मेरो घर पुछारमा भएकोले ,” म पुछारे दाइको नामले प्रख्यात थिए।” मेरो घरबाट अरूको घर दूरी करिब एक किलो मीटर थियो होला।
श्रीमती माइत गएकी हुँदा घरमा छोरी र म मात्र थियौँ। छोरी खाना बनाउँदै थिइन्। म पिढीमा बसेर हुक्का तान्दै थिए।बाटोमा एउटी महिला थ्याच्च बसिन। उनलाई कुनै समस्या भएको देखें।
“ए! के भयो?”, भन्दै त्यही पुगे । छोरी पनि भित्रबाट दगुर्दै आइन्।ती महिला पेट दुख्यो भन्दै झन छट्पटाउन थालिन्।उनको शरीर भरी पसिना आयो। उनी कपड़ा खोल्न चाहन्थिन्।उनको फेसन र त्यो अवस्था देख्दा म पनि झस्किएँ। मरे नी , भन्दै उनी पल्टिन।
– “ए बा !यिनलाई सुत्केरी बेथा लागे जस्तो छ।”छोरी पनि आत्तिन थालिन्।
– के गर्ने होला?,”कुनै खुल्ला कपडा चाहियो।”यिनका टाईट कपडा खोल्न पर्छ।
म घरभित्र पसे।के दिने?
“तान्न ,पर्दा ,सिरको खोल,धोटिपाटा?”,अलमल्लमा परिरहेको थिए।
कुनमा रहेको एउटा पोको देखें ।त्यही उठाएर छोरीको हातमा राखी दिए। छोरीले एकछिन मलाई पर बस्न भनिन्। उनको हातमा पोको थियो।
जब म पुनः उनीहरूतिर हेरें ,”ती महिलाको शरीरमा मेरी आमाको फरिया बेरिएको थियो।”त्यही फरियामा बच्चा रुँदै ।
आजभोलि फरिया जोगाऔं अभियानमा छू।
फरिया जोगाउन सकियाे भने कुनै समय र परिस्थितिमा महिलालाई सहज हुँदोरहेछ।
तानसेन ,पाल्पा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला