हुन्छ सजिलो लेख्न साहित्य । सक्दैन भन्न बुझ्नेले । हो सन्तान नै सृजना पनि । पर्छ हुकार्उन गर्भमा जस्तै मनमा । हुँदैन सजिलो सृजना कुनै पनि । हुन्छ गल्ती नबुझेसम्म । पाइँदैन बुझेपछि गर्न । होइन ठूलो कुरा लेख्नु मात्र । बन्दैनन् लेखक लेख्नेजति सबै । छैन सजिलो चिनिन सृजनाले । हुन्छ गाह्रो परिचित हुन सृजनाले । पुग्नुपर्छ शिखर स्थापित हुन सृजनाले ।

हुनुहुन्छ अपवादजस्तै डा.धुवचन्द्र गौतम । हुनुहुन्छ योद्धाजस्तै नहार्ने पनि र नथाक्ने पनि । लेखे पनि जुन विधामा । हुनुहुन्छ प्रतिष्ठित र प्रसिद्ध पनि । देखिनुहुन्छ सजिलै सबैतिर । संसार जुनसुकै भए पनि साहित्यको ।

भर्‍याङ छन् अनेक साहित्यका । सक्दैनन् उक्लन खोजेर पनि सबै । उक्लनुभा’छ माथिसम्म सजिलैसँग । देखिनुभा’को त्यसैले हो जताबाट पनि साहित्यमा ।

श्रीओम श्रेष्ठ ‘रोदन’

हुनुहुन्छ विशेष नै उपन्यासमा । जोड लागेको छ कथामा त्यस्तै । मच्चाएको थियो तहल्कै रङ्गमञ्चमा ‘भस्मासुरको नलीहाड’ नाटकले । बसाएको थियो बानी टेलिभिजन हेर्ने । हेरेर धारावाहिक टेलिफिल्म ‘निमित्त नायक’ । गर्नुभा’छ अभिनय । हुनुभा छ पुरस्कृत पनि बनेर अभिनेता ।

लेख्नुभा’छ गीत भोजपुरीमा । छन् नेपालीमा पनि । गाउनुभा’छ गीत पनि । गराउनुभा’छ रेर्कड नै रेडियो नेपालमा । बजाउनुहुन्छ सुसेली । बजाउने गरी पूरै गीत । लेख्नुभा’छ संस्मरण र यात्रा पनि । गर्नुभएको थियो यात्रासाहित्यमा कविताबाटै । हुनुभएको थियो पुरस्कृत राजा महेन्द्रबाटै । निस्केको छैन सङ्ग्रह कविताको । छ भने तयारी पुग्ने मज्जाले ।

प्रतिभा छ धेरैमा नहुने । हुन्छन् विशेषता भए पनि धेरै कममा । हुनुभएको छ विशेष त्यसैले डा.ध्रुवचन्द्र गौतम । नभएका होइनन् धेरै विधामा लेख्ने अरू पनि । चिनिन्छन् मात्र एक-दुई विधामा । गराउने परिचय र प्रतिष्ठा । हुन्छ मूलविधामै । हाइहाइ सबैमा त्यत्तिकै भने डा.ध्रुवचन्द्रमा मात्रै । छ सम्मान त्यत्तिकै । मानिन्छ विशिष्ट त्यत्तिकै ।

हुन्छ भन्न गद्यसम्राट नै । दिइएकै हो सम्मान आख्यानपुरुष भनेर । मिलाइएको थियो सन्दर्भ र समय पनि । चलिरहेको थियो शतवार्षिकी नेपाली उपन्यासको । थियो गरिएको सम्मान त्यही बेला । थियो आयोजक मध्यपश्चिमाञ्चल साहित्य परिषद् । गरिएको थियो घोषणा आख्यानपुरुषको । भएको थियो आकस्मिकजस्तै । गराइएको थिएन जानकारी पाउनेलाई नै । गर्‍यो सम्मान भव्य । चितवन वाङ्मय प्रतिष्ठानले बासट्ठीमा । थियो अभिनन्दन ग्रन्थसहित सम्मान आख्यानपुरुषको ।

