मध्य वैशाखको एक मध्याह्न
तिमी टन्टलापुर घाम छेक्न
बादल लिएर आइपुग्यौ
र त
ओइलिन लागेको मेरो जीवनले
ठूलो पीपलको शितल सियाँलमा
वसन्त महसुस गर्न पाएको हो
म तृषित पनि जीवितै थिएँ
म त भोको पनि बाँचेकै थिएँ
तिमी मिष्ठान्न भोजन पछिको मीठो निद्रा लिएर आयौ
म त यत्तिकै पनि ज्यूँदै थिएँ
अहिले बल्ल जिउन थालेको हुँ
प्यारी मान्छी
तिमी चिन्तै नगर तिम्रो सुन्दरता मलिन हुन्छ भनेर !
हलेसी, खोटाङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला