
बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।
बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ ।
बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-२” मा यसपटक बाछिटा अभियानकर्ताहरू आर्त अकुलीन, भरत सिग्देल र शिव खनालका साथै वरिष्ठ सर्जकद्वय आनन्द श्रेष्ठ र सिर्जन अविरलका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएको छ । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमशः प्रस्तुत गरिनेछन् । सय जना बाछिटाकारका सय दर्जन बाछिटा सङ्कलित भएपछि “समकालीन नेपाली बाछिटा” नामको कृति प्रकाशन गरिनेछ ।

आर्त अकुलीन
-अमर त्यागी
१. आर्त अकुलीन
गुलाब
फूल यौवन
स्वभाव
साहस
वीरतापूर्ण
बतास
तरुण
फूलको हत्या
करुण
समीर
योगमा प्राण
अमिर
घर छ
हुरीमा लड्ने
डर छ
टारीमा
श्रमको फल
बारीमा
साथमा
मीठो सपना
रातमा
चमेली
फूल बैँसालु
उजेली
सशक्त
फूलको व्यथा
अव्यक्त
संयोग
तुइन टुट्दा
वियोग
सहर
सद्भावनाको
बगर
माटामा
सर्पको नृत्य
बाटामा
~<>~
२. भरत सिग्देल

भरत सिग्देल
संसृष्ट
सृजना माला
उत्कृष्ट
मार्जन
स्वधर्मदीप्ति
आर्जन
विह्वल
नेत्राम्बु वृष्टि
भिमल
विक्षिप्त
कामान्ध हुस्सु
निकृष्ट
विघात
मुटुमा काँडो
विषाद
पल्लिका
आवास पुष्पी
मल्लिका
कण्डिका
लोकोक्तिमधु
चण्डिका
दुर्भाग्य
मृतमातृक
वैराग्य
क्षणिका
उद्वेग चिर्को
कणिका
मातृक
सौजन्य प्रभा
भ्रातृक
अफिम
आस्तिक्य नशा
जोखिम
कैशोर्य
झर्नाको झोक्का
ऐश्वर्य
~<>~
३. शिव खनाल ‘जीवन’

शिव खनाल ‘जीवन’
हातो छ
कर्मणा सृष्टि
जाँतो छ
बाँझो छ
श्रमिक हात
खाँचो छ
प्रेमिल
याद पुरानो
धूमिल
अङ्गार
दुष्टको बोली
स्वभाव
सेवाको
प्रभाव मीठो
मेवाको
व्यथा भो
सनक छद्म
नेताको
गुनमा
नबिक्नु मायाँ
सुनमा
भक्तिको
मूल अनन्त
शक्तिको
सुवास
गम्केको फूल
हृदय
सम्पन्न
दिलमा दया
विपन्न
सारमा
जीवन कर्द
धारमा
जटिल
कर्ममा कष्ट
कुटिल
~<>~
४. आनन्द श्रेष्ठ

आनन्द श्रेष्ठ
गँडेरो
धमिलो पानी
पँधेरो
सापटी
धनको धाक
आपत्ति
तुवाँलो
लागेको दिल
अँध्यारो
बिपनी
सुनका चुरा
सपनी
कक्रनु
ढुङ्गामै रै’छ
फक्रनु
कखरा
छायामा तुच्छ
नखरा
कछुवा
गति उन्नति
पछुवा
कञ्चन
खुसी उज्यालो
मञ्जन
कनौती
खुसीको बस्ती
पनौती
मच्चिन्छ
अहंता ढल्छ
थच्चिन्छ
गथासो
खलोमा छर्ने
छ चासो
बसाल्छ
साथमा अनि
खलाल्छ
~<>~
५. सिर्जन अविरल

सिर्जन अविरल
खबर
आफैँ बेखर
दिनहुँ
झरीमा
गहिरो पीडा
सम्झना
बादल
छोड्दे उज्यालो
जूनको
उनेर
नराख फूल
थुनेर
झरीमा
ओत पाओस् त्यो
चरीले
उनको
नरोक दीप
गुनको
उनको
उज्यालो खस्यो
जूनको
दासीझैँ
देवालयमा
देवी पो
आँसुमा
पग्लेछ कथा
युगको
घृणा भो
राजनीति नै
पीडा भो
छोपियो
उज्यालो जून
मनको
भाँचिन्छ
धरहरा त्यो
अहम्को
~<>~



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
