नलेखिएका कथाहरू कति छन् छन् पाना भरी
जोख्दा पनि नअटाउलान् मुरी, पाथी, माना भरी।
नपोखूँ दर्द कसैलाई, पोखूँ भने रमिता लाग्छन्
हरसाँझ म पोख्ने गर्छु विरहमा गाना भरी ।
छातीभित्रै लुकाई राखूँ मुटु दुख्छ फुट्ने गरी
कैलेकाहीँ पोख्नु म गीत गाउने बहाना भरी ।
सबै स्वार्थी भए अचेल आफ्नै मात्र सुख रोज्ने
पाइन्न निःस्वार्थी अब जीवनको चाहना भरी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
१४ असार २०८३, आईतवार 









