साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

एनएमबि बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न


एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही मिति २०७८ पौष २२ गते, बिहिबार श्री त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गर्नु भएको थियो ।

उक्त वार्षिक साधारण सभाद्वारा आ.व. २०७७÷७८ को नाफाबाट हाल कायम चुक्त पूजीकाृ १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको छ । साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “Bank of The Year Asia 2021” र “Bank of The Year Nepal 2021” बाट यस बैंकलाई सम्मानित गरेको छ । उक्त अवार्ड शेयरधनी महानुभाबहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै सम्पूर्ण महानुभाबहरु प्रति बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

प्रतिक्रिया
Loading...