भागः दुई
तीन
०
मैले के भन्नुपर्छ भने वास्तवमा गृष्म ऋतु फेरि घुमिफिरी धेरै चाँडै आयो । मलाई के थाहा थियो भने जब गर्मी चढ्न थाल्यो ममाथि केही नयाँ चिज आइपर्नेवाला थियो । मेरो मुद्दा अदालतको न्यायसत्रको पछिल्लो पटकदेखि स्थगित थियो र अदालतको कारवाही जुनमा सकिनेवाला थियो । बाहिरतिर सूर्यको तीब्र चमकसँगै अदालतको कारबाही सुरु भयो । मेरो वकिलले मलाई के आश्वस्त पारेको थियो भने दुई वा तीन दिनभन्दा बढी समय लाग्ने छैन । साथै, उसले थपेको थियो, ‘अदालतले कत्ति पनि समय नष्ट गर्न चाहने छैन किनभने सत्रमा तिम्रो चाहिँ सबभन्दा महŒवपूर्ण मुद्दा होइन । पछि तत्कालै एउटा पितृहत्यासंबन्धी मुद्दा आउँदै छ ।
बिहान साढे सात बजे तिनीहरूलाई लिन आए र बन्दीगृहको गाडीले मलाई अदालतमा लिएर गयो । दुई जना प्रहरीले मलाई एउटा सानो कोठामा लिएर गए जहाँ ओसिलो गन्ध आइरहेको थियो । हामीहरू बस्यौँ र एउटा ढोका नजिकै पर्खियौँ जहाँबाट हामी मानिसहरू कुरा गरिरहेको र चर्को स्वरमा बोलिरहेको, कुर्चीहरू ठोकिएको र पूरै होहल्ला सुन्न सक्थ्यौँ जसले मलाई ती स्थानीय चाडहरूमध्ये एउटाको सम्झना गराए जहाँ गानबजानपछि नाचका लागि कोठा सफा गरिन्छ । प्रहरीले मलाई के बताए भने अदालतको कामकारबाही सुरु हुने बेलासम्म हामीले पर्खनुपर्ने छ र तिनीहरूमध्ये एक जनाले मलाई चुरोट प्रदान ग¥यो जुन मैले इन्कार गरेँ । पछि लगत्तै उसले मलाई म आत्तिएको थिएँ कि भनेर सोध्यो । मैले होइन भनेँ । वास्तवमा, एक किसिमले मुद्दाको सुनवाइ हेर्नु रोचक हुने छ । यसअघि मलाई यस्तो अवसर कहिल्यै पनि मिलेको थिएन । ‘अँ,’ अर्को प्रहरीले भन्यो, ‘तर यो दिक्क नभइकन सकिन्छ ।’
एकैछिनपछि कोठामा एउटा सानो घण्टी बज्यो । तिनीहरूले त्यसपछि मेरो हतकडी फुकाले । तिनीहरूले ढोका खोले र मलाई कठघरातिर लिएर गए । कोठा बिस्फोट होला कि झैँ भरिभराउ थियो । पर्दाका बाबजुद घाम ठाउँठाउँबाट भित्र छिरिरहेको थियो र हावा यसअघि नै सास थुनिएलाजस्तो थियो । तिनीहरूले झ्यालहरू बन्द गरेका थिए । मेरो दुवैतिर बसेका प्रहरीहरू सँगै म बसेँ । यो त्यही समय थियो जति बेला मैले मेरो अगाडि अनुहारहरूको एउटा लहर देखेँ । तिनीहरू सबै मलाई हेरिरहेका थिए । मैले के थाहा पाएँ भने तिनीहरू न्यायाधीशहरू थिए । तर मैले तिनीहरूका बीचमा कुनै प्रकारको भिन्नता पाउन सकिन । ममाथि केवल एउटा छाप परेको थियो म एउटा ट्राममा थिएँ र विपरित स्थानका यी सबै अज्ञात यात्रुहरू नव–आगन्तुकका विशेषताहरू पत्ता लगाउन उसलाई सावधानीपूर्वक छानबिन गरिरहेका थिए । यो एउटा घटिया विचार थियो भन्ने कुरा मलाई थाहा छ किनभने यहाँ तिनीहरूले खोजिरहेको कुनै विशेषताहरू थिएनन्, बरु अपराधी प्रवृत्ति थियो । तथापि त्यो धेरै फरक कुरा होइन र जसरी पनि ममा आएको विचार त्यही नै थियो ।
यो उकुसमुसलाग्दो कोठामा यी सबै मानिसहरूसित मलाई अलिकति झुम्म पारेको जस्तो अनुभव भइरहेको थियो । मैले फेरि सर्वसाधारण मानिसहरूतिर हेरेँ र मैले एउटा अनुहार पनि चिन्न सकिन । मलाई लाग्छ, यी सबै मानिसहरू मलाई हेर्न हुल बाँधेर आएका थिए भन्ने कुरा मैले सुरुमा थाहा पाएको थिइन । सामान्यतया कसैले पनि मप्रति ध्यान दिएन । यी सबै उत्सुकताहरूको कारण म थिएँ भन्ने कुरा बुझ्नका लागि मैले अलिकति कोसिस गर्नुप¥यो । मैले प्रहरीलाई भनेँ, ‘कति धेरै मान्छे हुन् ।’ उसले के उत्तर दियो भने यो पत्रपत्रिकाका कारणले गर्दा हो र उसले निर्णयक मण्डलको आशनमुनि एउटा टेबलको आडमा बसेका मानिसहरूतिर औँल्याउँदै उसले भन्यो । उसले भन्यो, ‘ती तिनीहरू नै हुन् ।’ मैले सोधेँ, ‘को ?’ र उसले दोहो¥यायो, ‘अखबारहरू ।’ उसले पत्रकारहरूमध्ये एक जनालाई चिनेको थियो जसले त्यस बेला उसलाई सूचना गरेको थियो र हामीतिर आयो । ऊ एक जना प्रौढ र खुसहाल देखिने मानिस थियो र उसको अनुहारमा अलिकति व्यङ्ग्यात्मक हाँसो देखिन्थ्यो । उसले प्रहरीसित न्यानो हात मिलायो । मैले त्यति बेला के देखेँ भने हरेक मान्छे हरेकसित भेट्दै र स्वागत गर्दै, कुराकानी गर्दै थियो मानौँ कि यो कुनै एउटा त्यस्तो जमघट हुने स्थल हो जहाँ मानिसहरू तिनीहरू आपूmलाई परिचित दुनियाँमा पाउँदा खुसी छन् । बाहिर छँदा एउटा अनधिकृत रूपमा प्रवेश गरेकोमा मलाई परेको प्रभावको मैले कसरी व्याख्या गरेँ त्यो त्यही थियो । र पत्रकार मतिर फर्कियो र मुस्कुरायो । उसले मलाई के भन्यो भने मेरा लागि सबै चिज राम्रो हुनेछ भन्ने उसले आशा गरेको थियो । मैले उसलाई धन्यवाद दिएँ र उसले थप्यो, ‘तिम्रो मुद्दालाई हामीले अलिकति ठूलो बनाइदिएका छौँ । पत्रिकाहरूका लागि गृष्म ऋतु काम नलाग्ने खालको हुन्छ र तिम्रो र पितृहत्याको खबरमा उल्लेखनीय कथा थियो । त्यसपछि उसले ऊ भर्खरै जहाँबाट आएको थियो त्यहीँ एक जनातिर औँल्यायो जो ठूलो कालो बिट भएको चश्मा लगाइरहेको थियो र जो अत्यधिक तौल भएको मलसाँप्रोजस्तो देखिन्थ्यो । उसले मलाई के भन्यो भने त्यो मान्छे प्यारिसबाट निस्कने अखबारहरूमध्ये एकको विशेष संवाददाता थियो । ऊ वास्तविक रूपमा तिम्रो लागि आएको होइन । तर जस्तो कि उसले पितृहत्यासम्बन्धी मुद्दाको कथा सङ्कलन गर्नुपरेको थियो, उनीहरूले तिम्रो मुद्दाका विषयको खबर पनि पठाउन अनुरोध गरे । मैले उसलाई झन्डै धन्यवाद दिएको थिएँ । तर मलाई के लाग्यो भने यो हास्यास्पद हुन सक्छ । उसले मलाई प्रेमपूर्वक हात हल्लायो र त्यहाँबाट हिँड्यो । हामीहरू अरू केही मिनेट पर्खियौँ ।
मेरो वकिल आइपुग्यो । उसले गाउन लगाएको थियो र अरू धेरै साथीहरूद्वारा घेरिएको थियो । ऊ पत्रकार भएको ठाउँमा गयो र केहीसित हात मिलायो । तिनीहरूले ठट्टा, हँसिमजाक गरे र अदालतको घण्टी नबजेसम्म पूर्ण रूपमा चिन्तामुक्त थिए । प्रत्येक आ–आफ्ना आसनमा पर्केर गए । मेरो वकिल म भएको ठाउँमा आयो, हात मिलायो र मलाई सोध्न सकिने सबै प्रश्नहरूको छोटकरीमा उत्तर दिन कहिल्यै पनि अग्रसरता नदेखाउन र बाँकी कुरा गर्न उसैलाई छोडिदिन सल्लाह दियो ।
मेरो देब्रेतिर मैले एउटा कुर्ची पछाडि तानिँदै गरेको आवाज सुनेँ र मैले एउटा अग्लो, पातलो, रातो पहिरन लगाएको स्प्रिङको सहयताले नाकमा अडिने चश्मा लगाएको मान्छे देखेँ जसले बस्ने बेलामा उसको गाउन जतन गरेर पट्याएको थियो । यो सरकारी वकिल थियो । एक जना ढोकेले सबै जनालाई उठ्न भन्यो । त्यही क्षणमा दुइटा विशाल पङ्खाहरू घुम्न थाले । तीन जना न्यायाधीशहरू दुई जना कालो पोसाकमा, तेस्रो रातोमा, फाइल बोकेर आए र फुर्तीसाथ हिँडेर चौकोतिर गए जसले कोठामा प्रभुत्व जमाएको थियो । रातो पहिरनमा भएको मान्छे बीचको कुर्चीमा बस्यो, उसको टोपी उसको अगाडि राख्यो र उसको सानु खुइलो टाउको हाते रुमालले पुछ्यो र अदालतको कामकारबाही सुरु भएको घोषणा ग¥यो ।
पत्रकारहरूले यसअघि नै तिनीहरूका कलम ठीक पारेका थिए । तिनीहरू सबै उस्तै प्रकारका अलगअलग र अलि तिरस्कारपूर्ण भाव–भङ्गीमामा देखिन्थे । र अझ तिनीहरूमध्ये एक जना, खैरो पोसाक र निलो टाई लगाएको निकै कम उमेरको मान्छेले, उसको कलम उसको अगाडि खुला राखेको थियो र मलाई हेरिरहेको थियो । उसको ताछिएको जस्तो देखिने अनुहारमा मैले देख्न सक्ने दुइटा धेरै चम्किला आँखा थिए, जुन होसियारीपूर्वक, स्पष्टसित बताउन नसकिने मनोभावमा मलाई परीक्षण गरिरहेका थिए । र मसित म आपूmले आफैँलाई हेरिरहेको अनौठो भाव थियो । यो त्यो कारणले भएको हन सक्छ, र किन पनि भने म ती सबै तौरतरिकाहरूबारे अनभिज्ञ थिएँ, त्यसपछि भएका हरेक कुराहरूलाई मैले अनुसरण गरिन, न्यायिक मण्डलले गर्ने भाग्यको फैसला वकिलहरूको अध्यक्षता गर्ने न्यायाधीश र सरकारी वकिल र जुरीले गर्ने प्रश्न, (हरेक पटक, तिनीहरू सबैका टाउका बेन्चतिर फर्कन्थे) निकै हतारमा पढिएको अभियोग पत्र जुन समयमा मैले मानिसहरू र ठाउँहरूका नाम र मेरो वकिललाई गरिएका केही थप प्रश्नहरू पहिचान गरेँ ।
