९
मृत्युका प्रचारकहरू
यहाँ मृत्युका प्रचारकहरू छन्: पृथ्वी तिनै प्रचारकहरूले खचाखच भरिएको छ, जसलाई जीवनको प्रतिरोध गर्नुछ । मृत्युको प्रचार गर्नुछ ।
पृथ्वी अनावश्यक चीजको पोकाले भरिएको छ । पूरै भरिएको छ । धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-धेरै-जीवनद्वारा भरिएको छ । उनीहरू यो अनन्त जीवनबाट बहिष्कृत भएर जाउन् ।
मृत्युका प्रचारकहरू, जसलाई पहेँलो वा कालो रङ्गले चिनाइएको छ । अब उनीहरूलाई अरू रङ्गमा के कस्तो जीवन देखिन्छ, त्यो देखाउनेछु ।
यहाँ निकै डरलाग्दा मानिसहरू छन्, जो हिंस्रक प्राणीलाई आफ्नो काँधमा बोकेर हिँड्छन् । उनीहरूसँग लोभ या टुटेको हृदय बाहेक अरू केही हुन्न । उनीहरूका अभिलाषा समेत ठाउँ ठाउँमा टुटेकै हुन्छन् ।
उनीहरू अझै पनि मान्छे बन्न सकेका छैनन् । ती साँच्चैका डरलाग्दा प्राणी हुन् । उनीहरू जीवनको विरोध गर्छन् । अन्ततः थाहै नपाइ मरेर जान्छन् !
यहाँ केही यस्ता आध्यात्मिकहरू छन्, जसले जीवनको अन्तिम क्षेणमा शायदै जन्मने सौभाग्य पाउँछन् । कोमलता र त्यागको नियम जान्न लालायित हुन्छन् ।
उनीहरू बेहोश हुनेछन्, अन्ततः हामीले उनीहरूको इच्छालाई स्वीकार्नैपर्छ । अरू त त्यस्तै, ती मृतकहरूलाई जगाउँदा जीवित लाशहरूलाई हानि नहोस् भन्नेमा चाहिँ होसियार हुनैपर्छ ।
पीडित र बूढो मानिस हुँदै उनीहरूले एउटा लाश भेट्छन्, त्यसपछि तुरुन्तै भन्नेछन्, “स्वीकार्न नसकिने चीज नै जीवन हो ।”
उनीहरू विभाजित भएका छन् । उनीहरूको आँखा, जसले अस्तित्वको एक पक्ष बाहेक अर्थोक देख्दैन ।
उनीहरूको आँखा उदासीनताले ढाकिएको हुन्छ । तसर्थ, मृत्युले निम्त्याउने सामान्य क्षतिसँग खुबै डराउँछन् । सकी नसकी त्यो क्षतिलाई पर्खन्छन्, अन्ततः दाह्रा किट्छन् र रिसाउँछन् ।
यो नसक्नेले मिठाई किन्छन्, त्यसलाई खेलाउँछन् र बाल्यकालको खिल्ली उडाउँछन् । त्यसलाई पुनः आफ्नो जीवनको परालमा टाँस्छन्, ढिला नगरी फेरि खिल्ली उडाउँछन् ।
उनीहरूको मन यसरी बोल्छ, “जो सधैँ जीवित रहन्छ त्यो मूर्ख हो, तैपनि अहिलेसम्मका मुर्ख हामी नै हौँ ! यो नै हाम्रो जीवनको सबैभन्दा व्यर्थ चीज हो !”
“जीवन भनेकै दुःख हो,” यो कुरा अरूलाई भन तर झूटो नबोल । त्यसपछि एकछिन विचार गर, या ध्यान दिएर हेर कि जीवन कसरी बन्द हुने प्रक्रियामा जाँदै छ । जुन कुरा वास्तवमै दुःख हो !
अन्ततः यही कुरा तिम्रो सद्गुणको शिक्षा होस्, जसको सहायताले आफ्नो हत्या आफैँ गर्नेछौँ ! आफूलाई आफैँले लुट्नेछौ !”
मृत्युको प्रचार गर्नेमध्ये कोही भन्छन्, “कामना पाप हो, हामी अलग बाटो हिँडौँ । कुनै सन्तान नजन्माऔँ ।”
केही भन्छन्, “जन्म दिन निकै गाह्रो छ, अनावश्यक सन्तान जन्माउने किन ? त्यही भएको एउटाले त दुर्भाग्य बोकी हिँडेको छ !” आखिर तिनीहरू पनि मृत्युकै प्रचारक न हुन् ।
तेस्रो पक्षले भन्यो, “प्रेम आवश्यक छ, मसँग जे छ स्वीकार ! म जे छु स्वीकार ! यसो हुन सके मात्र निकै थोरै जीवनले मलाई बाँध्छ !”
उनीहरू साँच्चैको सर्वकालीन र महान प्रेमी हुन् भने, जीवनको निम्ति छिमेकीहरूलाई रोगी बनाउनेछन् । दुष्टता नै उनीहरूको वास्तविक भलाइ हुनेछ ।
वास्तवमा उनीहरू जीवनबाट मुक्ति चाहन्छन् । तैपनि अरूलाई आफ्नो दुष्ट साङ्लोले बाँधेर कमसल उपहारको जालमा फसाउन चाहन्छन् । उनीहरूको अपेक्षा आखिर हो के ?
अनि तिमीहरू, जो जीवनलाई कठिन र परिश्रमलाई अशान्त महासागर हो भन्छौ, के तिमीहरू जीवनबाट थाकेर लखतरान भएका छैनौ ? के साँच्चै नै मृत्युको प्रचार गर्न परिपक्व भएका हौ त ?
तिमीहरू मध्ये जजसलाई कठोर परिश्रम प्रिय लाग्छ तीव्र, नयाँ र अनौठो घटनाले जे जस्तो असर पारेपनि आफूलाई पीडा दिन छोडेनौ । ती सबैलाई खुब दुःखसँग सहन्छौ । तिम्रो लगनशीलता अनन्त उडान हो । अझ आत्म-विस्मरणको इच्छा हुनु त झनै अनन्त उडान ।
यदि तिमी जीवनलाई बढी नै विश्वास गर्छौ भने, ससाना कुरामा खासै समर्पित हुँदैनौ । यही कारण तिमीमा पर्खाइको समस्या छ । तिमी केही कुरा सहन सक्दैनौ । त्यो क्षमता तिमीमा छैन । अहँ अल्छ्याई पनि सहन सक्दैनौ ।
मृत्युको प्रचार गर्नेहरूको आवाज जताततै गुञ्जिन्छ । यो पृथ्वी तिनै मानिसहरूले भरिएको छ, जसलाई मृत्युको प्रचार गर्नुछ ।
अनन्त जीवन, यो सबैका लागि समान छ । त्यो पनि उनीहरू तुरुन्तै मरे भने मात्र, नत्र त !
जराथुस्त्र यसरी बोले ।
१०
युद्ध र योद्धाहरू
हाम्रा असल भन्दा असल शत्रुद्वारा उनीहरूलाई जोगाउन चाहँदैनौं, न त हामी नै उनीहरूद्वारा जोगिन चाहन्छौँ, जसलाई हामीले हृदयदेखि नै प्रेम गर्छौं । तसर्थ मलाई सत्य बताउन देऊ ।
युद्धमा होमिएका मेरा प्यारा भाइहरू ! तिमीहरूलाई हृदय देखि नै प्रेम गर्छु । म तिम्रै समकक्षी हुँ, सधैँदेखि थिएँ । तिम्रो सबैभन्दा महान् शत्रु पनि हुँ । तसर्थ मलाई सत्य बताउन देऊ ।
तिम्रो मनको घृणा र ईर्ष्याबारे मलाई थाहा छ । घृणा र ईर्ष्यालाई नजानेर तिमी महान भएका होइनौ । तसर्थ उनीहरूसँग लाज नमान । लाज नमानेरै महान होऊ ।
यदि तिमी ऋषि हुन चाहन्छौ भने, म तिम्रो प्रार्थना गर्छु । बरू ज्ञानको योद्धा बन । यहाँ उपस्थित सबै यिनै ऋषिका साथी र मार्गदर्शक हुन् ।
मैले कैयौँ सिपाही र योद्धाहरू देखेको छु । उनीहरूले लगाउने वस्त्रलाई “वर्दी” भनिन्छ, उनीहरूले जे लुकाएका छन्, त्यसमा एकरूपता नहोस् ।
जसको आँखाले सधैँ शत्रु खोज्छ, ऊ शत्रुकै लागि जन्मिएको हो । तसर्थ तिमीहरू मध्ये केहीमा पहिलो नजरमै घृणा छ ।
तिमीहरू आफ्नो शत्रुलाई आफैं खोज्छौ । आफ्नो युद्ध आफैँ लड्छौ, त्यो पनि तिमीहरूकै विचार विरुद्ध ! अन्ततः तिमीहरूको विचार त्यसमा झुके पनि इमानले भने विजयको नारा लगाउन कहिल्यै छोड्दैन ।
