“हजुरबा अन्तर्दृष्टि भनेको के हो ?”  नातिनीले जिज्ञासा राखिन् ।

हजुरबाले नातिनीको जिज्ञासा मेटाउने प्रयास गरे, “ज्ञानी व्यक्तिले अन्तर्ध्यानबाट  टाढाको कुरा देख्नु वा आँखाले नदेखिने कुरा देख्नु नै अन्तर्दृष्टि हो ।”

नातिनीले मुन्टो मात्र हल्लाएकाले हजुरबाले अझ प्रस्ट पार्न खोजे, “अन्तर्दृष्टि भनेको आन्तरिक चेतना हो । सामान्य रूपमा नदेखिने कुनै पनि कुरा देख्ने भित्री आँखा हो । ठूला ठूला लेखक साहित्यकारहरू र विद्वत् वर्गले अन्तर्दृष्टिबाट साहित्यको सिर्जना मात्र गर्दैनन्, जीवन र जगतको नयॉं सत्यको समेत उद्घाटन गर्छन् ।”

नातिनीले हजुरबालाई उदाहरण दिएर बुझाउन अनुरोध गरिन् ।

“महाभारत कालमा कुरुक्षेत्रमा भएको युद्धको बारे  विदुरले अन्तर्दृष्टि लगाएर हस्तेनापुर दरबारबाटै सबै युद्धको गतिविधि बारे ताजा ताजा जानकारी नेत्रहीन धृतराष्ट्रलाई दिइरहेका थिए । महाभारत नपढे पनि टेलिभिजनमा तिमीले अवश्य हेरेकी छौ । अब त बुझ्यौ ?”

नातिनीले भनिन्, “बुझेँ हजुरबा ! सिसिटिभी र क्यामरा महाभारत कालमा नै बनेको रहेछ ।”