तर न्यायाधीशले अब उसले साक्षीहरूलाई बोलाउने छ भन्यो । ढोकेले केही नामहरू वाचन ग¥यो जसले मेरो ध्यान केन्द्रित ग¥यो । यसअघि नै आकारहीन भैसकेको मानिसहरूको खचाखच उपस्थितिबीच केवल फेरि अर्को ढोकाबाट अदृश्य हुनकै लागि मात्र एकएक गरेर उठ्दै गरेका मानिसहरू, मैले आश्रमबाट वार्डेन, परिचर, बूढो टमस, पेरेज, रेमन्ड, म्यासन, सालामानो र मेरी, जसले मलाई चिन्तित मुद्रामा सानो हात हल्लाई, लाई देखेँ । जब अन्तिम नाम बोलाइयो र सेलेस्ट उठ्यो, मैले तिनीहरूलाई पहिले नदेखेकोमा म अझैसम्म पनि छक्क परिरहेको अनुभव गर्दै थिएँ । ज्याकेट लगाएर निर्धक्कसँग ऊसितै बसिरहेकी रेस्टुराँकी सानी महिलालाई मैले चिनेँ । उसले मलाई ध्यानपूर्वक हेरिरहेकी थिई । तर मलाई सोचविचार गरिरहने फुर्सद थिएन किनभने न्यायाधीश बोल्न सुरु गरेको थियो । उसले औपचारिक सुनुवाइ सुरु हुन लागेको कुरा बतायोे र के पनि भन्यो भने सर्वसाधारणलाई चुप लागेर बस्न सम्झाइरहनुपर्छ भन्ने कुरा ऊ आवश्यक ठान्दैन । उसका अनुसार, कारबाही निष्पक्षतापूर्वक सुरु गर्ने निर्देशनका लागि र मुद्दाको छिनोफानो वस्तुगत किसिमले गर्नका लागि ऊ त्यहाँ उपस्थित भएको थियो । न्यायमण्डलीले गरेको पैmसला जे जस्तो भएको खण्डमा पनि न्यायको अभिप्रायका रूपमा स्वीकार गरिने छ, र अलिकति पनि खलबल भएको खण्डमा उसले अदालतलाई खाली गराउने छ ।
गर्मी झन् धेरै बढिरहेको थियो र अदालतमा मानिसहरू आपूmलाई अखबारले हम्किइरहेको म देख्न सक्थेँ, जसबाट निरन्तर सरसर गरेको सानो आवाज आइरहेको थियो । अध्यक्षता गरिरहेको न्यायाधीशको सङ्केतमा, ढोकेले छ्वालीका तीनवटा पङ्खा ल्यायो जसलाई तीन जना न्यायाधीशले तत्कालै प्रयोग गर्न थाले ।
मेरो सुनुवाइ तुरुन्तै सुरु भयो । अध्यक्षता गरिरहेको न्यायाधीशले मलाई शान्त मुद्रामा र अझ, मलाई लाग्यो, एक प्रकारको मैत्रीपूर्ण भावको सङ्केत दिएर मलाई प्रश्न ग¥यो । मलाई फेरि एक पटक मेरो व्यक्तिगत विवरण दिन भनियो, र यद्यपि यसले मलाई रिस उठायो, मैले के महसुस गरेँ भने यो साँच्चै नै बिल्कुल स्वाभाविक थियो, किनभने गलत मान्छेको परीक्षा लिनुभन्दा नराम्रो चिज केही पनि हुँदैन । त्यसपछि फेरि न्यायाधीशले, प्रत्येक दुई वाक्यपछि ‘त्यो ठीक हो ?’ भनेर सोध्नका लागि मतिर फर्केर मैले के गरेको थिएँ भन्ने वर्णन गर्न थाल्यो । प्रत्येक पटक मैले मेरो वकिलको निर्देशन अनुसरण गर्दै ‘हो श्रीमान्’ भनेर उत्तर दिएँ । धेरै समय लाग्यो किनभने न्यायाधीश उसको वर्णनमा विस्तृत रूपमा गयो । यो पूरै समयमा पत्रकारहरू लेखिमात्र रहेका थिए । तिनीहरूमध्ये सबभन्दा कान्छोचाहिँले र सानी यन्त्रमानव जस्ती महिलाले मलाई हेरिरहेका थिए भन्ने कुरामा म सचेत थिएँ । त्यहाँका सबै मानिस न्यायाधीशतिर फर्केका थिए, जसले खोक्यो, एउटा फाइलबाट एक पाना झिक्यो र मतिर फर्कियो । त्यति बेला पनि उसले आफूलाई हम्किइरहेको थियो ।
उसले मलाई के भन्यो भने उसले अब खास कुराहरूमा हात हाल्नुपर्ने छ जुन मेरो मुद्दाका लागि नौला लाग्ने छन्, तर जुन वास्तवमा यस कामका लागि सान्दर्भिक हुने छन् । मैले के थाहा पाएँ भने ऊ फेरि आमाका विषयमा कुरा गर्दै छ र साथसाथै यसले मलाई कति रिस उठ्यो भन्ने मैले अनुभव गर्न सक्थेँ । मैले आमालाई आश्रममा किन पठाएको थिएँ भनेर उसले मलाई सोध्यो । मैले के उत्तर दिएँ भने त्यसो किन गरिएको थियो भने उहाँलाई एउटी परिचारिकाद्वारा हेरचाह गर्नका लागि मसित प्रशस्त दाम थिएन । उसले मलाई कतै यो मेरा लागि व्यक्तिगत बलिदान त भएन भनेर सोध्यो र मैले न आमा न त मैले नै एकअर्काबाट वा वास्तवमा कुनै पनि मानिससित बाट कुनै बढी चिजको अपेक्षा गरेका थियौँ र हामी दुवै जना हाम्रो नयाँ जीवनसित अभ्यस्त भएका थियौँ भन्ने उत्तर दिएँ । त्यसपछि न्यायाधीशले के भन्यो भने उसले यस कुरामा जोर गर्न चाहँदैन, र उसले सरकारी वकिललाई मसित कुनै प्रश्न गर्नु छ कि भनेर सोध्यो ।