तिमीहरू शान्तिलाई नयाँ युद्धको अंश मान्छौ, क्षणिक शान्तिलाई पनि अनन्तताको विल्ला भिराउँछौ ।
कर्म गर्न नभएर बरू लड्न सल्लाह दिन्छु । शान्तिको नभै विजयको सल्लाह दिन्छु । तिम्रो कर्म युद्ध होस्, तिम्रो शान्तिको विजय होस् ।
जब कसैसँग वाण र धनुष हुन्छ, तब मात्र शान्तपूर्वक बस्न सकिन्छ । अन्यथा युद्धले आफ्नो धर्म छोड्दैन । तिम्रो शान्तिको विजय होस् ।
तिमीहरू भन्छौ, असल कारणले नै युद्धलाई पवित्र बनाउँछ, म भन्छु कि यो नै असल युद्ध हो, जसले हरेक कारणलाई पवित्र बनाउँछ ।
युद्ध र हिम्मत, जसले सहानुभूतिको भन्दा निकै ठूलो कर्म गरेको छ । तिम्रो सहानुभूतिले आजसम्म केही गरेको छैन । बरू तिम्रो हिम्मतले अहिलेसम्मका ठूला ठूला पीडितहरूलाई बचाउन सफल भएको छ ।
के असल छ भनेर तिमी सोध्छौ । आँटिलो हुनु असल हो । साना केटाकेटीहरूलाई भन्न देऊ, “असल हुनु भनेको के हो, एकै समयमा कसरी असल हुने ?”
उनीहरू तिमीलाई क्रूर रहेछ भन्छन्, तैपनि तिम्रो हृदय सत्य छ । तिम्रो भलाइको लजालुपनलाई खुबै प्रेम गर्छु । तिमी आफ्नो प्रवाहसँग लाजाउँछौ, तसर्थ अरू पनि त आफ्नो प्रवाहासँग लाजाउँछन् ।
मेरा प्यारा भाइहरू, के तिमीहरू साँच्चै कुरूप छौ ? यदि त्यसो हो भने आफ्नो बारेमा उद्दार होऊ । कुरूपताको आवरण तोड ।
जब तिम्रो आत्मा महान हुन्छ, अन्ततः त्यो घमण्डी हुन्छ । तिम्रो भलाइमा दुष्टता छ । जुन दुष्टलाई म सजिलै चिन्छु ।
दुष्टतामा प्रायः अहङ्कारी तथा कमसल मानिस भेटिन्छन् । जसले एकअर्कालाई गलत रूपमा बुझेका हुन्छन् । त्यो गल्ती म सजिलै चिन्छु ।
तिमीसँग घृणा गर्ने शत्रु मात्र हुनेछन्, तर घृणित हुन चाहने शत्रुहरू भने हुनेछैनन् । तिमीले आफ्ना शत्रुहरूमाथि गर्व गर्नुपर्छ । शत्रुको सफलता पनि त तिम्रै सफलता हो ।
प्रतिरोध, यो दासताको भेद हो । तिम्रो भेद आज्ञाकारी होस् । आफ्नो आज्ञा आफैँ पालना गरौँ ।
असल योद्धाको लागि म केही गर्छु भन्दा निकै उचित जस्तो सुनिन्छ । अन्ततः समस्त असल कुरा तिम्रो लागि प्रिय छन् । यसको लागि पहिले आफैँलाई आज्ञा दिनुपर्छ ।
जीवनप्रतिको तिम्रो प्रेम तिम्रै आशा र भरोसाको उच्चतम् बिन्दु होस्, तिम्रो उच्चतम आशा जीवनकै उच्चतम विचार होस् !
तिम्रो उच्च विचार, जुन कुरा मद्वारा नै तिमीकहाँ पठाइन्छ । मानिस यस्तो प्राणी हो, जसलाई जता पनि मोड्न सकिन्छ । जुनै मार्गमा पुर्याउन सकिन्छ ।
तसर्थ अनुशासन र युद्धको जीवन बिताऊ ! लामो आयुमा त्यस्तो फरक के छ ? कुन चाहिँ योद्धाले त्यसलाई बचाइराख्न सक्छ हँ ?
तिमीलाई त्यत्तिकै कहिल्यै छोड्दिनँ । तिमीलाई हृदयदेखि नै प्रेम गर्छु । युद्धमा होमिएका मेरा प्यारा भाइहरू !
जराथुस्त्र यसरी बोले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 








