सगरमाथा, तिमी हिमाल मात्र होइन
सृष्टिका प्रहरजस्तै उभिएका छौ
तिम्रा शिखरका मैनबत्तीहरू
सूर्यका न्यानो घामसँग पग्लिरहेका छन्
नीलो आकाशले तिमीलाई सिरानी दिएको छ
र पहाडले तिम्रो मुटु ढाकेको छ
पश्चिमका सुँगुरे बादलहरू
तिमीलाई ढाक्न खोज्दा
तिम्रा हिमालका आँखा
अविचलित छन्-
हरियो डाँडाको मुनि लुकेका शान्ति बोधझैं
तिमी सधैं शान्त छौ
तर भूकम्पले तिमीलाई हल्लाउँदा पनि
तिम्रा बासिन्दाले सुम्पिएका छन् आशा
“हिउँका फूलहरू कहिल्यै ओइलाउँदैनन्”
तिमीलाई हेर्दै एक गोठालाले भनेको सुनेथेँ
सगरमाथा,
तिम्रो रगत, तिम्रो हिउँ
तिम्रो उचाइ- सबै एकै कथा हुन्
तिमी उभिएका छौ समयको अभिलेखजस्तै
र हिमालको चिसो हावाले फुक्दैछ
मानवताको गीत
सगरमाथा, तिमी मेरो ईश्वर हौ
जसले हामीलाई सम्झाउँछ:
उचाइ भनेको घमण्ड होइन
धरातलको गर्व हो ।
०००
उदयपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
८ कार्तिक २०८२, शनिबार 










