१) दास
बालक छँदा
ठूलाबडाको दास
किशोर छँदा
विद्यालय
र
शिक्षकको दास
युवा छँदा
विचार
भीड
र
पैसाको दास
वृद्ध छँदा
रोग
पछुतो
र
मृत्युको दास
मृत्यु पछि
मलामी
र
आगोको दास
कठै !
हामी स्वतन्त्र हुन्छौँ कहिले ?
२) छट्पटी
सिद्धार्थ छट्पटाए
बुद्ध भए
सबैको आँखाको नानी भए
हामी छट्पटायौं
बुद्दु भयौँ
न यता न उता
बिना पुलको नदी भयौँ ।
३) निष्ठुरी
सोधिँदै थियो सभामा
संसारकै मूल्यवान् चीज के हो ?
हीरा
सुन
प्रेम
सबैले आआफ्नो जवाफ दिए
अन्तमा पालो आएपछि एउटाले भन्यो
“याद”
छोडी जाने निष्ठुरीको याद !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला