विन्टरबोर्न डेइजीसँग आकर्षित भइरहेका थिए | उनले डेइजीको बारेमा आफ्नी काकीसँग कुरा गर्ने निर्णय समेत गरे । उनलाई काकीसँग डेइजीको बारेमा आफूले जानेभन्दा बढी कुरा बढाइ-चढाइ गरी भन्न मन लागिरहेको थियो । उनी मानसिकरूपमा तयार भए र काकीलाई भेट्न होटेलको कोठातिर लागे। उनी काकीको कोठा अगाडि पर्खेर बसिरहे । यतिबेला काकीको टाउको दुखिरहेको थियो। काकीलाई सन्चो भएको कुरा उनले थाहा पाए। उनी कोठाभित्र प्रवेश गरी काकीलाई भेटे । उनले काकीको स्वास्थ्यको बारेमा एकछिन जानकारी लिएका थिए | उनले काकीलाई त्यस होटलमा बसेका आमा, छोरा र छोरीसहितका एक अमेरिकी परिवारलाई देखे नदेखेको सोधे ।
‘अनि एक जना कुरियर पनि ?’ श्रीमती कोस्टलोले सोधिन्। उनले भनिन्, ‘ए, हो, मैले तिनीहरूलाई देखेकी छु। तिनीहरूलाई भेटेकी र तिनीहरूको बारेमा जानकारी पनि लिएकी छु र म तिनीहरूको चालचलनबाट टाढा रहेकी छु।’ श्रीमती कोस्टलो यी कुरासँग बारम्बार परिचित थिइन् । उनी ख्यातिप्राप्त धनी विधवा थिइन् । उनलाई नराम्रोसँग टाउको दुख्ने रोग लागेको थियो। यदि उनी स्वस्थ भएको भए समाजमा प्रतिष्ठा आर्जन गरिसकेकी हुन्थिन् । उनको अनुहार लामो पहेँलो वर्णको थियो । उनको नाक अग्लो सलक्क परेको थियो। उनको कपाल सेतो थियो । यो घुम्री परेको र आकर्षक थियो । उनले यसको टाउकोमाथि राम्रो गुच्छा बनाउँदथिन् । उनका तीनवटा छोरा थिए, तीमध्ये दुईवटा विवाहित छोरा न्युयोर्कमा थिए । उनको अर्को छोरा त्यतिबेला युरोपमा थिए । विन्टरबोर्नले आफ्नो नरम टोप छामेर आनन्द लिइरहेका थिए। उनी यतिबेला यात्रामा थिए । उनलाई यात्रा गर्नको लागि उनकी आमाले एउटा सहर रोजिदिएकी थिइन् । यो सहरको यात्रा उनको आमाले पहिल्यै गरिसकेकी थिइन् । यो सहर उनको आमालाई मन परेको पनि थियो तर यस समयमा उनले त्यो सहरको यात्रा गर्न सोचिरहेका थिएनन् । उनले भेभेई सहरमा आफ्नी काकीलाई भेट्नुको उद्देश्य उनलाई महत्त्वपूर्ण कुरा व्यक्त गर्नु थियो। आफ्नी आमालाई मन परेको सरहको यात्राभन्दा यो कुरा उनको लागि महत्त्वपूर्ण थियो । यतिबेला उनलाई आफ्नी आमाको कुराले भन्दा पनि काकीले भनेको कुराले प्रभाव पारिरहेको थियो । काकीको व्यक्तित्वको बारेमा उनले जेनेभा नगरीमा धेरै कुरा बुझिसकेका थिए । उनलाई लाग्यो, काकीले भनेको कुरामा सतर्क हुनुपर्दछ । श्रीमती कोस्टलोले विन्टरबोर्नलाई धेरै वर्षपछि भेटेकी थिइन् । विन्टरबोर्नलाई भेट्न पाउँदा उनी ज्यादै खुसी भएकी थिइन् । उनले अमेरिकाको राजधानीमा धेरै गोप्य प्रभाव पारेकी थिइन् । उनले यसको बारेमा विन्टरबोर्नसँग कुरा गरेकी थिइन् | उनले विन्टरबोर्नलाई यी प्रभावको महत्त्वको बारे पनि खुलस्त गरेकी थिइन् | विन्टरबोर्नले यसलाई स्वीकारेका थिए । नयाँ मानिसलाई सजिलै उच्च सामाजिक स्तरमा स्वीकार नगर्ने आफ्नो स्वभाव भएको उनले विस्तरबोर्नलाई बताएकी थिइन् । विन्टोरबोर्नले उनको यो स्वभाव भएको यतिबेला नै थाहा पाएका थिए किनभने उनी न्युयोर्कमा काकीसँग त्यति धेरै परिचित हुन पाएका थिएनन् । उनले न्युयोर्क सहरमा निम्न र उच्च दर्जाका कर्मचारीको नीति नियमको पूर्णरूपमा चर्चा गरेकी पनि थिइन् । उनको कर्मचारीप्रतिको धारणा विन्टरबोर्नले कल्पना गर्न समेत सकेका थिएनन् । यो धारणा एकदम निर्दयी एवं असामाजिक थियो |
