‘मलाई लाग्दछ, तपाईँले यति सानो कुरामा पश्चाताप गर्नु राम्रो होइन, विन्टरबोर्नले आँखीभौँ उचाल्दै भने ।
‘मैले पश्चाताप मानिरहेकी छु। ती युवतीलाई जान्दाजान्दै आफै बरबाद हुन दिनु हुन्न !’ श्रीमती वाकरले भनिन् ।
‘उनी ज्यादै निर्दोष छिन्,’ विन्टरबोर्नले भने
‘उनी ज्यादै बदमास युवती हुन् !। उनकी आमाजत्तिकै बुद्द नारी तपाईँले कहिल्यै देख्नुभएको छ ? तपाईंहरू सबै मसँग बिदा भइसकेपछि यसको बारैमा सोचेर बसिरहन मेरो मनले मानिरहेको थिएन । डेइजीलाई यसबाट बचाउने प्रयास नभएको होइन तर यो असफल भएको थियो । त्यतिबेला यो काम ज्यादै दुःखदायी गै थियो। म टाँगाको बन्दोबस्त गरी हतारहतारमा टोप लगाउँदै जतिसक्दो छिटो यहाँ आएकी हुँ । तपाईँलाई भेटेर म चिन्तामुक्त भएँ’ श्रीमती वाकरले भनिन्
“तपाईँले हामीलाई कस्तो सुझाउ दिन चाहनहुन्छ त ?’ विन्टरबोर्नले हाँस्दै सोधे ।
‘म डेइजीलाई मसँग टाँगामा आधाघण्टा जति पिन्सियन बगैँचा घुमीफिरी सुरक्षित तरिकाले होटलमा जाने अनुरोध गर्दछ ताकि यहाँका मानिसले तिनी ज्यादै असभ्य भएर क्रियाकलाप गरिरहेकी छैनन् भनेर देख्न सक्नेछन्,’ श्रीमती वाकरले भनिन्।
‘मलाई लाग्दछ, यो तिनलाई खुसी बनाउने विचार होइन तर तपाईंले प्रयास गर्न सक्नुहुनेछ,’ विन्टरबोर्नले भने ।
श्रीमती वाकरले प्रयास गरेकी थिइन् । विन्टरबोर्न डेइजीको नजिकै गए। उनी आफ्नो वार्ताकार गिओभानेलिसँग बातचितमा शिर हल्लाउँदै सहमति जनाएर हाँसिरहेकी थिइन् । डेइजीले थाहा पाइन्, श्रीमती वाकरले उनीसँग कुराकानी गर्ने इच्छा गरेकी छिन् । डेइजी गिओभानेलिलाई लिएर अति प्रसन्न मुद्रामा पछाडितर्फ श्रीमती वाकरको नजिकै गइन्। श्रीमती वाकरले ती युवकलाई उनको सामु प्रस्तुत गर्ने अवसर दिएकोमा आफू ज्यादै खुसी भएको डेइजीले भनिन् । उनले छिटै नै ती युवकको श्रीमती वाकरसँग परिचय गराएकी थिइन् । उनले श्रीमती वाकरको टाँगामा ओछ्याइएको जस्तो राम्रो कम्बल आफूले आजसम्म नै नदेखेको कुरा सुनाइन्।
“तिमीले यो कम्बलको प्रशंसा गरेकोमा म खुसी छु । तिमीले यो टाँगामा सबार भई म बसेको होटलमा गएर मलाई तिमी समक्ष आफ्ना विचार व्यक्त गर्ने अवसर दिन्छयौ त ?’ ती नारीले मीठो हाँसो हाँस्दै भनिन् ।
‘ए, त्यसो होइन, तपाईँलाई धन्यवाद छ। तपाईं यहाँबाट यो कम्बल ओछ्याएको टाँगामा सबार भई गएको देख्न पाएमा मैले कम्बललाई अझ धेरै प्रशंसा गर्नेछु,’ डेइजीले भनिन् ।
‘टाँगामा आऊ न त ! पिन्सियन बगैँचा सँगै घुमी, श्रीमती वाकरले आग्रह गरिन् ।
‘तपाईंसँग टाँगामा घुम्नु राम्रो हुनसक्छ तर मेरा युवसाथीको साथमा घुम्ने हो भने ज्यादै आनन्ददायी पो हुनेछ !’ यात भनेर उनले आफ्ना नजिकैका दुई युवासाथीलाई अनुहार उज्यालो पार्दै हेरिन् ।