सरकारी वकिलको आधा पिठ्युँ मतिर फर्किएको थियो र, मलाई नहेरीकन, उसले के घोषणा ग¥यो भने न्यायाधीशको अनुमतिले, ऊ के सोध्न चाहन्छ भने झरनातिर म एक्लै अरबको हत्या गर्ने नियतले गएको थिएँ कि भनेर जान्न चाहन्छ । ‘होइन,’ मैले भनेँ । ‘यदि त्यसो हो भने उसले किन हरियार लिएको थियो र तत्कालै त्यो ठाउँमा किन फर्केको ?’ संयोगले त्यसो भएको थियो, मैले भनेँ । त्यसपछि सरकारी वकिलले दुर्भावपूर्ण शैलीमा भन्यो, ‘अहिलेलाई यत्ति नै ।’ त्यसपछि वातावरण, कम्तीमा पनि मेरा लागि, अलिकति दुबिधापूर्ण भयो । तर अलिकति परामर्श गरेपछि वकिलले
सुनुवाइ स्थगित भएको र साक्षीको कुरा सुनेपछि बहस मध्यान्नबाट फेरि सुरु हुने छ भन्यो ।
मसित सोच्ने समय थिएन । मलाई बाहिर लगियो,एउटा गाडीमा राखियो र जेलमा लगियो जहाँ मैले केही खाना खाएँ । एकैछिनपछि, म थकित छु भन्ने कुरा मैले महसुस गरिन्जेलसम्ममा तिनीहरू मलाई लिन आए; फेरि सबै उही कुरा सुरु भयो र मैले आपूmलाई तिनै अनुहारहरूले घेरिएको त्यही कोठामा पाएँ । केवल अलिकति बढी गर्मी थियो र चमत्कारपूर्ण तरिकाले न्यायमण्डलका प्रत्येक सदस्य, सरकारी वकिल, मेरो वकिल र अरू केही पत्रकारहरूलाई छ्वालीको पङ्खा प्रदान गरिएको थियो । युवा पत्रकार र सानो गाँठीकी महिला अझै त्यहीँ थिए । तर तिनीहरूले पङ्खा हम्किइरहेका थिएनन् । तिनीहरू यस अघि जसरी नै चुपचाप मलाई हेरेर बसिरहेका थिए ।
मैले मेरो निधारबाट पसिना पुछेँ र केवल अस्पष्ट रूपले म कहाँ थिएँ र तिनीहरूले आश्रमको वार्डेनलाई बोलाउँदा म के गरिरहेको थिएँ भन्ने सम्झेँ । आमाले मेरो विषयमा सिकायत गर्नुहुन्थ्यो कि भनेर सोधे र उसले गर्नुहुन्थ्यो भन्यो तर के भने बरु उसका सँगै बस्ने साथीहरूको उनीहरूका नातेदारका विषयमा सिकायत गर्ने बानी थियो भन्यो । मैले उहाँलाई वृद्धाश्रममा पठाएकोमा उहाँले मलाई डाँट्ने गरेको थियो कि थिएन भन्ने कुरा स्पष्ट पार्न न्यायाधीशले उसलाई भन्यो र वार्डेनले फेरि थियो भन्यो । तर यसपालि उसले केही पनि जोडेन । अर्को प्रश्नमा उसले के उत्तर दियो भने अन्त्येष्टिका दिनको मेरो अविचलित पनबाट ऊ छक्क परेको थियो । अविचलित पन भन्नाले उसले के बुझ्दथ्यो भनेर सोध्यो । त्यसपछि वार्डेनले तलतिर उसको जुत्तामा हे¥यो र के भन्यो भने मैले आमालाई हेर्न चाहेको थिइन, म एक पटक पनि रोएको थिइन र अन्त्येष्टिपछि चिहानसम्म पुगेर श्रद्धा व्यक्त नगरी सोझै हिँडेको थिएँ । र अर्को चिजले उसलाई छक्क पारेको थियो ः अन्त्येष्टि कृयाको प्रबन्ध गर्ने मान्छेहरूमध्ये एक जनाले उसलाई के भनेको थियो भने आमा कति वर्षकी हुनुहुन्थ्यो त्यो कुरा मलाई थाहा थिएन । एकछिन नीरवता छायो र न्यायाधीशले उसलाई उसले मलाई उल्लेख गरिरहेको थियो कि भनेर सोध्यो । वार्डेनले प्रश्न बुझेन, त्यस कारण न्यायाधीशले उसलाई भन्यो, ‘यो कानुन हो ।’ त्यसपछि उसले सरकारी वकिललाई साक्षीसित गर्नुपर्ने कुनै प्रश्न छ कि भनेर सोध्यो र सरकारी वकिलले ‘अँहँ छैन ! यति नै बिलकुल काफी छ,’ भन्यो । उसले यो यस्तो चर्को स्वरमा मतिर यस्तो अचम्मलाग्दो हेराइमा भन्यो कि वर्षौमा पहिलो पटक, म मूढतापूर्वक रोइरहेको अनुभव गरेँ किनभने यी सबै मानिसहरूले मलाई कति धेरै घृणा गर्थे त्यो म भन्न सक्थेँ ।
