एनएमबि बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
सो कार्यक्रम अन्तर्गत एनएमबि बैंकले देशको सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कूल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्न सफल भएको छ ।
ग्लोबल मनी वीक २०२५ को नारासहित, बैंकले विभिन्न छेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ ।
बैंकले आफ्नो सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरू सञ्चालन गरेको छ । बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट तीन हजार जना भन्दा बढी व्यक्तिहरू प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०८१ आश्विन ९ ०३:४४
२१ जेष्ठ २०८३, बिहीबार 








