसरी हुनसक्छ ? जबकि त्यो पनि एउटा रोग हो र यो पनि रोग नै हो । फेरि के कारणले सृष्टिकर्ताको पवित्र नामले यता र उता समान रुपमा असरकारक भएन ?

हजरत ईसाले भने, “मुर्खताको रोग ईश्वरले दिएको दण्ड हो । अन्धोपन कुनै दण्ड होइन । परीक्षाको लागि दिएको रोग हो, जसमा दया पलाउँछ तर मुर्खता यस्तो रोग हो, जसले मनमा ईर्ष्या गराउँछ ।

मूल कथा : रूमी
अनुवाद : जनक कार्की

प्रतिक्रिया
Loading...