निर्णायक मण्डली र मेरो वकिललाई कुनै प्रश्न सोध्न बाँकी छ कि भनेर सोधेपछि, चौकिदारको गवाही सुन्यो । उसले पनि अरूहरूले जस्तै उस्तैउस्तै किसिमको औपचारिकताबाट गुज्रनु पर्ने थियो । जब ऊ माथि उक्लियो, उसले मतिर पुलुक्क हे¥यो र त्यसपछि अन्ततिर हे¥यो । उसले उसलाई सोधिएका प्रश्नहरूको उत्तर दियो । उसले के भन्यो भने मैले आमालाई हेर्न चाहेको थिइन; मैले धुमपान गरेको थिएँ, म सुतेको थिएँ र मैले दूध हालेको कफी खाएको थिएँ । र मैले पूरै कोठाभरि केही बेजोडले चक्कराइरहेको अनुभव गरेँ; पहिलो पटक मैले के महसुस गरेँ भने म दोषी थिएँ । चौकिदारलाई दूध हालेको कफी र चुरोटको विवरण दोहो¥याउन भनियो । सरकारी वकिलले उसका आँखामा व्यङ्ग्यपूर्ण चमकसाथ मलाई हे¥यो । त्यहीँनेर मेरो वकिलले चौकिदारलाई उसले पनि चुरोट खाएको थिएन कि भनेर सोध्यो । तर सरकारी वकिलले प्रश्नको विरोधमा कडा किसिमले प्रतिवाद ग¥यो ः ‘यो अदालतमा अपराधी को हो र साक्षीलाई अदालतको कारबाहीबाट विचलित गराउने एउटा प्रयासस्वरूप गरिएको प्रयत्न जुन प्रमाण माग गर्नुभन्दा बाहेक अरू केही पनि होइन, उसलाई बदनाम गर्नुको अर्थ के हो ?’ यसका बाबजुद न्यायाधीशले चौकिदारलाई प्रश्नको उत्तर दिन भन्यो । बूढो चौकिदार असजिलोमा परेजस्तो देखियो र भन्यो, ‘यो गलत थियो भन्ने कुरा म जान्दछु, तर जब यी सज्जनले मलाई चुरोट दिए, मैले त्यसलाई इन्कार गर्न सकिन ।’ अन्त्यमा केही थप्नु पर्ने थियो कि भनेर मलाई सोधियो । ‘ केही पनि छैन,’ मैले उत्तर दिएँ, ‘ साक्षी ठीक थियो भन्नु बाहेक मेरो भन्नु अरू केही छैन ।’ के कुरा साँचो हो भने मैले उसलाई एउटा चुरोट प्रदान गरेको थिएँ । त्यसपछि , मानौँ कि ऊ कुनै किसिमले कृतज्ञ भएझैँ गरी, चौकिदारले मलाई एक पटक हे¥यो । उल अकमकियो र के भन्यो भने मलाई दूध हालेको कफी उसैले दिएको थियो । मेरो वकिल उल्लासित भयो र ठूलो स्वरमा कराएर के भन्यो भने निर्णायक मण्डलले यो कुरा टिप्नै पर्ने हुन्छ । तर सरकारी वकिलको आवाज चर्कियो र उसले भन्यो, ‘निर्णायक मण्डलका भद्रजनहरूले यसको टिपोट गर्नु हुनेछ । र उहाँहरूले के निचोड निकाल्नुहुनेछ भने एउटा आगन्तुकले एक कप कफी प्रदान गर्न सक्नेछ, तर एउटा छोराले उसलाई यो सन्सारमा जसले ल्यायो त्यसको लाससँगै बसेर यसलाई पिउन इन्कार गर्नुपर्दछ ।’ चौकिदार उसको आसनतिर गयो ।
जब टमस पेरेजको पालो आयो, एउटा ढोकेले उसलाई साक्षी बक्ने कठघरासम्म पुग्नका लागि मदत गर्नुपर्ने भयो । पेरेजले के भन्यो भने ऊ वास्तविक रूपमा नै मेरी आमाको साथी भएको थियो र मलाई एक पटक मात्र देखेको थियो, र त्यो शवयात्राको दिन थियो । उसलाई त्यस दिन मैले कसरी व्यवहार गरेको थिएँ भनेर उसलाई सोधिएको थियो र उसले उत्तर दियो, ‘अँ, सुन्नु भयो, म साँच्चै नै धेरै नै अशान्त थिएँ । किनभने यो मेरा लागि धेरै अशान्त बनाउने काम थियो । वास्तवमा म त अझ मूर्छा परेको थिएँ । त्यसैले, मैले त्यस भद्र पुरुषलाई कत्ति पनि देखिन ।’ सरकारी वकिलले उसलाई उसले म रोएको देखेको थियो कि थिएन भनेर सोध्यो । पेरेजले थिएन भन्ने उत्तर दियो । यस पटक सरकारी वकिलले उत्तर दिने पालो थियो । ‘निर्णायक मण्डलका सज्जनहरूले ख्याल गर्नुहुने छ ।’ तर मेरो वकिलले रिस थाम्न सकेन । उसले पेरेजलाई यस्तो लवजमा, जुन मलाई अतिरञ्जित लागेको थियो, उसले मलाई ‘नरोइकन’ बसेको देखेको थियो कि थिएन भनेर सोध्यो । पेरेजले ‘थिएन’ भनेर उत्तर दियो । दर्शकहरू हाँसे । त्यसपछि मेरो वकिलले उसको एउटा पाखुराको बाहुला माथितिर सुक्र्यो र अलङ्घनीय किसिमले भन्यो, ‘मुद्दाको निचोड यही हो । हरेक कुरा साँचो हो र केही पनि साँचो होइन ।’ सरकारी वकिलको मुद्रा भावहीन थियो र ऊ उसको सिसाकलमले उसका फाइलहरूमा घोच्न व्यस्त थियो ।
