‘ती लुगा मनको इच्छा पुरा गर्ने टोपी (विशेष किसिमको जादुको मनचिन्ते टोपी, जसले इच्छाएको पूरा गर्छ) जस्तै थिए होला, हैन त ?’ विन्टरबोर्नले सोधे ।
आफ्ना लुगाको तुलना मनको इच्छा पुरा गर्ने टोपीसँग किन गरेको होला भन्ने कुरा बुझ्ने प्रयास नै नगरी डेइजीले भनिन्, ‘हो, यी लुगाले मलाई सधैँ युरोपमा भएको भान गराउँदथ्यो, तर मैले यी लुगा लगाउन आवश्यक पर्दैनथ्यो। मलाई लाग्दछ, युरोपेलीले धेरै जसो राग्रो कुरा अमेरिकामा पठाएका रहेछन् । स्विटजरल्यान्डका ज्यादै नराम्रा कुरा तपाईँलाई थाह्रै छ होला, मैले भनिरहनु पर्दैन। मैले यहाँको यही कुरा मात्र मन पराउँदिनँ ।’
‘मलाई यहाँको क्लबहरू मन पर्दैन । मलाई त यहाँ कुनै राम्रा क्लब नै छैनन् जस्तो लाग्दछ । यहाँ कुनै राम्रा क्लब भएको भए मलाई थाहा हुन्थ्यो होला नि ! यदि यहाँ राम्रा क्लब छन् भने ती क्लब कहाँ छन् त ? मलाई थाहा छैन। तपाईंलाई यसको बारेमा केही जानकारी छ र ? यहाँ कुनै राम्रा क्लब त हुनुपर्दछ तर मैले त्यस्तो क्लब देखेकी नै छैनँ। म राम्रो क्लबको ज्यादै पारखी हुँ। म सधैँ यस्ता क्लब मन पराउँदछु । यसको मतलब यो होइन कि मैले स्कनेक्टडीको मात्र क्लब मन पराउँदछु । मैले न्युयोर्कको क्लब पनि मन पराउँदछु | हरेक जाडो मौसममा म न्युयोर्क जाने गर्दथेँ । न्युयोर्कमा मेरा धेरै क्लबसँग चिनाजानी छ । गत जाडो मौसममा न्युयोर्कका क्लबहरूले मलाई सत्रवटा रात्रिभोजमा निमन्त्रणा गरेका थिए। तीमध्ये तीनवटामा मलाई पुरूष क्लबले निमन्त्रणा गरेका थिए,’ डेइजीले भनिन् ।
‘स्कनेक्टडीमा भन्दा न्युयोर्कमा मेरा धेरै युवायुवती साथी छन्, उनले पुनः कुरा थपिन् । वार्तालापमा उनी एकछिन मौन रहिन् । उनले विन्टरबोर्नलाई हेरिरहेकी थिइन् । उनका जीवन्त आँखाले विन्टरबोर्नमाथि भएभरको सौन्दर्य खन्याइरहेका थिए। उनको उज्यालो शरीरमा थोरै निराश हाँसो पलाएको थियो । उनले भनिन्, ‘मसँग सधैँ यस्ता साथी हुने गर्दथे । पुरुषको क्लबसँग मेरो ठुलो सम्बन्ध छ।’
विचरा बिन्टरबोर्न आनन्दले लठ्ठिइरहेका थिए। उनको अनुहार रातोपिरो भएको थियो । उनी डेइजीसँग आकर्षित भइरहेका थिए । डेइजीले उनी समक्ष आफ्ना कुरा रोचक ढङ्गले खुलस्त गरिरहेकी थिइन् । उनले अहिलेसम्म एक युवतीले यसरी कुरा गरेको थाहा पाएका थिएनन् ।
विन्टरबोर्नलाई लाग्यो, डेइजी खुलारूपमा कुरा गर्न बानी परेकी रहिछिन्। उनले यसलाई डेइजीको हेलचेक्र्याइँ ठाने । यस्ता कुरा कहाँ, कोसँग र कुन अवस्थामा गर्नुपर्दछ भन्नेबारे डेइजीलाई केही पनि थाहा नभएको उनले अडकल गरे । डेइजी यस बारेमा अपरिपक्व भएको समेत उनले बुझे । उनले डेइजीको कुरामा अवास्तविकता भएको अनुभव गरे । उनले सोचे, यस्ता कुरा जेनेभामा गरिन्छन् त ? विन्टरबोर्न