डा. ध्रुवचन्द्र गौतम

पढाउनुभो जीवनभर त्रिभुवन विश्वविद्यालयमा । हुनुभो निवृत्त नभएरै प्राध्यापक । भए विद्यार्थी भने प्राध्यापक पनि डाक्टर पनि कतिकति । हुनुभो सदस्यसचिव प्रज्ञा-प्रतिष्ठानमा । हुनुभो महाप्रबन्धक साझा प्रकाशनमा । गर्नुभो काम प्राज्ञिक नै । पाउनुभो पद उच्च । गर्नुभो योगदान विशिष्ट । हुनुहुन्छ विशिष्ट सृजनाले । हुनुहुन्छ सामान्य व्यवहारले । हुनुहुन्छ नभएजस्तो केही । नगरेजस्तो केही पनि ।

हुनुहुन्छ सरल । नपत्याउने गरी सरल । मिल्नुहुन्छ सबैसँग । सम्मान गर्नुहुन्छ अग्रजलार्ई । गर्नुहुन्छ मायाँ अनुजलाई । प्रोत्साहित गर्नुहुन्छ लेखनीमा । दिनुहुन्छ साथ समकालीनलाई । विशेषता हो विशेष उहाँको । लेखनीको पनि व्यवहारको पनि ।

देखिनुहुन्छ उज्यालो सधैँ । हँसिलो पनि त्यतिकै । देखिँदैन रिसाएको कहिल्यै । बनेको छ विशेषता नै शालीनताको । शक्ति पनि यही हो उहाँको । छँदै छ सृजना आफ्नो ठाउँमा ।

सल्टाउनुहुन्छ सजिलै समस्यालाई । आत्तिनुहुन्न अप्ठेरोमा पनि । लाग्दैन मात्तिएको सुखमा पनि । हुँदा पनि पदमा । बनेको छ यही ध्रुवचन्द्रपन । बन्नुभा’छ प्रशासक महत्त्वपूर्ण पदमा । भन्नुहुन्छ त्यही पनि ‘म कमजोर प्रशासक हुँ ।’ भने पनि देखिएन कमजोरी कतै । हुन सक्छ जितेको सृजनाले । शालीनताले । भएपछि शक्ति चम्किन्छ आफैँ सृजना । लाइरहनुपर्दैन पालिस कसैले ।

हुँदैन साहित्यमा नेता कार्यकर्ता । राजनीतिमा जस्तै छुटिने गरी । हुन्छन् मनपराउनेहरू । हुन्छन् प्रभाव पर्नेहरू । छन् डा.ध्रुवचन्द्रका फलोर्सहरू धेरै । छन् अन्धभक्तजस्तै उहाँका । समर्पण गर्न सक्ने जिउज्यानजस्तै । होइनन् शिष्य नै सबै । फ्यानजस्तै सेलिब्रेटी कलाकारका । छन् फ्यान डा.ध्रुवचन्द्रका पनि । शुभचिन्तक पाउने अन्यन्य । होला साहित्यमा उहाँ मात्रै सायद ।

आउनुभाथ्यो एकपटक फ्यान उहाँको हङकङबाट । भनिएको रहेछ कसैले भेट्न मसँग । साट्यौँ अनुभव भेटेपछि । फ्यान हुनुहुँदो रहेछ रहेछ हुनसम्मको डा.ध्रुवचन्द्रको । च्यात्नुभएको रहेछ आफ्नो उपन्यास । पढेपछि उहाँका उपन्यास । गर्नुभो सम्भावनाका कुरा भेट्न उहाँसँग । गरिहालेँ कुरा र मिलायौँ समय भेटघाटको । प्रकट गर्नुभो नाघेजस्तै सीमा खुसीको ।

भएपछि भेट सक्नुभएन बोल्न । केही बेर भएर उत्तेजित । भन्नुभो, उपलब्धि भयो जीवनको ठूलै । भन्नुभो, भयो विशेष यात्रा नेपालको यसपटक । पूरा भयो एउटा सपना पनि भन्नुभो । भनिरहनुभाथ्यो धन्यवाद छुटिँदासम्म पनि मलाई ।

