जुन जस्तो तारा हुन्न, तारा जस्तो जुन हुन्न
आफ्ना दुःख आफैँ राख, कसैसँग रुन हुन्न।
यहाँ जति रोए पनि माछापुच्छ्रे अग्लिँदैन
बगाऊँ आँसु हिमनदीको, मर्दी हिमाल पग्लिँदैन ।
डाली बस्ने वनचरीको कहाँ हुन्छ र घर-ठेगाना
कहाँ खोज्न सकिन्छ र आजभोलि समवेदना ?
भोग्दै जाँदा जिन्दगानी यस्तो लाग्छ घरीघरी
कहाँ फुल्नु, कहाँ पलाउनु, मेरो लागि सुनाखरी ?
साइत छोपी जानेहरू अब कहिल्यै फर्किँदैनन्
आफ्नो-आफ्नो बाटो लाग्छन्, पर्खिँदा नि पर्खिँदैनन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
७ फाल्गुन २०८२, बिहीबार 