‘तिमी युवासाथीसँग टाँगामा घुम्नु आनन्ददायी त हुनसक्छ, तर प्रिय बच्ची यहाँ त्यस्तो चलन छैन, आफ्नो भिक्टोरिया टाँगामा अडेसा लागी हातले डन्डी समाएर गहिरो शोचमग्न हुँदै श्रीमती वाकरले अनुरोध गरिन् ।
‘अँ, यहाँ यस्तो चलन नहुन सक्दछ, तर मैले यसरी घुम्न पाइनँ भने झुन्डिएर आत्महत्या गर्नेछु,’ डेइजीले उत्तर दिइन् ।
तिमीले आमालाई साथमा लिएर यात्रा गर्नुपर्छ, प्रिय !’ जेनेभा नगरीबाट आएकी नारीले आफ्नो धीरता गुमाउँदै भनिन् ।
‘म आमासँग यात्रा गर्ने, प्रिय !’ डेइजीले आश्चर्य मान्दै भनिन्। विन्टरबोर्नलाई लाग्यो, डेइजीले आफूलाई हस्तक्षेप गर्न थालेको शङ्का गरिरहेकी छिन् । ‘उहाँ जीवनमा दस पाइला पनि हिँड्नु भएको छैन, अनि तपाईँलाई थाहा छ ? म यस काममा मेरी आमाभन्दा पाँचवर्ष जेठी छु, डेइजीले हाँस्दै भनिन् ।
‘तिमी तर्कका लागि अत्यन्त परिपक्व छ्यौ । प्रिय डेइजी, यसबारेमा कुरा गर्नको लागि तिम्रो परिपक्वता धेरै पाकेजस्तो देखिन्छ, श्रीमती वाकरले भनिन्।
‘यसबारेमा कुरा गर्न ? तपाइँको आशय के हो ।’ डेइजीले भावुकतापूर्वक हाँसेर श्रीमती वाकरलाई हेर्दै भनिन् ।
‘मेरो टाँगामा त आऊ अनि भन्नेछु,’ श्रीमती वाकरले भनिन् ।
डेइजीले आफ्ना नजिकैका दुवै युवालाई क्रमशः छिटोछिटो हेरिन्। गिओभानेलिले टाउको हल्लाउँदै एक आपसमा पञ्जा रगेडी हात न्यानो बनाउँदै खुसीका साथ हाँसिरहेका थिए। विन्टरबोर्नलाई लाग्यो, यो एकदम नरमाइलो क्षण हो । ‘मलाई लाग्दछ, मैले तपाईँको इच्छा अनुसार काम गर्नु पर्दैन अनि तपाईंको यस्तो सुझाउ मैले मन पराउनै पर्छ भन्ने पानि त छैन नि !’ डेइजीले तत्कालै भनिन् ।
विन्टरबोर्नले चाहेका थिए, श्रीमती वाकर टाँगामा सबार भई त्यहाँबाट जाऊन तर डेइजीले आफ्नो कुरा अस्वीकार गरेकोमा उनी दुःखी भइन्। ‘तपाईँले एउटा ज्यादै धृष्ट युवतीले आफूलाई मन पराएको चाहनुहुन्छ ?’ श्रीमती वाकरले विन्टरबोर्नलाई सोधिन् ।
‘ओहो !’ डेइजीले आश्चर्य व्यक्त गरिन् । उनले गिओभानेलिलाई अनि विन्टरबोर्नलाई हेरिन्। यतिबेला उनको गालामा गुलाफी रङ्ग चढिरहेको थियो। उनी अचम्मकी राम्री देखिइरहेकी थिइन् । ‘म श्रीमती वाकरको टाँगामा सबार हुने रे ? त्यो पनि मेरो इज्जत जोगाउनको लागि ? तपाईंले के सोच्नु भएको छ ? आफ्नो टाउकोलाई पछाडि फर्काई विन्टरबोर्नलाई शिरदेखि पाउसम्म एकटकले हेर्दै बिस्तारै हाँसेर डेइजीले प्रश्न गरिन् ।