गर्नुभएको पनि छैन अलिअलि साहित्यमा । लाग्छ अचम्मै कहिलेकहीँ सुन्दा पनि । छैन नलेख्नुभएको केही । छैन नगर्नुभएको केही । चढेजस्तै नशा लेखनको ।  लागिरहने एकनासले । नसक्नेजस्तै बाँच्न नलेखेर । छ पनि अहिलेसम्मकै ठूलो कथासङ्ग्रह । समग्रकथा  छ-सय छपन्न पृष्ठमा एफोर साइजको । बनाएको छ अभिलेख । भन्नैभा’छ त्यसैले ‘सास फेर्न रोक्न नसकेजस्तै नलेखी बस्न सक्दिनँ ।’ बनिसकेको छ बानी जीवनकै । स्वेच्छिक भए पनि बाध्यता नै ।

भइसके उपन्यास नै थान अठ्ठाइस । छन् सात कथासङ्ग्रह । नाटक छन् नौ थान । नियात्रा छन् तीन । छन् सहलेखन पनि । स्तम्भकार पनि अखवारको । लेख्ने सबैभन्दा बढी । नाघे बाह्य स्तम्भको । नमर्ने रहेछ धीत कहिल्यै लेखेर । कडा रहेछ नशा लेखनको । जीवनको जस्तै कडा ।

छन् जति छापिएका । छैनन् शैली परम्परागत । हुन्छन् सबैमा नयाँ । गर्नहुन्छ सबैमा प्रयोग । हो विशेषता भने पनि पन ध्रुवचन्द्र भने पनि । बन्नुभा’छ सफल पनि । सार्थक पनि मज्जाले ।

च्याप्नुभाथ्यो कलम वर्ष दशमा नै । लेख्नुभो कविता हिन्दीमा सुरुमा । लेख्नुभो गीत पनि । गर्नुभो उपन्यास सोह्र वर्षमा नै । जानुभो च्यात्दै पनि लेख्दै । प्रकाशित भएको कविता नै हो पहिलो । बीस सालको ‘रूपरेखा’ पत्रिकामा । छापियो कथा पनि त्यही साल । ‘अन्त्यपछि’ लेखेर सुरु गर्नुभो उपन्यास । भएथ्यो तयार तेइसमा नै । छापियो चौबिस सालको ‘रूपरेखा’मा सिङ्गै ।

कति छन् कति साहित्यमा लेख्नेहरू । छन् लेख्नकै लागि लेख्नेहरू । गर्नेहरू पनि छन् टाकटुक । छन् गोठाला लगाएर लेखक बन्नेहरू पनि । छन् अरूका बुई चढेर बन्नेहरू पनि । छन् त्यत्तिकै धनले लेखक बन्नेहरू पनि । हुन् यी सबै भ्रम लेखनका । बनेर सामयिक । बनेँ भन्ने लेखक । निकाल्छन् पुस्तक । गर्छन् विमोचन भव्य । आउँछन् समाचार । पुगिहाल्छ अभीष्ट लेखक बन्ने । बन्न सक्दैनन् स्थायी । साहित्यकार पनि ।

लेख्नुहुन्छ हृदयले । लेख्नुहुन्छ सामथ्र्यले । होइन बन्नुभाको त्यतिकै खम्बा नेपाली साहित्यको ।

होइन साहित्यकार मात्रै । हो संस्था नै उपन्यासको । हो कथाको पनि त्यस्तै ।

लेखिरहनुभएको छ त्यसैले । धर्म त हुँदै हो लेखनको । कर्म पनि हो लेखनी नै । बढेको बढ्यै छ सङ्ख्या कृतिको । छैन घटेको स्तर कुनैको पनि । हुन्छन् नयाँपन विषयमा र शैलीमा पनि । प्रयोग गर्नुहुन्छ कल्पनै नगरेको विषयमा । होइन मानिएको मात्र । हो पर्याय नेपाली साहित्यको ।

