भोक लाग्दा खान दिने सच्चा भान्से हो
दु:ख पर्दा साथ दिने आफ्नो मान्छे हो

अनुकूलमा हाइहेल्लो त जति पनि हुन्छन्
चिन्न सक्नु पर्छ आफैँ प्रतिकूलमा कुन छन्
सुखमा त सबै जना हुन्छन् दायाँ बायाँ
मनको माया पाइँदैन, मात्रै मुखको माया

अफ्ट्यारोमा हात दिने आफ्नो मान्छे हो
भोक लाग्दा खान दिने सच्चा भान्से हो

आफ्नो स्वार्थ पूरा गर्न आफ्नै जस्तो बन्छन्
मीठो मीठो कुरा गर्दै भित्र जरा खन्छन्
घाम चाहिँदैन हजुर तारा चाहिँदैन
आफ्नो अर्को चिन्न सके दुःख पाइँदैन

संघर्षमा साथ दिने आफ्नो मान्छे हो
भोक लाग्दा खान दिने सच्चा भान्से हो।

पोखरा