सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०८० फाल्गुन ९ मङ्गलबारका दिन जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा कम्पनीको डेपुटी सिइओ नीराजन कँडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुःखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व वहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
जेष्ठ २०, आईतवार २३:०९
सानिमा रिलायन्स लाइफलाई कर्पोरेट वुमन्स विच क्रिकेट २०२४ को उपाधि
साहित्यपोस्ट
बैशाख २८, शुक्रबार २१:१८