लामो समयसम्म जेनेभामा बसेका थिए । उनले निकै मात्रामा अमेरिकी बानी व्यवहारको स्वाभाविकता गुमाइसकेका थिए। उनी अमेरिकी लवजमा अभ्यस्त हुन छाडिसकेका थिए । विन्टरवोर्न त्यस्ता खालका अमेरिकी चाहनाहरूको प्रशंसा गर्नको लागि परिपक्व भएका थिएनन् । यस्ती अमेरिकी युवतीसँग उनको धेरै अगाडि नै जम्काभेट भएको भए सायद उनले यी कुरामा परिपक्वता हासिल गर्थेहोलान् । डेइजी साँच्ची नै सुन्दर थिइन् तर कस्तो अचम्म ! कति धेरै मिलनसार पनि ! उनी न्युयोर्क राज्यबाट आएकी राम्री युवती मात्र हुन् त ? उनले भनेका सबै कुरा ठिक थिए त ? राम्रा युवतीको पुरूषका क्लबसँग चिनाजानी हुन्छ त ? उनले आफूलाई डररहित र सिद्धान्तविहीन युवतीको रूपमा उभ्याउने योजना त बनाइरहेकी थिइनन् ? विन्टरबोर्नले यी कुरामा आफ्नो सहज बुद्धि गुमाएका थिए। उनले यी प्रश्नमा केही तर्क गरी हेरे। ती तर्कले उनलाई कत्ति पनि मद्दत गर्न सकिरहेका थिएनन् । डेइजी एकदम निर्दोष देखिइरहेकी थिइन्।
उनले अमेरिकी युवती ज्यादै निर्दोष हुन्छन् र हुन्नन् भन्ने दुवै सुनेका थिए । डेइजी विवाहपूर्व युवा साथीसँग मायाप्रीति गाँसेर रमाइलो आनन्द लिने खालकी युवती त होइनन् ? कतै यिनी विवाहपूर्व युवासँग बरालिएर हिँड्नी राम्री युवती त होइनन् ? यी प्रश्नमाथि उनले निकै प्रभावित भएर सोचिरहेका थिए । अहिलेसम्म उनको यस्ती युवतीसँग कुनै सम्बन्ध भएको थिएन । उनले युरोपका दुइतीन जना नारीलाइ राम्रोसँग चिनेका थिए । तिनीहरू डेइजीभन्दा जेठा थिए । तिनीहरू खतरनाक र डरलाग्दा प्रवृत्तिका थिए । तिनीहरूले आफ्ना श्रीमान् लाइ आफ्नै फाइदाको लागि सम्मानको अभिनय गर्दथे। तिनीहरूले गैरकानुनी रूपमा अर्कै पुरुषलाई आफूतिर आकर्षित गरी यौनआनन्द समेत लिने गर्दथे । उनले सोचे, यी युवती यस अर्थमा थुप्रै युवालाई आकर्षण गर्ने खालकी होइनन् । उनी ज्यादै सरल छिन् । उनी केवल विवाहपूर्व युवा साथीसँग मायाप्रीति गाँसेर रमाइलो आनन्द लिने खालकी युवती मात्र हुन्। विन्टरबोर्न डेइजीको बारेमा धेरै कुरा पत्ता लगाउनको लागि उत्सुक बनिरहेका थिए । उनी बेन्चमा अडेसा लागे । उनले आफैँलाई टिप्प्रणी गर्दै भने, डेइजीको नाक ज्यादै राम्रो छ। मैले अहिलेसम्म यस्तो राग्रो नाक देखेकै थिइनँ । यो नाक उनको अनुहारमा ज्यादै सुहाएको छ । यो नाकले अरूलाई पनि आकर्षित गर्न सक्दछ । मैले डेइजीसँग कस्ता कुरा गर्नुहुन्छ त ? अनि कस्ता कुरा गर्नुहुन्नहोला त ? म छक्क परेको छु । उनले यसबारेमा केही जान्न खोजिरहेका थिए ।
‘तपाईं त्यो महलभित्र प्रवेश गर्नु भएको छ ?’ छाताले टाढा टल्करहेका स्याटु डि चिलोनका भित्ता देखाउँदै उनले सोधिन् ।