विन्टरबोर्नको अनुहार रातो भइरहेको थियो। एकछिनसम्म उनले धेरै हिचाकिचाहट माने । डेइजीले प्रयोग गरेको शब्द मेरो ‘इज्जत’ सुन्दा एकदम अनौठो लाग्दथ्यो तर विन्टरबोर्नले यसबारेमा बहादुरीका साथ बोल्नै पर्दथ्यो। सबैभन्दा राम्रो बहादुरी डेइजीका साथै विन्टरबोर्नलाई सत्य कुरा भनिदिनुहुन्थ्यो। सायद पाठकले थाहा पाइसक्नु भयो होला, मैले आफू समर्थ हुँदै विन्टरबोर्नलाई सुझाउ दिन चाहन्छु कि उनले डेइजीलाई श्रीमती वाकरको सल्लाह मान्ने बनाउनु पर्दछ । विन्टरबोर्नले डेइजीको कालीगढले कुँदेर बनाएजस्तो एकदम सुन्दर अनुहारमा हेर्दै बिस्तारै भने, ‘मलाई लाग्दछ, तपाईं श्रीमती वाकरको टाँगामा सबार भई जानु राम्रो हुनेछ।’
डेइजीले खित्का छाडेर हाँस्दै भनिन्, ‘मैले यस्तो अमित्रवत् कुरा आजसम्म सुनेकी थिइनँ । श्रीमती वाकर, यादि मेरो इच्छा अनुचित हो भने म एकदम अनुचित काम गर्ने युवती हुँ र तपाईंले मलाई त्याग्नै पर्दछ । बिदा ल! म आशा गर्दछु, तपाईंको सबार राम्रो होस् ।’ गिओभानेलिले डेइजीको यस निर्णयबाट खुसी हुँदै विन्टरबोर्न र श्रीमती मिलरलाई शिर निहुराएर बिदाइको अभिवादन गरे अनि डेइजी उनीसँग टाँगामा सबार भइन् ।
श्रीमती वाकरले आँखालाई आँसुले भिजाउँदै डेइजी र गिओभानेलि टाँगामा गएको हेरिरहेकी थिइन् । ‘यहाँ आउनुहोस् बाबु !’ टाँगाको आफ्नो आसनको नजिकैको ठाउँ देखाउँदै श्रीमती वाकरले भनिन् । उनको टाँगा डेइजीको भन्दा धेरैपछाडि हिँडेको थियो। विन्टरबोर्नले श्रीमती वाकरलाई आफू डेइजीको साथ दिन बाध्य भइरहेको भने। वाकरले विन्टरबोर्नलाई भनिन् ‘तपाईंले मेरो साथ दिनु भएन भने म कहिल्यै पनि तपाईँसँग बोल्नेछैन अनि उनी ज्यादै गम्भीर देखिइन् । विन्टरबोर्नको टाँगा केही समयपछि डेइजी र उनको साथी सबार भएको टाँगाको अगाडि लाग्यो, अनि दुवै टाँगा भेट भए । विन्टरबोर्नले डेइजीको हात समाउँदै आफ्नो कुरा सहमत गराउने तरिकाले भने, ‘श्रीमती वाकरले तपाईंसँग सहमत हुन नसक्ने खालको अहंकारी कुरा गर्नुभएको थियो ।’ विन्टरबोर्नले सोचेका थिए, डेइजीले यसको जवाफ संयमित भई दिनेछिन्। उनले आफैलाई निन्दा गर्दै ‘धृष्टता’ जस्ता कुरा छैनन्, जसबाट श्रीमती वाकरलाई धेरै दया देखाई माया गर्ने प्रयास गर्नुपर्ने छैन अनि सुझाउ दिँदै उनलाई गलत काम गर्नबाट रोक्न समेत पर्नेछैन तर उनले विन्टरबोर्नलाई यस्सो हेरी टाउको हल्लाइन् मात्र अनि गिओभानेलिले विन्टरबोर्नलाई बढी जोडका साथ टोप हल्लाउँदै बिदाई गरेका थिए। त्यसर्पाछि डेइजीको टाँगा जोडका साथ अगाडि बढेको थियो।
विन्टरबोर्न श्रीमती वाकरको भिक्टोरिया टाँगामा बसेदेखि प्रसन्न मुद्रामा थिएनन् । ‘तपाईँले डेइजीलाई असम्मानजनक व्यवहार गर्नुभएको थियो,’ उनीहरूको टाँगा गल्लीबाट ताँतीमा छिर्दै गर्दा इमान्दार हुँदै पेटमा कत्तिपनि कुरा नराखी विन्टरबोर्नले भने।
