(लघुकविता)
हराएको देश खोज्न
क्रोधको धारमा
मायाको पाइन समेत भरिएको
खुकुरी भिर्दैछु
आफ्नो अर्काको मुटु छुट्याउनु
पहिला आफ्नै छाती चिर्दैछु
ढुङ्गाको प्रहारमा ढुङ्गा नै हो फर्किने
फूलको प्रहारमा फूलकै थुङ्गा हो फर्किने
कहिलेकाहीँ जित्नु भनेको
जित्नु मात्र होइन हार्नु पनि हुन सक्छ
र कहिले हार्नु भनेको
हार्नु मात्रै होइन जित्नु पनि हुन सक्छ
हराएको देश खोज्न
आज म त्यही नीतिको युद्धमा छिर्दैछु
आफ्नो अर्काको मुटु छुट्याउन
पहिले आफ्नै छाती चिर्दैछु



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ जेष्ठ २०८३, बिहीबार 










