साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च पदाधिकारीहरू लगाएतका सहभागितामा विभिन्न संदेश मूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम कम्पनीको कमलादी कार्यालयबाट सुरुवात भई घन्टाघर – भद्रकाली – जमल हुँदै पुनः कमलादीमा पुगेर टुंगिएको थियो ।

साथै मानव जीवनको रक्षा गर्ने उदेश्यले नेपाल रेड क्रस सोसाइटीसँगको सहकार्यमा कम्पनीको प्रधान कार्यालय, बानेश्वरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा ५५ जना भन्दा बढी सहभागीले रक्तदान गर्नु भएको थियो । शान्तिनगरस्थित असहाय वृद्धवृद्धाहरूको लागि विशेष आश्रय प्रदान गरिरहेको नि सहाय सेवा सदनमा आहार बिहार र देशैभरि विभिन्न शाखा कार्यालयहरूमार्फत सामाजिक उत्तरदायित्वअन्तर्गत सोही किसिमका कार्यक्रमहरूको आयोजना गरी मनाइयो ।

बीमा कम्पनीहरूको पुँजी वृद्धि गरी समग्र बीमा क्षेत्रलाई अझै मजबुत बनाई उत्कृष्ट ग्राहक सेवा प्रवाह गर्न बीमा नियमनकारी निकायको पहलमा दुई कम्पनी गाभिएर बनेको बीमक सानिमा रिलायन्सको चुक्ता पुँजी ४. १८ अर्ब रहेको छ भने लगानी १७ अर्ब नजिक र जीवन बीमा कोष रू १२.६९ अर्ब रहेको छ । देशभरि १७५ साखा सञ्जालमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको कम्पनीको व्यवसाय तथा अधिकांश आर्थिक सूचकाङ्कहरू सकारात्मक रहेका छन् ।