पाँच मिनेटको विश्रामपछि जुन अवधिमा मेरो वकिलले के भन्यो भने हरेक चिज ठीक किसिमले अघि बढिरहेको छ,, हामीले सेलेस्टलाई सुन्यौँ जो बचाउ पक्षबाट बोलाइएको थियो । बचाउ पक्षको अर्थ म थिएँ । सेलेस्टले खजुरको पातबाट बनेको उसको टोप हातमा लिएर घुमाइरहेको थियो र घरीघरी उसको दृष्टि मतिर फ्याँकिरहेको थियो । उसले कहिलेकाहीँ आइतबार घोडादौड हेर्न जाँदा लगाउने गरेको नयाँ सुट लगाएको थियो । तर उसले उसको कलर मिलाउन सकेको थियो भन्ने मलाई लाग्दैन किनभने उसको कमिजको कलरमा पित्तलको टाँक मात्र लगाएको थियो । उसलाई म उसका ग्राहकमध्ये एक थिएँ कि भनेर सोधिएको थियो र उसले भन्यो, ‘हो, तर एक जना साथी पनि हो’; र उसले मेरो विषयमा के सोच्थ्यो भनेर सोधियो र उसले के जवाफ दियो भने म यो जगत्को एक जना मान्छे थिएँ, र उसले त्यसबाट के बुझ्थ्यो भनेर सोधियो र उसले के भन्यो भने त्यसको अर्थ के हो भन्ने प्रत्येकलाई थाहा थियो र उसले मलाई अरूको सङ्गत नरुचाउने मान्छेका रूपमा पाएको थियो कि भनेर सोधियो र उसले सामान्य किसिमले के भन्यो भने म त्यति बेला मात्र बोल्थेँ जुन समयमा बोल्न आवश्यक थियो । सरकारी वकिलले उसलाई मैले समितिलाई तिर्नुपर्ने बिल नियमित रूपमा तिर्थेँ कि तिर्दिनथेँ भनेर सोध्यो । सेलेस्ट हाँस्यो र भन्यो, ‘त्यस प्रकारका चिजहरूको विवरण ऊ र मेरो बीचका कुरा मात्र हुन् ।’ त्यसपछि उसलाई मेरो अपराधबारे उसको के धारणा थियो भनेर सोधियो । त्यसमा उसले कठघराको बिटमा हात राख्यो र उसले केही तयारी गरेको छ भन्ने देख्न सकिन्थ्यो । उसले भन्यो, ‘मलाई लाग्छ, यो एक प्रकारको दुर्घटना थियो । एउटा यस्तो दुर्घटना, हरेकलाई थाहा छ त्यो के हो । त्यसको रोकथामका लागि कसैले पनि पहरा दिन सक्तैन । यसरी तिमीले चाहेको कुरा यही नै हो ! मलाई लाग्छ यो एक प्रकारको दुर्घटना थियो । उसले अरू भन्न थालेको थियो, तर न्यायाधीशले उसलाई के भन्यो भने त्यति भए पुग्छ र त्यसपछि उसलाई धन्यवाद दियो । सेलेस्टलाई लाटोजस्तो अवस्थामा छाडियो । तर उसले के भन्यो भने उसले केही भन्न चाहेको थियो । यसलाई छोटकरीमा भन्न अनुरोध गरियो । उसले फेरि के दोहो¥यायो भने यो एउटा दुर्घटना थियो । र न्यायाधीशले भन्यो, ‘अँ, ठीक छ । तर हामी यहाँ त्यस्ता दुर्घटनाको ठीक बेठीक छुट्ट्याउन बसेका छौँ । धन्यवाद ।’ र मानौँ कि उसको सबै ज्ञान र मित्रभाव यसभन्दा बढी उपयोग हुन सक्तैनझैँ गरी, सेलेस्ट मतिर फर्कियो । मलाई लाग्यो मैले उसका आँखा चम्किइरहेका र उसका ओठ काँपिरहेका देख्न सक्छु । उसले मलाई यसबाहेक के गर्न सक्छ भनेर सोधिरहेजस्तो लाग्यो । मैले केही पनि भनिन । म चलबलाउनसम्म चलबलाइन, तर यो मेरो पहिलो पटक थियो जति बेला मैले एक जना पुरुषलाई म्वाइँ खान चाहेको थिएँ । न्यायाधीशले उसलाई फेरि बस्न निर्देशन दियो । सेलेस्ट सर्वसाधारण बीचमा उसको आसनमा गयो । सुनुवाइको बाँकी अवधिभर ऊ, अलिकति अघिल्तिर ढल्केर उसका कुहिनाहरू घुँडामा टेकाएर र अञ्जिरका पातले बनेको उसको टोप हातमा लिएर भनिएका प्रत्येक शब्दहरू सुन्दै ऊ त्यहाँ बस्यो । मेरी भित्र आई । उसले टोप लगाइरहेकी थिई र ऊ राम्री देखिएकी थिई । तर मैले उसलाई कपाल छोडेको मन पराउँथेँ । म जहाँ बसेको थिएँ त्यो ठाउँबाट मैले केवल उसका अलिकति फुलेका स्तनहरू र उसको तल्लो ओठको सानु सुपरिचित चोसो देख्न सक्थेँ । ऊ एकदम उत्तेजित देखिन्थी । उसलाई सोझै उसले मलाई कति समय अघिदेखि चिनेकी थिई भनेर सोधियो । उसले हामीसित कहिलेदेखि काम गर्थी त्यो समय बताई । हाम्रो सम्बन्ध के थियो भनेर न्यायाधीशले जान्न चाह्यो । उसले ऊ मेरी केटी साथी थिई भनी । अर्को प्रश्नको जवाफमा उसले के उत्तर दिई भने उसले मसित विवाह गर्ने भन्ने कुरो साँचो थियो । सरकारी वकिल, जो एउटा फाइल पल्टाइरहेको थियो, हाम्रो अनुचित प्रेम सम्बन्ध कहिलेदेखि गाँसिएको थियो भनेर रुखो किसिमले सोध्यो । उसले मिति