साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सुन्दरता के हो ? संसारका २५ मुलुकमा सोध्दा देखियो यस्तो परिणाम

शुरूमा त तपाइँले यो तस्बिरलाइ राम्रोसँग हेर्नुहोस् । तपाइँलाइ यी मैचा सुन्दर लागिन् कि लागिनन् ?

यसपछि तपाइँले भन्नुहोला, सुन्दरताको परिभाषा के हो ? सुन्दरता भनेको के हो ?

त्यसो त सुन्दरताको मापन गर्ने केही ठेकेदारहरू नभएका भने होइनन् । हरेक वर्ष नेपालमा पनि मिस नेपाल सुन्दर युवतीहरूमध्ये एक छानिने कार्यक्रममध्येको एक हो ।

हुन त भनाइ नै छ, सुन्दरता हेर्नेको आँखामा भर पर्छ । त्यसैले सुन्दरताका बारेमा सोधेर कसैलाइ झ्याउ लगाउनु पनि हुँदैन ।

केही समयअघि पत्रकार इस्थर होनिगले संसारका २५ मुलुकका तस्बिर सम्पादन गर्ने सफ्टवेयर फोटोसप चलाउने व्यक्तिहरूलाई आफ्नो एउटा सामान्य तस्बिर दिइन् । र, भनिन्, ‘तिमीहरूको नजरमा सुन्दर युवती कस्ती हुन्छे, आफ्नो सुन्दरताको मापनअनुसार यो तस्बिरलाई सम्पादन गरी पठाऊ ।’

उनले पठाएको वास्तविक तस्बिर माथिको थियो । र, विभिन्न देशबाट विभिन्न किसिमका सुन्दरताका मापन थपिएर आए । यो जान्नु रोचक नै हुनेछ कि कुन देशमा के चिजलाइ बढी महत्त्व दिइँदो रहेछ ।

अर्जेन्टिना

अर्जेन्टिनाका तस्बिर सम्पादकले इस्थरको बाक्लो आँखीभौ उडाएर पातलो बनाइदिए । पहिलेभन्दा गोरी बनाइदिए । उनको अनुहारमा कुनै पनि किसिमको दाग थिएन र ओठमा मज्जाले लिप ग्लस लगाइदिए ।

अस्ट्रेलिया

अस्ट्रेलियामा सुन्दर देखिनका लागि तपाईंले गुलाबी ब्लसर लगाउनुपर्ने देखियो । रातो लिपस्टिक अनिवार्य मानियो ।

बाङ्लादेश

यहाँ चाहिँ आँखा अलि खैरो देखिनुपर्यो । अनुहारमा कुनै दाग देखिनु भएन र अनुहारमा चमक हुनुपर्यो ।

चिली

सानो आइब्रो र गहनागुरियाले चिलीमा सुन्दरताको अर्थ थप्ने रहेछ ।

जर्मनी

कपालमा केही रातो, केही पहेँलो छाला, बाक्लो आँखीभौजस्ता कुराले जर्मनीमा उनलाई सुन्दर बनाउने देखियो ।

ग्रिस

भारत

इन्डोनेसिया

इजरायल

इटाली

केन्या

मोरक्को

पाकिस्तान

फिलिपिन्स

रोमानिया

सर्बिया

श्रीलङ्का

बेलायत

संयुक्त राज्य अमेरिका

युक्रेन

भेनेजुएला

भियतनाम

अब भन्नुस्, तपाइँलाइ सुन्दरताका हिसाबले कुन चाहिँ युवती मन परी ?

प्रतिक्रिया
Loading...