बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ । बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् ।

अमर त्यागी

साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-७” मा बाछिटा लेखनमा सक्रिय अभियन्ताहरू इन्दिरा प्रसाईँँ, सरस्वती शर्मा जिज्ञासु, सविता खत्री, मङ्गला उपाध्याय र मेनका उपाध्यायका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन् । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिनेछन् । सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहत् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो ।

-अमर त्यागी

पाँच दर्जन बाछिटा

१. इन्दिरा प्रसाईँ

इन्दिरा प्रसाईँ

जीवन्त
प्राकृत भूमि
जोवन

चनाखो
साँढेले बाली
सखाप

रापिलो
मध्यान्न सूर्य
सचेत

इमान
उजाड बन
विस्मृति

कुर्लियो
बैँसको पैह्रो
ओर्लियो

पहिरो
गर्ल्याम्म हर्ष
पुरियो

इज्जत
कालो स्वार्थमा
निर्लज्ज

सलह
सहरभित्र
चर्दै छ

इसारा
अँध्यारो चाल
सतर्क

पाउनु
सम्हाले लक्ष्य
गुमेन

रहर
क्षणभङ्गुर
बुभुक्षा

सहर
पराई घर
बिरानो

<><><>

२. सरस्वती शर्मा जिज्ञासु

सरस्वती शर्मा ‘जिज्ञासु’

अतीत
सम्झना-बिम्ब
अधिक

हितको
साथ सौन्दर्य
मितको

भमरा
हर्ष दसैँको
जमरा

नजर
स्वच्छता चुम्ने
रहर

हिमाल
इमान उच्च
कमाल

विदेश
विरह ताप
अशेष

मुस्कान
शारदी रम्य
बिहान

लोकमा
व्याधिले जन
शोकमा

गुराँस
लाली जोवन
सुवास

पाउमा
ढोग कण्टक
दाउमा

सत्ताको
कालो कुइरो
भत्ताको

प्रकृति
बैँस विनाश
विकृति

<><><>

३. सविता खत्री

सबिता खत्री

पिरती
फूलको बाग
भरती

सुरिलो
जोवनफल
भरिलो

आभास
यौवन सार
सुवास

अखण्ड
अस्मिता भेल
उद्दण्ड

तिर्सना
तापमा आस
बिर्सना

घमण्ड
खहरे जुनी
पाखण्ड

माथमा
आसिक वर्षा
साथमा

विचार
कलुषता हो
विकार

जाग्रत
चेतनाज्योति
तागत

श्राद्ध छ
पितृचुलीमा
श्रद्धा छ

तर्पण
पसिनाजल
अर्पण

बाफल
क्षेत्रको कर
काफल

<><><>

४. मङ्गला उपाध्याय

मङ्गला उपाध्याय

आयुको
दीर्घता शुद्ध
वायुको

धर्मको
वृक्षमा फल
कर्मको

जटिल
जालो सञ्जाल
कुटिल

पसिना
तपक्क कर्म
भूमिमा

जीवन
भिरको यात्रा
कठिन

सागर
भावना प्रीत
लहर

बिम्झना
बितेर रात
सम्झना

जीवन
सन्ध्यामा सूर्य
मरण

किसान
कर्म मङ्सिर
निशान

जन्मायौ
चन्द्रमा छोरी
अन्मायौ

प्रसिद्ध
प्रविधि ज्ञान
सुसिद्ध

लगन
गाँठो गृहस्थी
बन्धन

<><><>

५. मेनका उपाध्याय

मेनका उपाध्याय

प्रकृति
जीवनसृष्टि
संस्कृति

सुरम्य
यौवनचुली
अगम्य

अपार
धनको गति
व्यापार

धरामा
सुनको झुप्पो
गरामा

सम्झना
घामको झुल्को
बिम्झना

बिहान
कर्मणा सूर्य
सिरान

चन्द्रमा
रश्मि पिरती
मनमा

रसिलो
बैँस वसन्त
कसिलो

पलाँस
चोला श्रमले
गुराँस

ममता
मातृत्व प्रेम
समता

पवित्र
आस्था स्वदेश
सचित्र

सङ्घार
जीवन आयु
उजार

<><><>