‘हो, अगाडि नै, एकपटक भन्दा बढी। तपाईँ पनि त्यो महलभित्र प्रवेश गर्नु भएकै होला ? तपाईंले त्यो महलको भ्रमण गर्नु भएको छैन त ?’ विन्टरबोर्नले सोधे ।
‘अहँ, हामी त्यो महलभित्र प्रवेश गरेका छैनौँ । मलाई त्यो महलभित्र प्रवेश गर्ने इच्छा एकदम छ । वास्तवमा मेरो लक्ष्य त्यो महलभत्र प्रवेश गर्नु हो । त्यो पुरानो महलको भ्रमणको अनुभव नलिई म यो ठाउँ छाडेर जान चाहन्नँ, डेइजीले भनिन् ।
‘समूहमा त्यो महलमा जाने यात्रा मिलाउने हो भने एकदम आनन्ददायी हुन्छ। महलसम्मको यात्रा ज्यादै सजिलो पनि छ। तपाईंलाई थाहा छ ? तपाईं त्यै डुंगा चलाएर जान सक्नुहुन्छ वा सानो पानीजहाजबाट पनि जान सक्नुहुन्छ,’ विन्टरबोर्नले भने ।
‘तपाईं सानो रेलगाडीबाट पनि त्यहाँ जान सक्नुहुन्छ,’ डेइजीले भनिन्।
‘हो, तपाईं सानो रेलगाडीबाट पनि त्यहाँ जान सक्नुहुन्छ,’ डेइजीको भनाइमा सहमति जनाउँदै विन्टरबोर्नले भने ।
‘हाम्रो कुरियर (विदेशमा विशेषतः एक्ला नारी यात्रीका लागि यात्राका क्रममा पर्यटक मार्गदर्शक र यात्रासम्बन्धी व्यवस्था मिलाउनका लागि काम गर्ने नोकर) भन्दछ, पर्यटक मार्गदर्शकले हामीलाई त्यो महलमा लैजान्छन् रे। हामी गत हप्ता त्यहाँ गइरहेका थियौँ । मेरी आमा ज्यादै थाक्नु भएको थियो । उहाँ अजीर्णको रोगबाट ज्यादै पीडित हुनुहुन्छ । उहाँले आफू हिँड्न नसक्ने कुरा भन्नुभयो र बीचैमा यात्रा त्याग्नु भयो । यस्ता यात्रामा ¥यान्डोल्फ जान चाहन्न । ऊ पुराना महलप्रति चाख राख्दैन। ऊ हामीसँग जाने भएमा हामी यो हप्ता त्यहाँ जान्छौं होला,’ डेइजीले भनिन् ।
‘तपाईँको भाइले ऐतिहासिक भवनको बारेमा रूचि राख्दैन त,’ बिन्टरबोर्नले हाँस्दै सोधे ।
‘ऊ पुराना महलका बारेमा त्यति ध्यान दिन्नँ भनी भन्दछ । ऊ केवल नौ वर्षको छ। ऊ होटलमा बस्न मन पराउँदछ । आमाले उसलाई एक्लै छाडन डराउनुहुन्छ। कुरियर पनि ऊसँग बस्न चाहँदैन । यी कारणले गर्दा हामी धेरै ठाउँमा गएका छैनौं तर त्यो महलमा गएनौं भने हामी धेरै कुरा देख्न र जान्नबाट वञ्चित हुनेछौँ,’ डेइजीले स्याटु डि चिलोनलाई देखाउँदै भनिन्।
‘मलाई लाग्दछ, हामीले त्यो महलमा जाने बन्दोबस्त मिलाउनुपर्दछ तपाईंले दिउँसोमा रेन्डोल्फसँग बस्ने कोही खोज्न सक्नुहुन्न र ?’ विन्टरबोर्नले सोधे ।
डेड्जीले उनलाई एकछिन ठाडै हेरिन् र त्यसपछि शान्त हुँदै भनिन्, म चाहन्छु, हामी त्यो महलको यात्रामा जाँदा तपाईं -यान्डोल्फसँग बस्नु पर्दछ ।’
विन्टरबोर्नले एकछिन अक्मकाएर भने, मैले चिलोनको यात्रामा तपाइँसँग जाने इच्छा एकदम गरेको छु ।’
‘मसँग ?’ युवतीले शान्त हुँदै सोधिन्।
उनको अनुहारमा खुसी छाइरहेको थिएन । उनले लाज मानिरहेकी थिइन् । उनले जेनेभा नगरीका युवतीहरूले जस्तै लाज मानिरहेकी थिइन् । उनको अनुहार लाजले रातो भइरहेको थियो । बिन्टरबोर्नले धेरै गल्ती गरेको महसुस गरे तर उनले भन्ने साहस भने गुमाएका थिएनन् । ‘तपाईँकी आमासँग’, उनले सम्मानपूर्वक तरिकाले उत्तर दिए।