उनको भनाइबाट विन्टरबोर्नले तत्कालै बुझेका थिए, डेइजीको परिवारको सामाजिक स्थान निम्नस्तरको छ । ‘तपाईँले डेइजीको परिवारलाई स्वीकार नगरेकोमा म दुःखी छु,’ बिन्टरबोर्नले भने । ‘तिनीहरू निम्नस्तरका अव्यवहारिक अमेरिकीहरू हुन् । तिनीहरूले सामाजिकरूपमा अस्वीकार्य काम गर्दछन्,’ श्रीमती कोस्टलोले भनिन् ।
“त्यसोभए तपाईंले तिनीहरूलाई स्वीकार गर्नुहुन्न ?’ युवकले प्रश्न गरे ।
“मेरो प्रिय फ्रेडरिक, अहँ म तिनीहरूलाई स्वीकार गर्दिनँ । तिनीहरूको सामाजिक स्तरले गर्दा म तिनीहरूलाई स्वीकार गर्न सक्दिनँ । तिनीहरू उच्चस्तरका भए त म तिनीहरूलाई स्वीकार्थेँ होला,’ श्रीमती कोस्टलोले भनिन्।
‘ती युवती एकदम राम्री छिन्,’ विन्टरबोर्नले तत्कालै भने ।
“तिनी साँच्ची नै राम्री छिन् तर तल्लोस्तरकी हुन्,’ उनकी काकीले भनिन् ।
‘तपाईँले भन्न खोजेको कुरा मैले बुझेँ,’ विन्टरबोर्नले एकछिन रोकिएर भने ।
‘तिनको परिवारमा मात्र देखावटी आकर्षण छ । यही मात्र तिनको परिवारको सकारात्मक पक्ष हो। तिनको परिवार कसरी आकर्षक हुन पुगेका थिए, म कल्पनासम्म गर्न सक्दिनँ । लुगाले मात्र मानिसलाई आकर्षक बनाउँदैन । तिनी लुगामा सिँगारिनुको कारण तिमीले बुझेका छैनौ । तिनको परिवारले यस्तो भेषभूषाप्रतिको रूचि कहाँबाट भित्र्याएका थिए, म कल्पनासमेत गर्न सक्दिनँ,’ काकीले कुरा अगाडि बढाइन्।
‘तर मेरी प्रिय काकी, तिनी तपाईंले भनेजस्तै असभ्य कोमान्च त होइनन् नि !’ विन्टरबोर्नले भने ।
‘तिनी त्यस्ती युवती हुन् जसको आफ्नै आमाको कुरियरसँग बसउठ छ,’ श्रीमती कोस्टलोले भनिन् ।
‘कुरियरसँग बसउठ ?’ युवकले जान्न चाहे ।
‘आमा पनि छोरीजस्तै खराब छिन् । तिनीहरूले कुरियरलाई परिचित मित्रको जस्तो व्यवहार गर्दछन् । तिनीहरूले उसलाई भद्र पुरुषजस्तो ठान्दछन् । कस्तो अचम्मको कुरा, तिनीहरूले सँगै खाना खान्छन् । ऊ जस्तो व्यवहार भएको मानिसलाई यसभन्दा अगाडि कहिल्यै नभेटेको जस्तो ठान्दछन् उसलाई राम्रो व्यवहार भएको मानिस ठान्दछन् । तिनीहरूले उसलाई भद्र पुरुषजस्तो देखिने गरी राम्रो लुगामा सजाउँछन् । उसले सम्भवतः आफू उच्च दर्जाको मानिस जस्तो भएर ती युवतीसँग आफ्नो विचार आदानप्रदान गर्न चाहन्छ । ऊ साँझपख तिनीहरूसँग बगौँचामा कुराकानी गरेर बसिरहन्छ । मलाई लाग्दछ, उसले तिनीहरूसँग चुरोट पिउँछ, ‘ श्रीमती कोस्टलोले भनिन् ।
काकीले डेइजीको परिवारको बारेमा भनेका कुरा विन्टरबोर्न चाखपूर्वक सुनिराखेका थिए । यी कुराले उनलाई डेइजीको बारेमा अरू बढी जानकारी लिन सहयोग गरिरहेका थिए । तिनका यी कुरा केही बहुलट्ठी पाराका थिए । ‘अँ, म कुरियर हैन। तिनी अहिलेसम्म मेरो लागि ज्यादै आकर्षक छिन्,’ विन्टरबोर्नले भने ।
‘तिनीसँग चिनजान गरेको कुरा पहिले नै भनेको भए राम्रो हुन्थ्यो,’ श्रीमती कोस्टलोले गौरवसाथ भनिन् ।
“हामीले सामान्यरूपमा बगैँचामा भेट भई थोरै मात्र कुरा गरेका थियौँ,’ विन्टरबोर्नले भने ।