‘उनको यस्तो हठको अगाडि म सम्मानजनक व्यवहार गर्न चाहन्नँ। म गम्भीर हुन चाहन्छु,’ विन्टरबोर्नकी साथीले भनिन् ।
‘अँ, तपाईंको यस्तो गम्भीरपनले उनको भावनामा चोटमात्र पुर्याइरहेको थिएन तपाईंप्रति घृणा पनि उत्पन्न गराइरहेको थियो,’ विन्टरबोर्नले भने ।
‘संयोगले गर्दा ज्यादै राम्रो भएको थियो । डेइजीले आफूलाई पूर्णरूपमा सहमतिमा ल्याउने प्रयास गरेकी भए झनै राम्रो हुनेथियो । डेइजी सहमत भएको भए, उनका अनुसार जो कोहीले पनि काम गर्न सक्दथे,’ श्रीमती वाकरले भनिन्।
‘डेइजीले कसैको जीवन बरबाद गरिरहेकी थिइनन् भनेर मलाई शङ्का पो लाग्दछ त !’ विन्टरबोर्नले भने ।
डेइजीले धेरैको जीवन बरवाद गरिरहेकी छिन् । एक महिना अगाडि देखि नै मैले शङ्का गरिरहेकी थिएँ तर उनी मबाट धेरै टाढा भइरहेकी थिइन्, श्रीमती वाकरले भनिन् ।
‘उनले के गरिरहेकी थिइन् त ?’ विन्टरबोर्नले सोधे ।
‘उनले यस ठाउँमा गर्नै नहुने काम गरिहेकी थिइन् । आफूलाई मन लागेको कुनै पनि युवासाथीसँग सम्बन्ध स्थापना गरी उनीहरूसँग रमाइलो आनन्द लिनु, आफूले चिन्दै नचिनेका इटालेलीसँग कुनै एक कुनामा बसेर गफ गर्नु, तिनीहरूसँग हरेक दिन पुरै साँझ नाँचेर बस्नु र राति एघार बजे पनि कुनै युवासाथीलाई भेट दिनु आदि यस्तै कमजोर क्रियाकलाप थिए। जब कुनै युवासाथी उनलाई भेट्न आउँदथे, उनकी आमाले डेइजीलाई एक्लै छाडी आफू टाढै जाने गर्दीथन्,’ श्रीमती वाकरले भनिन्।
‘उनको भाइ त मध्यरातसम्म पनि सुत्दैन, होइन र ?’ विन्टरबोर्नले हाँस्दै भने ।
‘यो काम उसको लागि रोचक भए तापनि उसले यस्तो बानी सुधानुपर्दछ। मलाई धेरैले भनेका छन्, तिनीहरू बसेको होटलमा हरेकले डेइजीको बारेमा कुरा काट्दछन्। जब कुनै युवक होटलमा आएर उनलाई भेट्न त्यहाँका कामदारसँग सोध्दछन् तब तिनीहरू मुखामुख गरी हाँस्न थाल्दछन्,’ श्रीमती वाकरले भनिन् ।
‘ती कामदारहरूलाई फाँसी दिनुपर्दछ ! ती बिचरी युवतीको एउटा मात्र दोष के हो भने उनी ज्यादै असभ्य छिन्, विन्टरबोर्नले रिसाउँदै भने ।
‘डेइजी स्वभावैले रूखी छिन्। उनको आज बिहानको व्यवहार त देख्नुभएको थियो नि । तपाईँ उनीसँग भेभेईमा कति समयदेखि परिचित भइरहनुभएको थियो ?’ श्रीमती वाकरले भनिन् ।
‘दुई दिनदेखि,’ विन्टरबोर्नले भने ।
‘कस्तो अचम्म ! तपाईँ दुई दिनको चिनजानीमै उनको व्यक्तिगत आकर्षणबाट लठ्ठिनु भएको हो त ? त्यसैले उनलाई भेभेईबाट रोममा भेट्न आउनु भएको हो त !’ श्रीमती वाकरले भनिन् ।
विन्टरबोर्न केही क्षण मौन रहेर भने, ‘तपाईँ र म लामो समयसम्म नगरीमा बस्दा पनि मलाई उनको बारेमा शङ्का लागिरहेको थियो, श्रीमती वाकर ! अनि तपाईँले मलाई डेइजीसँग जान नदिएर किन आफ्नो टाँगामा लिएर आइरहनुभएको हो त ?’