उनी डेइजीसँग कुराकानी गर्दै जाँदा साहस तथा सम्मान गुमाएकाजस्ता देखिन्थे । ‘मलाई लाग्दछ, मेरी आमा कुनै पनि हालतमा त्यो महलमा जानुहुने छैन। उहाँ दिउँसो पहाड चढ्न मन पराउनुहुन्न । तपाईं त्यो महलभित्र प्रवेश गर्न चाहनुको साँच्चीकै अर्थ के हो त ?’ डेइजले सोधिन् ।
म भित्रको तीव्र चाहना,’ विन्टरबोर्नले भने ।
‘त्यसो भए, हामीले यात्राको बन्दोबस्त मिलाउन सक्दछौँ । सायद आमा -यान्डोल्फसँग बस्नुहुनेछ होला । मलाई लाग्दछ, युजिनले पनि मेरो भाइसँग बस्न अस्वीकार गर्दैन होला,’ डेइजीले भनिन् ।
‘युजिन ?’ ती युवकले सोधे ।
‘युजिन हाम्रो कुरियर हो। ऊ -यान्डोल्फसँग बस्न मन पराउँदैन । मलाई लाग्दछ, ऊ सबैभन्दा राम्रा कुरा मात्र गर्न मन पराउने मानिस हो । ऊ जस्तो मानिसलाई मैले यसभन्दा अगाडि देखेकी नै थिइनँ, तर ऊ फुर्तिलो छ । मेरी आमाले चाहेमा ऊ -यान्डोल्फसँग होटलमा बस्नेछ अनि हामी त्यो महलमा जान सक्नेछौँ,’ डेइजीले भनिन् । विन्टरबोर्नले एकैछिन सोचे, ‘हामी’ को मतलब डेइजी र म सम्भव छ त? यो कार्यक्रम झन्डै सहमतिको नजिक पुगिरहेको थियो । कार्यक्रम सफल हुनेमा दुवै विश्वस्त भइरहेको आभास पाइन्थ्यो । उनले ती युवतीको हातमा चुमेको कल्पना गरे । उनको कल्पनाले साकाररूप धारण गर्न पाएन । उनले साँच्ची नै हेइजीको हात चुम्थे होलान् तर त्यहाँ पहिले नै चर्चा गरिएको मानिस उपस्थित भयो। ऊ युजिन थियो। ऊ अग्लो थियो। ऊ रूपवान् थियो। उसका सानदार जुँगा थिए। उसले परम्परागतरूपमा बिहान लगाउने मखमलको लामो कोट लगाएको थियो। उसले हातमा घडी पनि बाँधेको थियो । उसको घडीको फिता एकदम चहकिलो थियो । ऊ डेइजीको नजिकै आयो । उसले विन्टरबोर्नलाई आँखा गाडेर हेन्यो। ‘ए युजिन !’ डेइजीले मित्रवत् तरिकाले पुकारिन् ।
युजिनले विन्टरबोर्नलाई शिरदेखि पाउसम्म नियालेर हेर्यो। उसले युवतीलाई अभिवादन गर्यो । उसले भन्यो, ‘म मैयाँलाई बिहानको भोजन टेबलमा ज्युनार गर्नको लागि राखिएको कुरा भन्न पाउँदा खुसी छु ।’
डेइजी बिस्तारै उठिन्। उनले भनिन्, ‘बुझ्यौ युजिन, म जसरी पनि त्यो पुरानो महलमा जाँदैछु ।’
‘स्याटु डि चिलोनमा मैयाँ ? मैयाँले सबै तयारी गर्नुभयो त ?’ कुरियरले सोध्यो। यी प्रश्नले विन्टरबोर्नलाई ज्यादै नराम्रोसँग आघात पारिरहेका थिए।
युजिनका यी भनाइले बिन्टरबोर्नलाई बाण प्रहार गरेका थिए । यसले डेइजीलाई पनि चिन्ता उत्पन्न गराएको थियो। अनि सूक्ष्मरूपमा एउटी युवतीको अवस्थामाथि पनि व्यङ्ग्य गरेको थियो । डेइजीको अनुहार लाजले थोरै रातो भएको थियो। उनले भनिन्, ‘तपाईंले आफ्नो वचन फिर्ता लिन सक्नुहुन्छ र ?’
