लेखक

नन्दलाल आचार्य 13 लेखहरु 0 comments
जहडा–लालसिसुवा, गाविस ठोक्सिला, उदयपुरमा २०३०–०३–२८ मा जन्मनुभएका नन्दलाल आचार्य हाल बेलका नगरपालिका–२, गल्फडिया, उदयपुरमा बस्नु हुन्छ । श्री जनता मावि, गोलबजार–४, सिरहामा शिक्षण गर्नु हुने उहाँले बी.ए., बी. एड., एम.एड. (नेपाली) सम्मको अध्ययन गर्नु भएको छ । उहाँको पहिलो कविता 'कवि इन्द्रकोटा' (सर्वश्री दैनिकमा, २०५४) प्रकाशित भएको थियो । त्यसयता उहाँले नियमित रूपमा कथा, कविता, निबन्ध, हास्यव्यंग्य लेखिरहनु भएको छ ।
उहाँका ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (एकाङ्की सङ्ग्रह, २०६७), ‘गरुराहा’ उपन्यास– २०७६, ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचना सङ्ग्रह) २०७७, ‘एक हाते जीवन’ (निबन्ध सङ्ग्रह) २०७८, ‘समय शल्यक्रिया’ कथा सङ्ग्रह २०७७, ‘इच्छुक–बकपत्र’ (निबन्ध सङ्ग्रह), ‘टुक्के दिदी र उखाने दाइ’ (बालएकाङ्की सङ्ग्रह) प्रकाशित छन् ।
१. परिचय
राज्यको ठूलो लगानी सरकारी विद्यालयमा छ । कतिपय स्थानमा आर्थिक दुरावस्था र धेरै जसो ठाउँमा कमजोर शैक्षणिक कार्यकलाप, अनुगमन, मूल्यांकनले गर्दा अपेक्षित प्रतिफल हात पार्न सकिएको छैन । विद्यालयले समयको माग अनुरूपको शिक्षा…
कथा – नसोध है गरिमा !
म हातमा बन्दुक मनमा कर्तव्य बोकेर कम्ब्याक्ट पोसाकमा खडा थिएँ । यसै गरी उभिएको सात वर्ष वितिसकेको थियो । उभिनु, केवल उभिनु मेरो एक मात्र गन्तव्य थियो । आउनेजानेको अनुहार नियाल्नु र अनुभूत भएका कुराहरू मनमै कुहाएर केवल खडा हुनु नै मेरो…
गजल
घाट पुगेको लास पोल्दिने कोही छैन
सुख-दुःखको पोको खोल्दिने कोही छैन ।
कर्तव्यले बाँधेको जीवन मेरो भोको
पीरव्यथा बुझेर बोल्दिने कोही छैन ।
सगरमाथा उक्लने कोसिस गर्दा थाकेँ
उँभो चढ्दा जोखिम मोल्दिने कोही छैन ।
नुहाउँदा कामले…
नन्दलाल आचार्यका पाँच मुक्तक
कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठूलो ब्याधा कहलिन्छन्
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने भ्रमको प्यादा कहलिन्छन् ।
नोट-प्यादा = दूत
डराए…
नन्दलाल आचार्यका समसामयिक चार लघुकथा
१. लघुकथा– शिवशैली
मेरो मथिङ्गल हल्लिरहेको थियो– सधैँ शिर झुकाउने बिर्खे र लेघ्रेले हुकुम चलाएको सुन्दा, समीक्षा लडिबुडी गरेर हाँसेको देख्दा, मात्रो बिरिँदा लातबात हान्न तम्सिने सरोज घोरिएर बसेको भेट्दा ।
'ए, ठिटाठिटी हो ! मेरो…
नन्दलालका चार लघुकथा
१. लघुकथा- सस्तो कि महङ्गो !
“मगध देशलाई अनिकालले गाँज्यो । भोकमरीले जरा गाड्ने पऱ्यो । वैकल्पिक बाटो नखोजे हामीलाई हराएर अनिकालले साम्राज्य खडा गर्नैपऱ्यो ।” मगध नरेशले यसो भनिरहँदा प्रधानमन्त्री भने चुप थिए ।
नरेशका कुरा सुनेर…
कथा : मेरो साबिती बयान
हप्ता दिनदेखि हामीबिच बोलचाल थिएन ।
उनी जित्न चाहन्थिन् । म हार्न चाहन्नथेँ । उनी मेरो मुखबाट सत्य बकाउन खोज्थिन् । म असत्यको पर्दाले ढाकेर उनलाई दृष्टिभ्रममा राख्न खोज्थेँ । केही सिप नलागेपछि आखिरमा उनले बाजी थापिन् । लाजै पचाएर…
लघुकथाः बँधुवाको बिन्ती
१. बँधुवाको बिन्ती
‘ओहालाई हामी दूध पिलाउँछु । बीस/पचास टका दान दिइहाल्नुस् ।’
उसको टुटेफुटेको भाषिक कुरा सुनेर मेरो कन्सिरी तातेर आउँथ्यो । के गर्नु मैले ? म बबुरो विवश छु सानो ढकीभित्र गुडुल्किएर बस्न ।
म यस लोकमा कसैकसैको मुखबाट…
सात लघुकथा
१. डाक्टरखेती
'म गरिप बाबुको छोरो हुँ । धन खर्च गरेर भए पनि बाँच्न चाहन्छु तर दबाई खाएरै मर्न चाहन्नँ ।'
जति पटक जाँच्न डाक्टर आउँछन्; उत्ति पटक फरकफरक औषधी लेखेर र किनाएर हैरान पारेपछि मैले भनेको थिएँ ।
ब्लड क्यान्सर भएर…
कथा– खोजतलास
बिहानी जवान हुँदासम्म पनि मन खोलेर घाम झुल्किन सकेको थिएन । अघि बिहानी पख मलिन स्वर पारेर कुखुराका भालेहरू बासिरहेका थिए । पहिलाजस्तो लामो श्वास फेरेर र ठूलो आवाज पारेर बास्न नसकेको प्रतीत हुन्थ्यो । पोथीहरू खोरमै अत्तालिएका थिए । आफ्नो…