पोखराको लेकसाइडमा अवस्थित होटल सरोवर प्रा.लि. र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटेडद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

हिजो जेठ ८ गते छुट्टाछुट्टै समारोहका बीच होटल सरोवरको तर्फबाट मुख्य प्रबन्धक प्रतीक पहारी, किङ्गस लाउन्ज पोखराको तर्फबाट सञ्चालन प्रबन्धक अजय नकर्मी र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख प्रदेश अधिकृत गण्डकी प्रदेश राजु राना मगरले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार प्रभु बैंककाग्राहक वर्ग, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारी का परिवारजनले होटल सरोवरमाउपलब्ध सेवा हरु जस्तै आवास, खाना, मनोरञ्जन सभाहल र पौडि लगायतका सेवाहरुमाबिशेस छुट प्राप्तगर्न सक्नेछन भने किङ्गस लाउन्जपोखरामाउपलब्ध सेवाहरु जस्तै खाना, खाजा, तथामनोरञ्जन सुबिधामाबिशेस छुट प्राप्तगर्न सक्नेछन । साथै प्रभु बैंककाकर्मचारी तथाग्राहकहरुले आफ्नो बैंक सँगको आबद्घताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्तगर्न सकिनेछ ।
नेपालको पर्यटन क्षेत्रमालामो समयदेखि निरन्तर रुपमालागि राख्नु भएको प्रा.डा. भरत पहारी द्घारा सन्चालीतहोटल सरोवर पोखराको लेकसाइडमा एकै छाना मुनीअत्याधुनिक सेवातथा सुबिधाहरुउपलब्ध गराउँदै आएको छ भने किङ्गस लाउन्जपोखरा युवातथा सँगितपे्रमिलक्षितहोटल तथा रेष्टुरेण्टको रुपमाबहुचर्चित पाईन्छ । त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथाहालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानितप्रभु बैंकका नेपालभर ३०२शाखाकार्यलयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं”मुलनाराका साथमा बैंकिङ्गएवं वित्तीय सेवाप्रवाहगरिरहेको प्रभु बैंकले अत्याधुनिकप्रविधीमार्फत गुणस्तरीय सेवाप्रवाहगर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
समारोहमाप्रभु बैंक गण्डकी प्रदेशकासञ्चालनजोखिमअधिकृत ज्योतिकृष्ण लामिछाने, प्रदेशव्यापारप्रबन्धकविक्रमगिरी्, होटल सरोवरका म्यानेजर मनिस श्रीवास्तवतथाकिङ्गस लाउन्जपोखरा प्रबन्धकमदनश्रेष्ठ लगायतकोउपस्थिती रहेको थियो ।