‘हामी त्यहाँ नगएसम्म म खुसी हुनेछैन,’ अस्वीकृति जनाउँदै विन्टरबोर्नले भने।
‘तपाईं यही नै होटलमा बसिरहनु भएको छ त ? तपाईं साँच्ची नै अमेरिकी हुनुहुन्छ त ?’ डेइजीले कुरा अगाडि बढाइन् ।
कुरियर उभिइरहको थियो । उसले विन्टरबोर्नलाई हेरिरहेको थियो । उसले आफ्नो चित्त दुखाइरहेको थियो । विन्टरबोर्नले सोचे, यसले डेइजीलाई पनि चित्त दुखाउँदै हेरिरहेको छ। डेइजी सहजरूपमा सबैसँग चिनाजानी गर्न अभ्यस्त थिइन्। यो बानीको दोष यहाँ प्रस्टरूपमा देखिएको थियो । ‘मैले तपाईं समक्ष एक जना मानिस प्रस्तुत गर्ने अवसर पाउँछु र ? उहाँले मेरा बारेमा सबै कुरा भन्नुहुनेछ । यसो भएमा म ज्यादै खुसी हुनेछु,’ आफ्नी काकीलाई सम्झँदै उनले हाँस्दै भने।
‘ठीक छ, हामी कुनै दिन उहाँकोमा जानेछौँ,’ डेइजीले भनिन् । उनी विन्टरबोर्नतर्फ फर्केर मुसुक्क हाँसिन् अनि फरक्क होटलतिर फर्किइन् र छाता हातमा लिँदै युजिनको पछिपछि होटलतिर लागिन् । डेइजी आफ्नो सेतो मलमल फ्रकको पारी तान्दै हिँडिरहेकी थिइन् । उनी हिँडेको बाटोमामाथि ढुङ्गा बिछ्याइएका थिए। उनी हिँडेको दृश्य विन्टरबोर्नले उभिएर हेरिरहेका थिए । विन्टरबोर्नले सोचे, यिनमा राजकुमारीको जस्तो सुन्दरता र रूप छ।
‘समूहमा त्यो महलमा जाने यात्रा मिलाउने हौ भने एकदम आनन्ददायी हुन्छ। महलसम्मको यात्रा ज्यादै सजिलो पनि छ। तपाईंलाई थाहा छ ?
तपाईं त्यै डुंगा चलाएर जान सक्नुहुन्छ वा सानो पानीजहाजबाट पनि जान सक्नुहुन्छ,’ विन्टरबोर्नले भने ।
‘तपाईं सानो रेलगाडीबाट पनि त्यहाँ जान सक्नुहुन्छ,’ देइजीले भनिन्।
‘हो तपाईं सानो रेलगाडीबाट पनि त्यहाँ जान सक्नुहुन्छ,’ डेइजीको भनाइमा सहमति जनाउँदै विन्टरबोर्नले भने ।
‘हाम्रो कुरियर (विदेशमा विशेषतः एक्ला नारी यात्रीका लागि यात्राका क्रममा पर्यटक मार्गदर्शक र यात्रासम्बन्धी व्यवस्था मिलाउनका लागि काम गर्ने नोकर) भन्दछ, पर्यटक मार्गदर्शकले हामीलाई त्यो महलमा लैजान्छन् रे। हामी गत हप्ता त्यहाँ गइरहेका थियौँ । मेरी आमा ज्यादै थाक्नु भएको थियो । उहाँ अजीर्णको रोगबाट ज्यादै पीडित हुनुहुन्छ । उहाँले आफू हिँड्न नसक्ने कुरा भन्नुभयो र बीचैमा यात्रा त्याग्नु भयो । यस्ता यात्रामा
-यान्डोल्फ जान चाहन्न । ऊ पुराना महलप्रति चाख राख्दैन। ऊ हामीसँग जाने भएमा हामी यो हप्ता त्यहाँ जान्छौं होला,’ डेइजीले भनिन् ।
‘तपाईँको भाइले ऐतिहासिक भवनको बारेमा रूचि राख्दैन त,’ बिन्टरबोर्नले हाँस्दै सोधे ।