भन्नुहुन्छ पर्दैन खोज्न विषय कहिल्यै । आउँछन् विषयले नै खोजी-खोजी । आउँछ बलेजस्तै गरेर बत्ती । आउँछ बनेर विषय उज्यालो । झिल्का पसेपछि पुग्छ थिमको । लाग्दैन आउन एक मिनेट पनि । आएपछि विषय लेख्नुहुन्छ त्यही विधा । घचघच्याउँछ बढी जसले । लेखे पनि जुन विषयको । विधा जुनसुकै भए पनि । बन्नुहुन्छ फरक । लेखेर नै फरक । थियो अभियान सुरुदेखि नै । हुन्छन् फरक त्यसैले । चिनिन्छ पढेर नामै नपढे पनि । गर्नुभा’छ प्रयोग नयाँ-नयाँ ।

बेतौनी गाउँमा जन्मनुभो वीरगन्जमा । पुस दुई गते दुई हजार सालमा । वातावरण थियो लेखनको घरभित्रै । हुनुहुन्थ्यो दाजुभाइ नै धनुश्चन्द्र, गोपालचन्द्र र ईश्वरचन्द्र । रमाउन जानेपछि पढेर साहित्य । बन्दोरहेछ जग सानैमा । जागेपछि रहर टुसाउँदोरहेछ लेखन । रहेछ हुर्कने यसरी नै । लाग्ने नशा पनि रहेछ यसरी नै । बन्नेरहेछ ध्रुवचन्द्रहरू पनि यसरी नै । हुँदोरहेछ बराबर सास फेर्ने र लेख्ने ।

गाउनुभो गीत मीरा राणा र ज्ञानु राणासँग । बन्नसकेन त्यही परिचय प्रसिद्ध । भन्नुहुन्छ फेरि नबनेको भए लेखक । बन्नेथिएँ गायक नै ।

गर्नभो विद्यावारिधि भाषाविज्ञानमा । पुना विश्वविद्यालय भारतबाट । गरिसकेका छन् आख्यानमा उहाँकै । भइसके तीनजना विद्यावारिधि गर्ने । छन् पन्ध्र जना स्नातकोत्तर गर्ने ।

प्रचलन थियो उपनाम राख्ने एकताका साहित्यकारमा । राख्नुभो ‘मुटु’ के सोचेर कुन्नि ? सकेन हुन स्थायी । गर्नुभो फिर्ता नपरेपछि मन । हुनुहुन्छ नै निस्फिक्रीको । त्यस्तै छ स्वभाव । गर्नुहुन्न वास्ता पहिरनमा । चपाइरहनुहुन्थ्यो सुपाडी स्वादले । सोखिन खानमा पनि पिनमा पनि । विशेष छ यो पनि उहाँको आफ्नै ।

छन् धेरै नै साहित्यमा सक्रिय । थोरै छन् लेख्ने शक्तिशाली । बढेका छन् सङ्ख्या पनि निकै नै । थोरैका छन् परिचय र प्रतिष्ठित । थोरैमध्येबाट थोरैमा पर्नुहुन्छ डा.ध्रुवचन्द्र । नगरी कुनै अलमलले ।

पुग्यो उहाँकै पुस्तक नोबेल पुरस्कारसम्म । पुग्नु र पुर्‍याउनु पनि सानो होइन हाम्रा लागि । पाएको थियो मदन पुरस्कार ‘अलिखित’ले । गरेका रहेछन् अनुवाद फिलिप पिर्यसले । आएछ फर्म सहभागिताका लागि पेन नेपालमार्फत । लिइएछ राय दुई-सय जति लेखकको । बनेको छ दस्ताबेज लिखित ‘अलिखित’को । नेपालबाट पुग्ने पुस्तक नोबेल पुरस्कारमा ।

भनिन्छ खाएपछि धेरै तितो हुन्छ चिनी पनि । प्रचलित छ समाजमा । भन्छन् यस्तै साहित्यमा पनि । लेख्दा धेरै हुन्छ हलुका भन्ने । होला नसक्नेहरूका लागि । भएन लागु कुनै दृष्टिले पनि डा.ध्रुवचन्द्रमा । नभएपछि अहिलेसम्म । हुँदैन पनि होला कहिल्यै ।

लागु हुन्छ दोष चन्द्रसूर्यलाई पनि ग्रहण लागेपछि । नलाग्ने रहेछ नियम प्रतिभामा । सृजनामा पनि भएपछि विशेष । नहुनेलाई स्याहार जति गरे पनि सकिँदैन हुर्काउन । गुण छ भने उम्रन्छ नरोपे पनि । खोज्दैन स्याहार केही । फलामलाई सुन बनाउन नसकेजस्तै । सकिँदैन सुनलाई फलाम बनाउन । रहेछ यस्तै । फल्ने बिरुवा फल्छ फ्याले पनि ।