‘म चाहन्छु, तपाईँले डेइजीसँगको सम्बन्ध तोड्नुहोस्। उनीसँग विवाहपूर्व सम्बन्ध स्थापना गरी रमाइलो आनन्द नलिनुहोस् । उनलाई एक्लै छाडिदिनुहोस,’ श्रीमती वाकरले भनिन् ।
“माफ गर्नुहोस् । यस्तो अप्रिय काम म गर्न सक्दिनँ । म उनलाई ज्यादै मनपराउँछु,’ विन्टरबोर्नले भने।
‘जति धेरै तर्क गरे पनि तपाईंले डेइजीलाई अनैतिक काम गर्ने युवती बनाउनको लागि सहयोग गरिरहनु हुँदैन, श्रीमती वाकरले भनिन।
“म उनीसँग गर्ने क्रियाकलापमा कुनै पनि अनैतिक सोचाइ राख्ने छैन,’ विन्टरबोर्नले भने। ‘उनको युवासाथीको सोचप्रति अवश्य पनि केही धारणा होला तर मेरो सोचाइले जे ठम्यायो त्यो मैले तपाइँलाई भनेकी हुँ। यदि तपाईंले ती युवतीलाई पुनः भेट्न चाहनुहुन्छ भने म तपाईँलाई टाँगाबाट उत्रने अवसर दिनेछु । सम्भवतः तपाईंले तिनलाई भेट्नसक्नु हुनेछ,’ श्रीमती वाकरले भनिन् ।
रोमको पर्खाललाई ढाकेको पिन्सियन बगैँचा हुँदै टाँगाले यात्रा गरिरहेको थियो जहाँबाट रोमको विदाका दिन बिताउने सुन्दर बोर्गहेज अतिथिगृह देखिन्थ्यो । यसलाई ठुलो पर्खालले घेरेको थियो। त्यो पर्खालको नजिकै बस्नको लागि धेरै आसन बनाइएका थिए। टाढाका ती धेरै आसनमध्ये एउटामा दुई मानिस बसिरहेका थिए । ती युवा र यवती थिए। उनीहरू भएतर्फ श्रीमती वाकरले टाउको फकाइन्। छिट्टै नै तिनीहरू पर्खालतर्फ गइरहेका थिए। विन्टरबोर्नले टाँगा चालकलाई टाँगा रोक्न भने। उनी टाँगाबाट झरे। उनकी टाँगाकी साथीले उनलाई केही समय मौन भएर हेरिरहिन्। त्यसपछि जब विन्टरबोर्नले टोप लगाए, तिनले एकदम फुर्तीसाथ टाँगालाई अगाडि बढाइन् । विन्टरबोर्नले त्यहाँ उभिएर डेइजी र उनको युवासाथीलाई हेरिरहेका थिए। उनीहरूले स्पष्टरूपमा कसैलाई पनि देखिरहेका थिएनन् । उनीहरू ज्यादै गहिरो मायाप्रीतिका वार्तालापमा लठ्ठिइरहेका थिए । कुरा गर्दागर्दै अतिथिगृहको बगैँचाको होचो पर्खाल नजिकै पुगेपछि उनीहरू एकैछिन उभिएर सल्लाका रूखहरूको बिचमा अवस्थित उक्त विशाल अतिथिगृहको धुरीतिर हेर्न थाले। त्यसपछि गिओभानेलि बगैँचाको पर्खालमाथि रहेको ठुलो ढुङ्गामाथि सजिलो गरी बसे। तिनीहरूको माथिको सूर्य पश्चिमतर्फ अस्ताउन लागिरहेका थिए। सूर्यले दुईवटा बादलका टुक्राका बिचबाट चहकिला किरण पठाइरहेका थिए। गिओभानेलिले डेइजीको छाता उनको हातबाट खोसेर लिई आफूले ओढे। डेइजी उनको नजिकै गइन्। गिओभानेलिले डेइजीलाई पनि छाता ओढाए । गिओभानेलिले एकछिनसम्म छाता समातेर डेइजीलाई ओढाइरहेका थिए अनि उनले डेइजीको काँधमा छाता बिसाए जसको कारण ती दुईवटा टाउका विन्टरबोर्नबाट लुकिरहेका थिए । विन्टरबोर्नलाई त्यो ठाउँ छाडन मन लागिरहेको थिएन । उनी त्यहाँ एकछिन बसेका थिए। त्यसर्पाछ उनी हिँड्न सुरू गरे तर उनी ती छाता ओढेका जोडीतर्फ नगई आफ्नी काकी श्रीमती कोस्टलोको निवासतर्फ गइरहेका थिए
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।