‘ऊ पुराना महलका बारेमा त्यति ध्यान दिन्नँ भनी भन्दछ । ऊ केवल नौ वर्षको छ। ऊ होटलमा बस्न मन पराउँदछ । आमाले उसलाई एक्लै छाडन डराउनुहुन्छ। कुरियर पनि ऊसँग बस्न चाहँदैन । यी कारणले गर्दा हामी धेरै ठाउँमा गएका छैनौं तर त्यो महलमा गएनौं भने हामी धेरै कुरा देख्न र जान्नबाट वञ्चित हुनेछौँ,’ डेइजीले स्याटु डि चिलोनलाई देखाउँदै भनिन्।
‘मलाई लाग्दछ, हामीले त्यो महलमा जाने बन्दोबस्त मिलाउनुपर्दछ तपाइँले दिउँसोमा -यान्डोल्फसँग बस्ने कोही खोज्न सक्नुहुन्न र ?’ विन्टरबोर्नले सोधे ।
डेइजीले उनलाई एकछिन ठाडै हेरिन् र त्यसपछि शान्त हुँदै भनिन्, ‘म चाहन्छु, हामी त्यो महलको यात्रामा जाँदा तपाइँ रेन्डोल्फसँग बस्नु पर्दछ ।’
विन्टरबोर्नले एकछिन अक्मकाएर भने, ‘मैले चिलोनको यात्रामा तपाइँसँग जाने इच्छा एकदम गरेको छु ।’
‘मसँग ?’ युवतीले शान्त हुँदै सोधिन्।
उनको अनुहारमा खुसी छाइरहेको थिएन । उनले लाज मानिरहेकी थिइन् । उनले जेनेभा नगरीका युवतीहरूले जस्तै लाज मानिरहेकी थिइन् । उनको अनुहार लाजले रातो भइरहेको थियो । बिन्टरबोर्नले धेरै गल्ती गरेको महसुस गरे तर उनले भन्ने साहस भने गुमाएका थिएनन् । ‘तपाईँकी आमासँग’, उनले सम्मानपूर्वक तरिकाले उत्तर दिए।
उनी डेइजीसँग कुराकानी गर्दै जाँदा साहस तथा सम्मान गुमाएकाजस्ता देखिन्थे । ‘मलाई लाग्दछ, मेरी आमा कुनै पनि हालतमा त्यो महलमा जानुहुने छैन। उहाँ दिउँसो पहाड चढ्न मन पराउनुहुन्न । तपाईं त्यो महलभित्र प्रवेश गर्न चाहनुको साँच्चीकै अर्थ के हो त ?’ डेइजले सोधिन् ।
‘म भित्रको तीव्र चाहना,’ विन्टरबोर्नले भने ।
‘त्यसो भए, हामीले यात्राको बन्दोबस्त मिलाउन सक्दछौँ । सायद आमा -यान्डोल्फसँग बस्नुहुनेछ होला । मलाई लाग्दछ, युजिनले पनि मेरो भाइसँग बस्न अस्वीकार गर्दैन होला,’ डेइजीले भनिन् ।
‘युजिन ?’ ती युवकले सोधे ।
‘युजिन हाम्रो कुरियर हो। ऊ -यान्डोल्फसँग बस्न मन पराउँदैन । मलाई लाग्दछ, ऊ सबैभन्दा राम्रा कुरा मात्र गर्न मन पराउने मानिस हो । ऊ जस्तो मानिसलाई मैले यसभन्दा अगाडि देखेकी नै थिइनँ, तर ऊ फुर्तिलो छ । मेरी आमाले चाहेमा ऊ -यान्डोल्फसँग होटलमा बस्नेछ अनि हामी त्यो महलमा जान सक्नेछौँ,’ डेइजीले भनिन् ।
विन्टरबोर्नले एकैछिन सोचे, ‘हामी’ को मतलब डेइजी र म सम्भव छ त? यो कार्यक्रम झन्डै सहमतिको नजिक पुगिरहेको थियो । कार्यक्रम सफल हुनेमा दुवै विश्वस्त भइरहेको आभास पाइन्थ्यो । उनले ती युवतीको हातमा चुमेको कल्पना गरे । उनको कल्पनाले साकाररूप धारण गर्न पाएन ।