उल्लेख गरी । सरकारी वकिलले बेवास्तापूर्वक यो आमाको मृत्यु भएको भोलिपल्टको दिन हुन गयो भन्यो । त्यसपछि एउटा हल्का व्यङ्ग्यपूर्ण लवजमा उसले के भन्यो भने उसले यस्ता संवेदनशील विषयमा बोल्न चाहँदैन र के भने उसले मेरीको सङ्कोच राम्ररी बुझ्न सक्छ, तर (र यहाँ उसको आवाज एक्कासि कडा भयो) के भने उसको कर्तव्यले उसलाई मर्यादाको तहबाट माथि उठ्न बाध्य पारेको थियो । उसले त्यस कारण, मेरीलाई मैले मेरीसित संभोग गरेको दिनको वर्णन गर्न भन्यो । मेरीले त्यसो गर्न चाहेकी थिइन, तर जब सरकारी वकिलले भन्नैपर्छ भनेर अड्डी लियो, उसले हामीहरूले कसरी पौडी खेल्यौँ र सिनेमा हेर्न गयौँ र त्यसपछि फर्केर मेरो कोठामा गयौँ भनी । सरकारी वकिलले के भन्यो भने, मेरीले अनुसन्धान गर्ने दण्डाधिकारीका अगाडि दिएको बयानका आधारमा उसले त्यो दिनको कार्यक्रमलाई हेरेको थियो । उसले मेरी आपैmँले के सिनेमा चलेको थियो अदालतलाई बताउन सक्छे भन्यो । एकदम सानो आवाजमा मेरीले के भनी भने यो एउटा फर्नान्डेल सिनेमा थियो । उसले टुङ्ग्याउने बेलामा अदालतमा एकदम नीरव वातावरण थियो । सरकारी वकिल त्यसपछि उठ्यो, धेरै गम्भीर मुद्रामा र एउटा यस्तो स्वरमा, जुन मलाई लाग्यो, एकदम आवेगपूर्ण थियो, र एउटा औँलो मतिर देखाउँदै उसले बिस्तारै भन्यो, ‘निर्णायक मण्डलका भद्रजनहरू, उसकी आमाको मृत्यु भएको भोलिपल्ट, यो मानिस एउटा अवैधानिक प्रेमालापमा प्रवेश गरेर र एउटा फर्नान्डेल फिल्ममा हाँस्दै समुद्रमा पौडी खेलिरहेको थियो । तपाइँहरूसित भन्नुपर्ने मसित अरू कुनै कुरा छैन ।’ ऊ बस्यो । त्यहाँ अझै नीरवता छाइरहेको थियो । तर मेरी एक्कासि डाँको छोडेर रोई, र कुरा त्यस्तो होइन, र कुरा अरू पनि छन् भनी, र उसले जे सोचेकी थिई त्यस विपरीत उसलाई भन्न लगाइएको थियो, उसले मलाई चिन्दथी र मैले केही पनि गल्ती गरेको थिइन भनी । तर न्यायाधीशको एउटा सङ्केतमा ढोकेले उसलाई लग्यो, र सुनुवाइ निरन्तर चल्यो ।
त्यसपछि म्यासनले म एक जना इमानदार मान्छे, ‘र यसभन्दा बढी एउटा काइदाको मान्छे भनेर उद्घोष ग¥यो ।’ जब उसले म उसको कुकुरप्रति कति दयालु भएको थिएँ भन्ने कुरा सम्झाइरहेको थियो, मानिसहरूले उसलाई मुस्किलैले सुने । मेरो र मेरी आमाका बारेमा सोधिएको एउटा प्रश्नको उत्तरमा उसले आमालाई मैले भन्नुपर्ने कुरा मसित सिद्धिइसकेका थिए र त्यसै कारणले मैले उहाँलाई आश्रममा पठाएको थिएँ भन्यो । ‘तपाइँले बुझ्नुपर्छ,,’ सालामानले भन्दैरह्यो, ‘तपाइँले बुझ्नु पर्छ,’ तर कसैले पनि बुझ्जस्तो देखिएन । उसलाई लगियो ।
त्यसपछि अन्तिम साक्षीका रूपमा रेमन्डको पालो थियो । रेमन्डले मतिर हेरेर बिस्तारै हात हल्लायो र के भन्यो भने म निर्दोष थिएँ, तर न्यायाधीशले के भन्यो भने उसलाई वास्तविकता बाहिर गएर व्यक्तिगत रायमा आधारित कुरा गर्न होइन, बरु तथ्य पेस गर्न भनिएको हो, उसले उसलाई प्रश्न नसोधिएसम्म चुपचाप बस्न अनुरोध ग¥यो । दुर्घटनाको सिकार भएको मान्छेसित उसको सम्बन्ध के थियो बयान गर्न उसलाई भनियो । रेमन्डले दुर्घटना भएको मान्छेले घृणा गर्नेमध्ये एक जना ऊ थियो भन्यो किनभने उसले उसकी बहिनीलाई पिटेको थियो भन्यो । तैपनि न्यायाधीशले उसलाई सिकारले मलाई घृणा गर्नु पर्नाको कुनै कारण थिएन कि भनेर सोध्यो । रेमन्डले के भन्यो भने संयोगले मात्र म समुद्र किनारमा पुगेको थिएँ । त्यसपछि सरकारी वकिलले यो षड्यन्त्रका पछाडिको कारण बनेको चिट्ठी मैले लेखेको थिएँ भन्ने कुरा हो कि होइन भनेर सोध्यो । रेमन्डले यो सबै संयोगको कुरा थियो भन्ने उत्तर दियो । यस पटक सरकारी वकिलले के जवाफ दियो भने यस विषयमा यसअघि नै थुप्रै दुष्कर्म गरिएका छन् । रेमन्डले उसकी स्वास्नीलाई चुट्दा मैले नरोकेको, प्रहरी चौकीमा मैले साक्षीका रूपमा दिएको