काठमाडौँ- एनएमबी बैंक लिमिटेड एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एसियामा रहेका ४८ देशका बैंकहरूलाई पछाडि पार्दै एनएमबिले पहिलो पटक ‘बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्ड जितेको हो । यो अवार्डलाई बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपाधिका रुपमा हेरिन्छ ।
बेलायतबाट प्रकाशित हुने पत्रिका फाइनान्सियल टाइम्सले एनएमबि बैंकलाई उक्त उपाधि दिएको हो। एनएमबिले जितको यो अवार्ड नेपालमै पहिलो हो ।यसअघि न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।
त्यस्तै एनएमबी बैंकले ‘बैंक अफ दि एयर २०२१ नेपाल’ को अवार्ड पनि जितेको छ। पछिल्लो ५ वर्षमा एनएमबी बैंकले ‘बैंक अफ दि इयर नेपाल’ को अवार्ड चौथो पटक जितेको हो ।
‘बैंक अफ द इयर २०२१ एसिया’ उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।