उमेर पुगी भन्दै हेर्छन् लक्का जवानहरू
छेउमा आई मलाई केर्छन् लक्का जवानहरू ।

कैले भन्छन् माया गर्छु कैले भन्छन् के’के
आफ्नो घाँटीसम्म सेर्छन् लक्का जवानहरू ।

यताउति चक्कर काट्छन् घोर्ले पाठो जस्तै
नक्कल गर्दै कुरा फेर्छन् लक्का जवानहरू ।

उर्लिएको जोबनलाई पार्दै मदमस्त
जवानीकै मातले बेर्छन् लक्का जवानहरू ।

तरुणीको साथ पाउँदा छाती फुलाउँदै
जे भने नि ठयाक्क टेर्छन् लक्का जवानहरू ।