उनले साँच्ची नै डेइजीको हात चुम्थे होलान् तर त्यहाँ पहिले नै चर्चा गरिएको मानिस उपस्थित भयो। ऊ युजिन थियो। ऊ अग्लो थियो। ऊ रूपवान् थियो। उसका सानदार जुँगा थिए। उसले परम्परागतरूपमा बिहान लगाउने मखमलको लामो कोट लगाएको थियो। उसले हातमा घडी पनि बाँधेको थियो । उसको घडीको फिता एकदम चहकिलो थियो । ऊ डेइजीको नजिकै आयो । उसले विन्टरबोर्नलाई आँखा गाडेर हेन्यो। ‘ए युजिन !’ डेइजीले मित्रवत् तरिकाले पुकारिन् ।
युजिनले विन्टरबोर्नलाई शिरदेखि पाउसम्म नियालेर हेर्यो। उसले युवतीलाई अभिवादन गर्यो । उसले भन्यो, ‘म मैयाँलाई बिहानको भोजन टेबलमा ज्युनार गर्नको लागि राखिएको कुरा भन्न पाउँदा खुसी छु ।’
डेइजी बिस्तारै उठिन्। उनले भनिन्, ‘बुझ्यौ युजिन, म जसरी पनि त्यो पुरानो महलमा जाँदैछु ।’
‘स्याटु डि चिलोनमा मैयाँ ? मैयाँले सबै तयारी गर्नुभयो त ?’ कुरियरले सोध्यो। यी प्रश्नले विन्टरबोर्नलाई ज्यादै नराम्रोसँग आघात पारिरहेका थिए।
युजिनका यी भनाइले बिन्टरबोर्नलाई बाण प्रहार गरेका थिए । यसले डेइजीलाई पनि चिन्ता उत्पन्न गराएको थियो। अनि सूक्ष्मरूपमा एउटी युवतीको अवस्थामाथि पनि व्यङ्ग्य गरेको थियो । डेइजीको अनुहार लाजले थोरै रातो भएको थियो। उनले भनिन्, ‘तपाईंले आफ्नो वचन फिर्ता लिन सक्नुहुन्छ र ?’
‘हामी त्यहाँ नगएसम्म म खुसी हुनेछैन,’ अस्वीकृति जनाउँदै विन्टरबोर्नले भने।
‘तपाईं यही नै होटलमा बसिरहनु भएको छ त ? तपाईं साँच्ची नै अमेरिकी हुनुहुन्छ त ?’ डेइजीले कुरा अगाडि बढाइन् ।
कुरियर उभिइरहको थियो । उसले विन्टरबोर्नलाई हेरिरहेको थियो ।
उसले आफ्नो चित्त दुखाइरहेको थियो । विन्टरबोर्नले सोचे, यसले डेइजीलाई पनि चित्त दुखाउँदै हेरिरहेको छ। डेइजी सहजरूपमा सबैसँग चिनाजानी गर्न अभ्यस्त थिइन्। यो बानीको दोष यहाँ प्रस्टरूपमा देखिएको थियो ।
‘मैले तपाईं समक्ष एक जना मानिस प्रस्तुत गर्ने अवसर पाउँछु र ? उहाँले मेरा बारेमा सबै कुरा भन्नुहुनेछ । यसो भएमा म ज्यादै खुसी हुनेछु,’ आफ्नी काकीलाई सम्झँदै उनले हाँस्दै भने।
‘ठीक छ, हामी कुनै दिन उहाँकोमा जानेछौँ,’ डेइजीले भनिन् । उनी विन्टरबोर्नतर्फ फर्केर मुसुक्क हाँसिन् अनि फरक्क होटलतिर फर्किइन् र छाता हातमा लिँदै युजिनको पछिपछि होटलतिर लागिन् । डेइजी आफ्नो सेतो मलमल फ्रकको पारी तान्दै हिँडिरहेकी थिइन् । उनी हिँडेको बाटोमामाथि ढुङ्गा बिछ्याइएका थिए। उनी हिँडेको दृश्य बिन्टरबोर्नले उभिएर हेरिरहेका थिए । विन्टरबोर्नले सोचे, यिनमा राजकुमारीको जस्तो सुन्दरता र रूप छ।
(प्रथम अध्याय समाप्त । अर्को साता द्वितीय अध्याय सुरू हुनेछ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।