“सामान्यरूपमा ! के भन्यौ तिमीले ? हे ईश्वर, त्यो कुरा फेरि दोहोर्याऊ त !’ तिनले भनिन् ।
‘मैले तिनलाई मेरी आदरणीय काकीसँग परिचय गराउने स्वतन्त्रता पाउनुपर्दछ,’ विन्टरबोर्नले भने ।
“म तिमीप्रति धेरै कृतज्ञ छु,’ तिनले भनिन् ।
“मेरो उत्तरदायित्व मैले तिनलाई तपाईँसँग परिचय गराउनु हो । यसमा तपाईं विश्वस्त हुनुपर्ने थियो,’ विन्टरबोर्नले भने ।
“हे ईश्वर, तिनीसँग को विश्वस्त हुन सक्छ र !’ काकीले भनिन् ।
“तपाईं किन त्यति निर्दयी हुनुभएको काकी ? तिनी ज्यादै राम्री युवती हुन् के !,’ विन्टरबोर्नले भने ।
“मेरो कुरामा विश्वास गरेको भए, तिमीले यस्तो कुरा भन्ने थिएनौ,’ श्रीमती कोस्टलोले गम्भीर हुँदै भनिन् ।
“तिनी ज्यादै असभ्य छिन् तर अचम्मकी सुन्दरी र सुकुमारी पनि । यस कुरालाई प्रमाणित गर्न सक्छु होला जस्तो लाग्दछ । म उनलाई स्याटु डी चिलोनमा लैजाँदैछु,’ विन्टरबोर्नले भने ।
“तिमीहरू सँगै स्याटु डि चिलोनमा जाँदैछौ ? म तिम्रो यो यात्रालाई अनुकूल ठान्दिनँ। तिमीले उनलाई कहिलेदेखि चिनेका छौ र ? यो रमाइलो योजना कहिले बनेको थियो ? स्याटु डि चिलोनको महलमा तिमी चौबिस घण्टा पनि बस्न सक्दैनौ,’ श्रीमती कोस्टलोले भनिन् ।
‘मैले उनलाई आधी घण्टादेखि चिनेको छु,’ विन्टरबोर्नले हाँस्दै भने ।
‘ओहो । ती युवती त कस्ती डरलाग्दी पो रहिछिन्,’ श्रीमती कोस्टलोले भनिन्।
उनका भतिज केही समय मौन भएका थिए । “त्यसोभए तपाईँले यो कुरा साँच्चीकै थाहा पाउनु भएको हो त ?’ उनले गम्भीरतापूर्वक डेइजीका बारेमा यथार्थ जानकारी पाउने उद्देश्यले भने । ‘यो कुरा तपाईँले साँच्चीकै थाहा पाउनु भएको हो त ?’ उनले आफ्नो प्रश्न दोहोच्याउँदै एकछिन
रोकिए।
‘मैले भनेको कुरामा सोच, बाबु” उनकी काकीले भनिन् ।
‘उनी यस्ती युवती हुन् जसले छिटो वा ढिलो कुनै युवकको मन जित्ने प्रयत्न गर्दछिन्,’ विन्टरबोर्नले भने ।
‘मलाई लाग्दछ, तिमीले यस्ती चिन्दै नचिनेकी तुच्छ अमेरिकी युवतीसँग सम्बन्ध स्थापना गर्न खोज्नु राम्रो हुन्न। तिमी आफैँ उनलाई असभ्य पनि भन्दछौ । तिमी लामो समयदेखि आफ्नो देश बाहिर रहेको हुनाले तिमीले ठुलो गल्ती गर्न गइरहेका छौ। यस कुरामा तिमी विश्वस्त होऊ । तिमी ज्यादै अपरिपक्व पनि त छौ नि !’ श्रीमती कोस्टलोले भनिन् ।
‘मेरी प्रिय काकी, म त्यति अपरिपक्व छैन,’ विन्टरबोर्नले जुँगामा ताउ दिएर हाँस्दै भने |
“त्यसोभए तिमी ज्यादै दोषी छौ,’ उनकी काकीले भनिन्।
विन्टरबोर्नले गहिरो शोचमग्न हुँदै जुँगामा निरन्तररूपमा ताउ दिइरहेका थिए । ‘त्यसो भए ती विचरी युवतीलाई तपाईंसमक्ष चिनाउने अवसर मलाई दिनुहुन्न त ?’ आखिरमा विन्टरबोर्नले सोधे ।
‘उनी साँच्ची नै तिमीसँग स्याटु डि चिलोनमा जान्छिन् त ? श्रीमती कोस्टलोले सोधिन् ।
“मलाई लाग्दछ, उनी मसँग खुसी भएर जान चाहन्छिन्, विन्टरबोर्नले भने।
“त्यसोभए मेरो प्रिय फ्रेडरिक, म उनीसँगको सम्मानित चिनाजानीमा तलै ओर्लनुपर्ने हुन्छ। म एउटी वृद्धा हुँ तर त्यति धेरै वृद्धा पनि होइन । यस कुराबाट मलाई यति धेरै अघात दिइएकोमा ईश्वरलाई धन्यवाद छ,’ श्रीमती कोस्टलाेले भनिन् ।
…………… क्रमशः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।