होइन रहेछ हुनासाथ नराम्रो भएपछि धेरै । हुँदैन नि समुद्रमा पानी कम । नराम्रो हुन्छ र पानी समुद्रको । धेरै भएर पानी समुद्रमा । बन्दैन पानी चट्टान । छोड्दैन आफ्नोपन पानीले ।

‘अन्त्यपछि ’बाट भएको सुरु उपन्यास । नाघिसकेको छ दुई दर्जनभन्दा बढी । भए पनि ‘कट्टेल सरको चोटपटक’ बनेको छ आफ्नो जस्तै । बन्यो फिल्म ‘बासुदेव’ नै । बनेको छैन इतिहास मात्र । बनेको छ वर्तमान पनि । आइरहन्छ नाम कलात्मकको कुरामा सुरुमै । मदन पुरस्कारले मात्र चर्चित भएको होइन‘अलिखित’। चिनाएको होइन साझा पुरस्कारले मात्र ‘तथाकथित’ । चलेको होइन त्यत्तिकै ‘निमित्त नायक’टेलिभिजनमा । ‘भस्मासुरको नलीहाड’ भयो रङ्गमञ्चमा प्रयोग पनि । उपलब्धि पनि र चर्चा पनि ।

बाँडिए पनि धेरैतिर । लगाउनुभा’छ गुण सबैतिर । पुस्तकमा होस् कि नाटकमा । फिल्ममा होस् कि टेलिफिल्ममा । गीतमा होस् कि सङ्गीतमा । फैलनुभा’छ सर्वत्र । छ प्रतिभा पनि विशिष्टता पनि । लेखे पनि कविता । लेखे पनि गीत । गाए पनि गीत । लेखे पनि नाटक । गरे पनि अभिनय । शिखरमा नै छ कथा । सर्वोच्चतामा नै उपन्यास । कीर्ति नै कायम छ स्तम्भलेखनमा । बन्नुभा छ प्रशासक ठूलै । पेसा नै भइहाल्यो पढाउने । सक्ने सबैसँग मिल्न । सक्ने नै सक्ने गुणले भरिनुभा’छ डा. धु्रवचन्द्र गौतम ।

जोडिएका छौँ सन्दर्भहरूले अलिअलि । गर्नुभाथ्यो जागिर गोरखापत्रमा । जोडिएँ म पनि । पाउनुभा’छ मधुपर्क सम्मान । भएका छौँ निणर्य गर्ने कुरामा सँगै । छैन बिर्सेको अन्तर्वार्ताको समय पनि । बिर्सिन सक्दिन निबन्धगोष्ठीमा जाँदा महेन्द्रनगर । छन् औपचारिक कार्यक्रमहरू । छन् रमाइला अनौपचारिक कार्यक्रममा झन् । बनेका छन् नबिर्सने दिनहरू कतिकति ।

नचिन्दै चिनेको हुँ डा.ध्रुवचन्द्र गौतमलाई । थिइँन विद्यार्थी उहाँको । थिएँ पाठक पढ्ने खोजेर । चिनेको हुँ अक्षरमार्फत । नजिकिएको हुँ कृतिमार्फत । थालेपछि लेख्न गर्नथालेको हुँ सम्मान ।

भेटिरहेछु धु्वचन्द्रभित्र अनेक ध्रुवचन्द्रहरू । थाहा छैन लेख्दा कुन ध्रुवचन्द्रको हुन्छ सन्तोष मलाई ? लाग्ला रमाइलो कुन ध्रुवचन्द्रसँग ? नजिक कोसँग छु बढी र टाढा कुनसँग ? लागेको छ सङ्कट धर्मको नै । भएको छु अलमल । भएरै खोजेँ लेख्न अलिअलि । लेख्नसके त पूरै डा.ध्रुवचन्द्र गौतमलाई । पाइहालिन्थ्यो नि लेख्न डाक्टर ।