बयान पनि संयोगकै कुरो थियो कि र मैले त्यस अवसरमा दिएको बयान पनि पूरै अरूलाई सहयोग गर्ने प्रकारको थियो कि भनेर सोध्यो । अन्त्यमा उसले रेमन्डलाई उसको जीवनयापनको बाटो के थियो भनेर सोध्यो र जब रेमन्डले ऊ माल गोदामको कामदार थियो भन्ने जवाफ दियो, सरकारी वकिलले निर्णायक मण्डललाई के भन्यो भने साक्षीले सामान खरिद–बिक्रीकर्ताका रूपमा जीवनयापनको साँगा जुटाउँथ्यो भन्ने सामान्य ज्ञानको कुरा हो । म उसको साथी र मतियार थिएँ । वास्तवमा पूरै कृयाकलाप एकदमै घिनलाग्दो बयान थियो र यसलाई सबभन्दा अन्यायपूर्ण कुन कुराले प्रमाणित ग¥यो भने तिनीहरू एउटा अनैतिक त्रूmर मान्छेसित व्यवहार गरिरहेका थिए । रेमन्ड आपूmले आपैmँलाई सहयोग गर्न खोज्यो र मेरो वकिलले प्रतिवाद ग¥यो, तर तिनीहरूलाई के भनियो भने तिनीहरूले सरकारी वकिलको भनाइलाई पूरा गर्न दिनुपर्छ । उसले भन्यो, ‘मैले अलिकति भन्नु पर्ने छ । के ऊ तिम्रो साथी थियो ?’ उसले रेमन्डलाई भन्यो । ‘हो, ऊ मेरो साथी थियो ।’ रेमन्डले भन्यो । त्यसपछि सरकारी वकिलले मलाई त्यही प्रश्न सोध्यो । मैले रेमन्डका आँखामा हेरेँ र उसले अन्यत्र हेरेन । मैले ‘हो’ भन्ने जवाफ दिएँ । त्यसपछि सरकारी वकिल निर्णायक मण्डलतिर फक्र्यो र चिच्याएर भन्यो, ‘यो मान्छे उसकी आमाको मृत्यु भएको भोलिपल्ट एकदम घृणित कार्यमा संलग्न भएको मात्रै होइन कि बरु उसले अनावश्यक रूपमा एउटा अनुचित प्रकारको अनैतिक षड्यन्त्र गर्नका लागि एउटा मान्छेको हत्या ग¥यो ।
त्यसपछि ऊ बस्यो । तर मेरो वकिलको धैर्यको बाँध फुट्यो र, उसको पाखुरा यति माथि उठायो कि इस्त्री लगाएकोे उसको कमिजको बाहुलाको धारसमेत देखिने किसिमले खस्यो र उसले चिच्याएर भन्यो, ‘उसलाई मरेकी आमा गाडेको अभियोग लगाइँदै छ कि मान्छे मारेको ?’ दर्शकहरू हाँसे । तर सरकारी वकिल फेरि उभियो र उसले उसको गाउन माथिसम्म उचाल्यो र कराएर के भन्यो भने प्रतिरक्षाका लागि केवल सम्मानीत वकिलजस्तो तुच्छ कुनैले मात्र यी दुई कामका बीच एकदम राम्रो, दुःखान्त र विशिष्ट सम्बन्ध थियो भन्ने कुरा छुट्ट्याउन असमर्थ हुन्छ । ‘हो,’ ऊ जोडले चिच्यायो, ‘म यो मानिसलाई उसकी आमालाई हृदयहीन अपराधीले जस्तै गाडेकोमा यसलाई दोष लगाउँछु ।’ यो घोषणाले सर्वसाधारणमा एउटा विचारणीय असर परेको जस्तो देखियो । मेरो वकिलले उसका काँध हल्लायो र निधारबाट पसिना पुछ्यो । तर ऊ विचलित भएजस्तो देखियो र मेरा लागि परिस्थिति अनुकूल नभएको जस्तो मलाई महसुस भयो ।
सुनुवाइ स्थगित भयो । एकैछिनका लागि जब म भ्यानतिर जाँदै थिएँ, मैले गृष्म ऋतुको साँझको सुगन्ध पहिचान गरेँ । मेरो घुम्ती बन्दीगृहको अँध्यारोमा, मैले एकएक गरेर, मानौँ कि मेरो थकानको गहिराइबाट उठिरहेझैँ, मैले स्नेह गरेको सहरका सबै सुपरिचित आवाजहरू, र एक दिनको कुनै खास समयको, जब म खुसी भएको अनुभव गर्थेँ, मैले एकएक गरेर पुनः पत्ता लगाएँ । साँझपखको दुर्बल हावामा अखबार विक्रेताको दुर्बल आवाज, चोकमा देखिएका केही आखिरी चराहरू, स्यान्डविच बिक्रेताहरूको चिच्याइ, सहरका अग्ला घुमाउरा सडकहरूमा ट्रामहरूको विरक्तलाग्दो आवाज, र बन्दरगाहमा साँझ पर्नुभन्दा अगाडिको आकाशको सुस्त गुनगुनाहट, यी सबै आवाजहरूले एउटा अदृश्य मार्गको सङ्केत गरे जसलाई म जेल जानुभन्दा अगाडि राम्ररी जान्दथेँ । हो, यो दिनको त्यो समय थियो जब, म खुसी अनुभव गर्ने गर्दथेँ । एउटा सजिलो, स्वप्नविहीन रातको निद्राले मलाई सधैँ पर्खेर बस्थ्यो । र अझ, आउने दिनको प्रत्याशाका लागि, केही कुरा फेरिएको थियो, यो मेरो बन्दीकोठा थियो जहाँ म फर्कन्थेँ । मानौँ कि गृष्म ऋतुको आकाशमुनि एउटा सुपरिचित यात्रा हानिरहित निद्राझैँ बन्दीगृहमा सजिलै समाप्त हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।